News Portal

गुल्मीमा दाजूले गरे बहिनीलाई बलात्कार

१० लाखको प्रलोभन देखाएर जनप्रतिनिधिद्वारा मिलापत्र गर्न दबाब

हिमालीसंचार संवाददाता
५६९ पटक

प्रेम सुनार, गुल्मी। 
केही दिनअघि गुल्मीको अग्लुङ्ग गाउँमा एउटी ११ वर्षीया बालिकामाथि भएको जघन्य बलात्कारको घटना गाउँमै मिलाउनका लागि स्थानीय जनप्रतिनिधि र नेताहले पीडित बालिकाका अभिभावकलाई दबाव दिँदै आएको गुनासो गरिएको छ। साउन २० गते मदाने गाउँपालिका–१ को अग्लुङ्ग गाउँकी ११ बर्षीया बालिकामाथि हाडनाताका १७ वर्षीय दाजुबाट बलात्कार भएको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कारका आरोपी दाजुलाई साउन २६ गते पक्राउ गरी अनुसन्धान थालेको थियो। सोही क्रममा भदौ १३ गते निज आरोपी नाबालक भएकोले मुद्दा पुर्पक्षका लागि अदालतले कारागार पठाउन नमिल्ने भन्दै तारेखमा अभिभावकको जिम्मा लगाई घर पठाएको थियो। निज घर गएको दिनदेखि पीडित बालिकाका अभिभावकहरुलाई आतंकित पार्ने गरी उक्त घटना गाउँमै मिलाउन दबाब दिँदै आएको अभिभावकहरुले गुनासो गरेका हुन्।

‘हामी गाउँमा एक्ला भयौं, केही जनप्रतिनिधिसहितका गाउँका मानिसहरुले अदालतमा मुद्दा लड्दा तिमीहरुको सम्पत्ति सकिन्छ, बरु गाउँमै मिलापत्र गरौं, १० लाख रुपैयाँसम्म मिलाइदिन्छौं भन्दै दबाव दिइरहेका छन्,’ पीडित बालिकाका बाबुले भने– ‘दबाव सहन नसेकेर न्युज२४टिभीको सम्पर्क कार्यालय खोज्दै आएका हौं।’

उनीहरु गाउँमा एक्लो परेर असुरक्षित भएको भन्दै गुल्मीको सदरमुकाम तम्घासस्थित न्युज२४टेलिभिजनको सम्पर्क कार्यालय खोज्दै आएका थिए। बालिकाकी आमा भन्छिन्– ‘त्यस दिन म घरमा थिइन्। छोरी घरमा मकै खाँदै रहेको बेला ऊ गोठमा पुगेर लेऊ बहिनी मकै खाऊ भन्दै बोलाएछ। मकै लगेर दिने बेलामा मेरी छोरीको मुख थुनेर बलात्कार गरेको कुरा साँझ उसैले सुनाई। मेरी छोरीको ईज्जत लुटेपछि मलाई त्यो १० लाख किन चाहियो ? उसले सजाय पाउनै पर्छ।’

पीडित बालिकाको सोझो र गरिब परिवार हो। उनीहरुको उक्त कम्जोरीको फाइदा उठाउँदै बलात्कारको घटनालाई गाउँमै मिलाउन र अनेक प्रकारका धम्की दिन थालेपछि उनीहरुले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग पनि आफ्ना गुनासाहरु राखेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले उक्त बलात्कार मुद्दा चली नै रहेको तर आरोपी नाबालक भएका कारण तारेखमा अदालतले अभिभावकको जिम्मा लगाएर पठाएको बताए।

उनले बलात्कार मुद्दा सरकारवादी मुद्दा भएकोले पीडित पक्ष आवतजावत गर्ने लगायतको खर्च सरकारले नै बेहोर्ने भएकाले मुद्दा लड्दा घरसम्पत्ति जान्छ भन्ने भ्रममा कोही नपर्न आग्रह गरे तर, सरकारी पक्षले प्रकृया पुर्याएपछि मात्रै रकम दिने भएका कारण गाउँमा ऋण काढेर बलात्कार घटनाका पीडित मात्र सदरमुकाम आवतजावत गर्ने गरेका छन्।

गत साउन २८ गते आफ्नै घरमा ठूलोबाबुबाट बालत्कारको शिकार भएकी गुल्मीको कालिगण्डकी गाउँपालिका ७ भुर्तुङ्गकी ५ बर्षीया बालिकाकी आमा ऋण काढेर सदरमुकाम आउनेजाने गरेकी हुन्। मंगलबार उनी दोश्रोपटक जिल्ला प्रहरी कार्यालयमा ३ जना गवाहसहित जिपमा आउँदा उनले ऋण काढेर १० हजार रुपैयाँ भाडा तिरेर आएको बताईन्।

पीडित बालिकाको आमाबाबुसँग सम्पत्तिका नाममा पाइला टेक्ने जमिनसम्म छैन र घरसमेत नभएर उनै ठुला बाबुको कोठामा डेरा गर्दै मजदुरी गरेर जिविका गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...