News Portal

जीवनको रङ

हिमालीसंचार संवाददाता
५६५ पटक

उहिल्यै,
कुनै एक दिन
दरबारका तीखा खुरहरूले
याम्बुको निधारमा कुल्चिएपछि
सेती नदीहरू
भसिँदै–भासिँदै बग्न थालेछन् !
र फरफराइरहेको लुङ्दरको छायाँमुनि
फुलिरहेका सेता फूलहरू
अक्करतिर बसाइँ सर्दै गएछन् !

मेरो जीवनको रङ
र यो फूलको रङ
किन म फरक देख्दैछु आज ?
यो झ्याम्के फूललाई
कसले भनिदियो राष्ट्रिय फूल
रगतको आँसुले भिजेर
भीरमा फक्रिएको फूल
के तिमीलाई मन पर्छ, म्हेन्दोमाया ?

अब म,
निस्किन्छु बाहिर
उमेरको पर्खाल नाघेर
र खोज्छु जीवनको रङ !
कसले गाडिदियो
यो झण्डा मेरो चिहानमाथि
र आज हम्किरहेछ— मलाई आतङ्क ?
झिक र लैजाऊ आफुसँगै
अब म उठ्ने बेला भएको छ !

भन त,
तिमीलाई देश मन पर्छ कि फूल ?

म अब हिँड्छु
मेमेदुङ छेम्बोको तरबार बोकेर
र कबड्डी खेल्छु— मातेको बन्दुकसित !
म ल्याउँछु अब
त्यो सेतो फूल टिपेर
र सिउरिदिन्छु— तिम्रो चुल्ठोमा !
आखिरी यो मन त तिम्रै हो, म्हेन्दोमाया !

– प्रथा

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...