News Portal

एमालेमा उमेर हद : नेतृत्वपंक्तिमा तरंग, नेतृत्वमा पुग्ने अन्तिम अवसर !

हिमालीसंचार संवाददाता
३७३ पटक

काठमाडौं –  सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ । उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भयो भने आगामी दशौं महाधिवेशन केही नेताहरुका लागि कार्यकारी भूमिकाका निम्ति अन्तिम अबसर हुनेछ ।

नेकपा एमालेले मंसिर दोस्रो साताका लागि तय भइसकेको छ । यदि त्यसमा कुनै हेरफेर नभए यो महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार बन्न केपी शर्मा ओलीलाई उमेर हदले छेक्दैन । विस २००८ फागुन ११ मा जन्मिएका ओली अहिले ७० औं वर्षमा छन् र, फागुनसम्म प्रस्तावित विधानअनुसार उम्मेदवार हुनसक्छन् ।

उता केपी ओलीले पटक पटक कक्षा दोहोर्‍याएर नपढ्ने बताएका छन् । तर उनी निकट नेताहरुले पार्टी र सरकारको नेतृत्वमा एक पटक ओलीलाई दोहोर्‍याउनुपर्ने बताउँदै आएका छन् । ओलीबाहेक उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङका लागि पनि यो महाधिवेशन पार्टी नेतृत्वमा पुग्ने अन्तिम अवसर हुनेछ ।

उपाध्यक्ष भीम रावल पनि ६६ औं वर्षमा छन् । २०१२ मंसिर ३० मा जन्मिएका उनी यो पटक पार्टी नेतृत्वमा नपुगे ५ वर्षपछि ११औं महाधिवेशन हुँदा ७० वर्ष कटिसक्ने छन् ।

यस्तै, महासचिव पोखरेलका लागि यो महाधिवेशन नै अन्तिम अवसर हुने भएको छ । विस २०१० माघ २० मा जन्मिएका उनी हाल ६७ वर्ष पार गरिसकेका छन् । यदि दशौं महाधिवेशनबाट एमालेको अध्यक्ष भएनन् भने अर्को पटक ७० वर्षे उमेर हदका कारण उनले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

विस २००९ फागुन २८ मा जन्मिएका नेम्वाङ अहिले ६८ वर्षका भइसके । उनी पनी यो महाधिवेशनबाट नेतृत्वमा पुगेनन् भने अर्को पटक ७० वर्ष उमेर हद पार भइसकेका हुनेछन् ।

त्यस्तै, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि दशौं महाधिवेशन ताका ६८ वर्षका हुनेछन् । नेतृत्वको आकांक्षी अरु नेताका लागि भने अर्को महाधिवेशन पनि अवसर हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...