News Portal

गुरुङ ‘तमू’ समाज मकाउद्धारा बाढी प्रभावित क्षेत्र मादी गाउँपालिका सोधाका पिडीतलाई ३ लाख ५१ हजार बराबरको सहयोग

हिमालीसंचार संवाददाता
११६० पटक

मकाउ – मकाउमा गठीत गुरुङ ‘तमू’ समाज मकाउद्धारा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ सोधाका बाढी प्रभावितहरुलाई खाधन्न सामाग्री राहत सहयोग गरेका छन् ।

गत २०७७ असार १ गते अविरल बर्षापछि मादी नदीमा आएको बाढीले घर जग्गामा ठुलो क्षति पु’याएको थियो। सोंधाका ८ घर परिवार पूर्णरुपमा विस्थापित भएर स्थानीय दुध पोखरी मा.वि. सोंधाको भवनमा आश्रय लिइरहेका पिडीत परिवारका लागि मकाउमा गठीत समाजले अत्यवश्यक राहत स्वरुप खाधन्न सहयोग गरेका हुन् । 

समाजका अध्यक्ष ‘गोरा’ का अनुसार उपाध्यक्ष सन्तोष गुरुङ, सचिव भिम गुरुङ, सहसचिव अमृत गुरुङ, कार्यसमितिका सदस्य नरेश गुरुङ, सदस्य यम गुरुङ लगायदको विशेष पहलमा सहयोग रकम संकलन गरिएको थियो। समाजका सम्पूर्ण दिदि बहिनी, दाजु भाईहरुको साथ र सहयोग रहेको थियो।

जिल्लाका सोंधा, तप्राङ, थाक, छाकचोकका गरि करिब ४९ घरमा क्षति पुरयाएको छ। उक्त स्थानका प्रभावित स्थानियहरुलाई मकाउमा कार्यरत मादी गाउँपालिका र पोखरा महानगरपालिका वडा नं. १३ मा बसोबास गरि हाल मकाउमा कार्यरत गुरुङ तमू समाजका पहलमा राहत अभियान संचालन गरेर सहयोग गरिएको गुरुङ ‘तमू’ समाज मकाउका अध्यक्ष लिलबहादुर गुरुङ “गोरा”ले हिमालीसंचार डटकमसंग कुराकानीका क्रममा बताए।

समाजका अध्यक्ष गुरुङका अनुसार कुल ३ लाख ५१ हजार बराबरको राहत सामग्री बाढी प्रभावित क्षेत्रका समुदायका लागि वितरण गरिएको बताए। गुरुङ ‘तमू’ समाज मकाउका सामुहिक पहलमा संकलित सहयोग रकमले स्थानीय ४९ घर परिवारलाई चामल, कम्बल, नुन, तेल, दाल, सर्जिकल मास्क लगायतको राहत सामग्री वितरण गरिएको हो।   

बाढी पिडीतलाई सहयोग गरेपछि बाकी रकम दुध पोखरी युवा क्लवलाई नगद ३० हजार, आमा समुहलाई बाढी पिडित तथा बस्ती संरक्षण कोषमा रहने गरि १ लाख ५५ हजार आर्थिक सहयोग समेत जम्मा गरेका छन् ।

गुरुङ ‘तमु’ समाज मकाउका निर्वतमान अध्यक्ष राजेश गुरुङको नेतृत्वमा मकाउबाट नेपाल फर्किनु भएको तमु दाजु-भाईहरुको उपस्थितिमा एक कार्यक्रमबीच २०७८ श्रवाण ९ गतेका दिन राहत सामग्री वितरण गरिएको थियो । हिमालीसंचार डटकमसंग कुराकानी गर्दै “यो दुखद धडीमा गुरुङ ‘तमु’ समाज मकाउको अनुरोध स्वीकार गरेर सहयोग गर्नु हुने तमाम  सहयोगी मनहरुमा समाजको अध्यक्ष लिल बहादुर गुरुङ ‘गोरा’, गुरुङ ‘तमु’ समाज मकाउको तर्फबाट आभार समेत ब्याक्त गरेका थिए ।

आयोजित राहत वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष राजेश गुरुङको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। तमू समाज मकाउका सदस्यहरु टिकप्रसाद गुरुङ, लेखबहादुर गुरुङ लगायतले समन्वय गरेका थिए। आमा समुह र दुध पोखरी युवा क्लब सोंधाको व्यवस्थापनमा सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...