News Portal

जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रजिअकोे मनपर्दी

सेवाग्राहीले हाफ पाइन्ट लगाएर आए कार्यालयमा प्रवेश निषेध

हिमालीसंचार संवाददाता
४३१ पटक

निर्मल घिमिरे,बर्दिया।
प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारले सेवाग्राही बिपक्षमा नियम कार्यान्वयन ल्याएर मनपर्दी गरेकाे पाईएको छ। सेवाग्राहीमैत्री प्रशासनको आवश्यक्ता औल्याईरहेको बेला प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारको निर्देशनमा औपचारिक पोशाक अनिवार्य गरेर हाफ प्यान्ट लगाएका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले प्रवेशमा निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले दिने सेवा लिन आउने सेवाग्राहीलाई हाफ प्यान्ट र फुल सर्ट अनिवार्य गरिएको नियम प्रमुख जिल्ला अधिकारीको मनपर्दी लादिएको नियमले स्वयं कर्मचारी दु:खी छन्। हाफ प्यान्ट लगाएर जाँदा प्रवेशद्धारबाटै फर्काईएको ७० किलोमिटर टाढा बबई चेपाङबाट आएका सेवाग्राही राम सारुले बताए। ‘नागरिकताको प्रतिलिपि र छोरीको पासपोर्ट बनाउन आएको थिए’, उनले भने, ‘हाफ पाइन्टमा आएको भन्दै कार्यालयबाट फिर्ता पठाईयो।’

जिल्लाको सदरमुकाम गुलरियादेखि चेपाङ सुर्खेत र बाँकेको सिमाना जोडिएको बाँसगढि नगरपालिकासँग जोडिएको एउटा वडा हो। सदरमुकाम गुलरिया पुग्न उक्त गाउँबाट भौगाेलिक कारणले कार्यालय पुग्न ८० किलोमिटर छिचोल्न पर्छ।

सदरमुकाम पुग्न नै एक दिन र एक हजार बढी रकम बिना सम्भव नहुँदा यस्ता सेवाग्राही प्रमुख जिल्ला अधिकारी लगाएको नियम सास्ती खेप्न परेको बताए। ‘आर्थिक हैसियत भएको भए त कारमा चढेर दौरा, सुरुवाल कोटसहित सिडिओ सावलाई मनपर्ने परफ्युम छरेर कार्यालय पुग्थे होला’, सेवाग्राही सारुले प्रतिप्रश्न गर्दे भने।

सेवाग्राहीलाई सरकारी सेवा नदिए वापत क्षतिपूर्तीको भने ऐनमा व्यवस्था हुँदा प्रजिअ सुनारको मनपर्दीले सेवाग्राही नागरिकता, राहदानी र सुरक्षा लिन पुग्ने सेवा पूर्ण रुपमा प्रभावित भएका सेवाग्राही गुनासो गर्छन्।

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई औपचारिक पोशाक अनिवार्य गरेर बर्दिया जिल्ला प्रशासन कार्यालयले सेवाग्राही विमुख नियम कार्यान्वयन ल्याएको चर्को विरोध भएको छ। जिल्ला प्रशासन उक्त नियम संशाेधन गरेर प्रशासन सेवाग्राहीमैत्री बन्नु पर्ने माग गरेका छन्।

प्रजिअको मनपर्दीले लादिएको नियम तत्काल नसच्चाए आन्दोलन उत्रिन पर्ने नागरिक अगुवाको भनाई छ। सेवाग्राही बिमुख नियम कार्यान्वनमा ल्याउँदा सर्वसाधरणलाई सास्ती खेप्न परेको विषय सेवाग्राही बिमुख भएको टिकाटिप्पणी भएको छ। प्रमुख जिल्ला अधिकारी सुनारले हाफ प्यान्ट र हाफ सर्टमा प्रशासन कार्यालय प्रवेश निषेध गरेको बताए। ‘हाफ पाईन्ट लगाएर आउने ठूल्ठूला गफ गर्न थाले’, उनले भने,‘कार्यालय आउदा त प्यान्ट सर्ट लगाएर आउनु पर्‍याे, नत्र यस कार्यालयबाट सेवा पाउँदैनन्।’

बर्दियामा मिश्रित समुदायको बसोबास छ। थारु समुदायको बाहुल्य रहेको यस जिल्लामा ८० प्रतिशत कृषि पेशामा संलग्न छ। लामो समय कोरोना कहरले प्रशासनिक सेवा समेत बन्द भएकाले खेतमा काम गर्दे गर्दाको समयमा फुर्सद निकालेर सरकारी सेवा लिन आउने सेवाग्राही मर्कामा परिरहेका छन्।

टाढा-टाढाबाट सेवा लिन आउने सेवाग्राही नदी खोला तरेर आउन पर्ने भएकाले औपचारिक पोशाकमा प्रशासनमा आउन नसक्ने हुनाले सेवाग्राही बिमुख भएर प्रमुख जिल्ला अधिकारीले कार्यान्वयमा ल्याएको नियमको खारेजीको काम स्थानीय सेवाग्राहीले गरेका छन्। प्रजिअको जिम्मेवारी सम्हाल्ने मध्य सुनार ५४ औं मा पर्छन्। यसअघि जिम्मेवारी सम्हालेका कसैले पनि यस्तो नियम कार्यान्वयमा नल्याएको स्थानीयको भनाई छ।

प्रतिकृया दिनुहोस्

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...