News Portal

सत्ता पल्टाइने डरले युक्रेनको सीमा थुनियो

हिमालीसंचार संवाददाता
५२२ पटक

मिन्स्क।
बेलारुसले आफ्नो मुलुकभित्र अवैध हातहतियार तस्करी भइरहेको दाबी गर्दै युक्रेनको सिमाना बन्द गरेको छ। बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बाह्य शक्तिहरूले आफ्नो सत्ता पल्टाउने षड्यन्त्रअनुसार सो हतियार तस्करी भइरहेको बताएका छन्।

उनले बिना कुनै प्रमाण पेस नगरीकन आफ्ना सुरक्षा निकायहरूले आफूलाई सत्ताबाट फाल्ने षड्यन्त्रमा संलग्न विदेश समर्थित आतंककारी समूहहरूको पर्दाफास गरेको पनि दाबी गरेका छन्।

उनले सोभियत संघ विघटन भएको ३०औं वर्ष पुगेको स्मरणमा आयोजित एक समारोहमा अगाडि भनेका छन्– ‘तिनीहरूले सीमा नाघिसकेका छन् हामी तिनीहरूलाई क्षमा दिन सक्तैनौं।

जर्मनी, लिथुयानिया, पोल्यान्ड, युक्रेन र संयुक्त राज्य अमेरिकाबाट आर्थिक सहयोग प्राप्त आतंककारी समूहहरूलाई यसरी हातहतियार आपूर्ति भइरहेको छ। युक्रेनबाट थुप्रो परिमाणमा हातहतियार बेलारुस छिरिरहेको छ।’ बेलारुसको दक्षिणी भाग युक्रनेको सीमासँग जोडिएको छ। – एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...