News Portal

रूसमा आमनिर्वाचन: पुटिनको दललाई फेरि बहुमत

हिमालीसंचार संवाददाता
५३३ पटक

एजेन्सी।
रूसमा भएको आमनिर्वाचनमा राष्ट्रपति भ्लादमिर पुटिन समर्थित दलले बहुमत ल्याउने निश्चित भएको छ। पुटिन समर्थित युनाइटेड रसिया पार्टीले रुसको तल्लो सदन स्टेट डुमामा पुनः बहुमत ल्याउने देखिएको हो।

तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना सकिँदा राष्ट्रपति भ्लादमिर पुटिनको समर्थित युनाइटेड रसिया पार्टीले ४५ प्रतिशत मत प्राप्त गरेको छ। प्रतिष्पर्धी अर्को दल रुसी कम्युनिष्ट पार्टीले २२ प्रतिशत मात्रै  मत पाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

युनाइटेड रसिया पार्टीले पाँच वर्षअघि भएको चुनावमा ५४ प्रतिशत मत पाएको थियो। ६८ वर्षीय पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि निरन्तर रूसी सत्ताको केन्द्रमा छन्।

गत वर्ष संविधान संशोधन गरेर पुटिनलाई सन् २०३६ सम्म रूसी राष्ट्रपति बन्न बाटो खुला गरिएको छ। सन् २०२४ मा रूसमा राष्ट्रपतिको चुनाव हुँदै छ। उक्त चुनावमासमेत पुटिन उम्मेदवार बन्ने अनुमान गरिएको छ। तर, यसबारे पुटिनले अहिलेसम्म औपचारिक रूपमा केही बताएका छैनन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...