News Portal

गुरुङ ‘तमू’ समाज मकाउद्धारा बाढी प्रभावित क्षेत्र मादी गाउँपालिका सोधाका पिडीतलाई ३ लाख ५१ हजार बराबरको सहयोग

हिमालीसंचार संवाददाता
१०५० पटक

मकाउ – मकाउमा गठीत गुरुङ ‘तमू’ समाज मकाउद्धारा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ सोधाका बाढी प्रभावितहरुलाई खाधन्न सामाग्री राहत सहयोग गरेका छन् ।

गत २०७७ असार १ गते अविरल बर्षापछि मादी नदीमा आएको बाढीले घर जग्गामा ठुलो क्षति पु’याएको थियो। सोंधाका ८ घर परिवार पूर्णरुपमा विस्थापित भएर स्थानीय दुध पोखरी मा.वि. सोंधाको भवनमा आश्रय लिइरहेका पिडीत परिवारका लागि मकाउमा गठीत समाजले अत्यवश्यक राहत स्वरुप खाधन्न सहयोग गरेका हुन् । 

समाजका अध्यक्ष ‘गोरा’ का अनुसार उपाध्यक्ष सन्तोष गुरुङ, सचिव भिम गुरुङ, सहसचिव अमृत गुरुङ, कार्यसमितिका सदस्य नरेश गुरुङ, सदस्य यम गुरुङ लगायदको विशेष पहलमा सहयोग रकम संकलन गरिएको थियो। समाजका सम्पूर्ण दिदि बहिनी, दाजु भाईहरुको साथ र सहयोग रहेको थियो।

जिल्लाका सोंधा, तप्राङ, थाक, छाकचोकका गरि करिब ४९ घरमा क्षति पुरयाएको छ। उक्त स्थानका प्रभावित स्थानियहरुलाई मकाउमा कार्यरत मादी गाउँपालिका र पोखरा महानगरपालिका वडा नं. १३ मा बसोबास गरि हाल मकाउमा कार्यरत गुरुङ तमू समाजका पहलमा राहत अभियान संचालन गरेर सहयोग गरिएको गुरुङ ‘तमू’ समाज मकाउका अध्यक्ष लिलबहादुर गुरुङ “गोरा”ले हिमालीसंचार डटकमसंग कुराकानीका क्रममा बताए।

समाजका अध्यक्ष गुरुङका अनुसार कुल ३ लाख ५१ हजार बराबरको राहत सामग्री बाढी प्रभावित क्षेत्रका समुदायका लागि वितरण गरिएको बताए। गुरुङ ‘तमू’ समाज मकाउका सामुहिक पहलमा संकलित सहयोग रकमले स्थानीय ४९ घर परिवारलाई चामल, कम्बल, नुन, तेल, दाल, सर्जिकल मास्क लगायतको राहत सामग्री वितरण गरिएको हो।   

बाढी पिडीतलाई सहयोग गरेपछि बाकी रकम दुध पोखरी युवा क्लवलाई नगद ३० हजार, आमा समुहलाई बाढी पिडित तथा बस्ती संरक्षण कोषमा रहने गरि १ लाख ५५ हजार आर्थिक सहयोग समेत जम्मा गरेका छन् ।

गुरुङ ‘तमु’ समाज मकाउका निर्वतमान अध्यक्ष राजेश गुरुङको नेतृत्वमा मकाउबाट नेपाल फर्किनु भएको तमु दाजु-भाईहरुको उपस्थितिमा एक कार्यक्रमबीच २०७८ श्रवाण ९ गतेका दिन राहत सामग्री वितरण गरिएको थियो । हिमालीसंचार डटकमसंग कुराकानी गर्दै “यो दुखद धडीमा गुरुङ ‘तमु’ समाज मकाउको अनुरोध स्वीकार गरेर सहयोग गर्नु हुने तमाम  सहयोगी मनहरुमा समाजको अध्यक्ष लिल बहादुर गुरुङ ‘गोरा’, गुरुङ ‘तमु’ समाज मकाउको तर्फबाट आभार समेत ब्याक्त गरेका थिए ।

आयोजित राहत वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष राजेश गुरुङको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। तमू समाज मकाउका सदस्यहरु टिकप्रसाद गुरुङ, लेखबहादुर गुरुङ लगायतले समन्वय गरेका थिए। आमा समुह र दुध पोखरी युवा क्लब सोंधाको व्यवस्थापनमा सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...