News Portal

जीवनको रङ

हिमालीसंचार संवाददाता
७५८ पटक

उहिल्यै,
कुनै एक दिन
दरबारका तीखा खुरहरूले
याम्बुको निधारमा कुल्चिएपछि
सेती नदीहरू
भसिँदै–भासिँदै बग्न थालेछन् !
र फरफराइरहेको लुङ्दरको छायाँमुनि
फुलिरहेका सेता फूलहरू
अक्करतिर बसाइँ सर्दै गएछन् !

मेरो जीवनको रङ
र यो फूलको रङ
किन म फरक देख्दैछु आज ?
यो झ्याम्के फूललाई
कसले भनिदियो राष्ट्रिय फूल
रगतको आँसुले भिजेर
भीरमा फक्रिएको फूल
के तिमीलाई मन पर्छ, म्हेन्दोमाया ?

अब म,
निस्किन्छु बाहिर
उमेरको पर्खाल नाघेर
र खोज्छु जीवनको रङ !
कसले गाडिदियो
यो झण्डा मेरो चिहानमाथि
र आज हम्किरहेछ— मलाई आतङ्क ?
झिक र लैजाऊ आफुसँगै
अब म उठ्ने बेला भएको छ !

भन त,
तिमीलाई देश मन पर्छ कि फूल ?

म अब हिँड्छु
मेमेदुङ छेम्बोको तरबार बोकेर
र कबड्डी खेल्छु— मातेको बन्दुकसित !
म ल्याउँछु अब
त्यो सेतो फूल टिपेर
र सिउरिदिन्छु— तिम्रो चुल्ठोमा !
आखिरी यो मन त तिम्रै हो, म्हेन्दोमाया !

– प्रथा

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...