News Portal

एमालेमा उमेर हद : नेतृत्वपंक्तिमा तरंग, नेतृत्वमा पुग्ने अन्तिम अवसर !

हिमालीसंचार संवाददाता
४४४ पटक

काठमाडौं –  सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ । उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भयो भने आगामी दशौं महाधिवेशन केही नेताहरुका लागि कार्यकारी भूमिकाका निम्ति अन्तिम अबसर हुनेछ ।

नेकपा एमालेले मंसिर दोस्रो साताका लागि तय भइसकेको छ । यदि त्यसमा कुनै हेरफेर नभए यो महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार बन्न केपी शर्मा ओलीलाई उमेर हदले छेक्दैन । विस २००८ फागुन ११ मा जन्मिएका ओली अहिले ७० औं वर्षमा छन् र, फागुनसम्म प्रस्तावित विधानअनुसार उम्मेदवार हुनसक्छन् ।

उता केपी ओलीले पटक पटक कक्षा दोहोर्‍याएर नपढ्ने बताएका छन् । तर उनी निकट नेताहरुले पार्टी र सरकारको नेतृत्वमा एक पटक ओलीलाई दोहोर्‍याउनुपर्ने बताउँदै आएका छन् । ओलीबाहेक उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङका लागि पनि यो महाधिवेशन पार्टी नेतृत्वमा पुग्ने अन्तिम अवसर हुनेछ ।

उपाध्यक्ष भीम रावल पनि ६६ औं वर्षमा छन् । २०१२ मंसिर ३० मा जन्मिएका उनी यो पटक पार्टी नेतृत्वमा नपुगे ५ वर्षपछि ११औं महाधिवेशन हुँदा ७० वर्ष कटिसक्ने छन् ।

यस्तै, महासचिव पोखरेलका लागि यो महाधिवेशन नै अन्तिम अवसर हुने भएको छ । विस २०१० माघ २० मा जन्मिएका उनी हाल ६७ वर्ष पार गरिसकेका छन् । यदि दशौं महाधिवेशनबाट एमालेको अध्यक्ष भएनन् भने अर्को पटक ७० वर्षे उमेर हदका कारण उनले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

विस २००९ फागुन २८ मा जन्मिएका नेम्वाङ अहिले ६८ वर्षका भइसके । उनी पनी यो महाधिवेशनबाट नेतृत्वमा पुगेनन् भने अर्को पटक ७० वर्ष उमेर हद पार भइसकेका हुनेछन् ।

त्यस्तै, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि दशौं महाधिवेशन ताका ६८ वर्षका हुनेछन् । नेतृत्वको आकांक्षी अरु नेताका लागि भने अर्को महाधिवेशन पनि अवसर हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...