News Portal

लघु उद्यम तालिमवाट १ सय ५२ जना युवा लाभान्वित

८५६ पटक

डि.वि.खालिङ/सोलुखुम्बु – नेपाल युवा विकास मञ्चले गत आर्थिक बर्षमा सोलुखुम्बुमा सञ्चालन गरेको विभिन्न तालिमवाट १५२ जना लाभान्वित भएका छन् । मञ्चले घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु शाखाको सहयोगमा सोलुखुम्बुमा सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम मार्फत् १ सय २९ महिला र २३ पुरुषलाई विभिन्न तालिम प्रदान गरेको हो ।

मञ्चले सोलुखुम्बुको ६ स्थानीय तहमा विभिन्न तालिम सञ्चालन गरेको कार्यक्रम संयोजक देवीकुमार तामाङले जानकारी दिए । एक आर्थिक बर्षको अवधिमा छोटो अवधीको तालिमवाट ६०, मध्यम अवधिको तालिमवाट ४६ र लामो अवधिको तालिमवाट ४६ जना लाभान्वित भएका हुन् ।

मञ्चले तरकारी खेती, सिन्के चाउमिन, बाख्रा पालन, सुन्तला खेती तालिम छोटो अवधिको तालिमको रुपमा प्रदान गरेको हो भने पशुपालन, हाते होजियारी, चाउमिन थुक्पा उत्पादन तालिम मध्यम अवधिको तालिमको रुपमा प्रदान गरेको हो । यस्तै गलैंचा बुनाई, सिलाई कटाई, मोटर साइकल वर्कशप, बाँसको हस्तकला तथा मुढा उत्पादन तालिम लामो अवधिको तालिमको रुपमा प्रदान गरेको संयोजक तामाङले जानकारी दिए ।

७ दिन ४५ र ९० दिनको तालिम क्रमशः छोटो, मध्यम र लामो अवधिको तालिमको रुपमा प्रदान गरेको थियो । मञ्चले सोलुदुधकुण्ड नगरपालिकामा तरकारी खेती, गलैंचा बुनाई र सिलाई कटाई तालिम सञ्चालन गरेको छ भने माप्य दुधकोशी गाउँपालिकामा तरकारी खेती, बाख्रा पालन र बाँसको हस्तकला तथा मुढा उत्पादन तालिम सञ्चालन गरेको थियो । यस्तै लिखु पिके गाउँपालिकामा सिन्के चाउमिन र सिलाई कटाई तालिम सञ्चालन गरेको तथ्यांक सहायक शिशिर सापकोटाले जानकारी दिए ।

महाकुलुङ गाउँपालिकामा तरकारी खेती र चाउमिन थुक्पा उत्पादन तालिम, नेचा सल्यान गाउँपालिकामा सुन्ता खेती,, हाते होजियारी र मोटर साइकल वर्कशप तालिम र थुलुङ दुधकोशी गाउँपालिकामा पशुपालन तालिम सञ्चालन गरेको छ ।

तालिममा सहभागी भएकाहरुलाई व्यवसायिक रुपमा अघि बढ्न परामर्श दिई प्रेरित गरिएको र व्यवसायका लागि उनीहरु उत्सुक समेत रहको कार्यक्रम संयोजक तामाङले बताए । अधिकांश तालिम स्थानीय श्रोत साधनसँग सम्बन्धित भएकोले व्यवसाय सञ्चालनका लागि सहज भएपनि लगानीका लागि सरकारले सहयोग गर्नु पर्नेमा जोड दिए ।

नेपाल युवा विकास मञ्चले तालिम पश्चात् लिखुपिके गाउँपालिकामा ११ वटा सिलाई मेसिन, २ वटा थुक्पा चाउमिन बनाउने मेसिन, महाकुलुङ गाउँपालिकामा १४ वटा थुक्पा चाउमिन बनाउने मेसिन, थुलुङ दुधकोशी गाउँपालिकामा बाख्रा पालन समूहलाई १ बोका, सुगुर पालन समूहलाई एक सुगुर हस्तान्तरण गरेको जनाएको छ ।

यस्तै माप्य दुधकोशी गाउँपालिकामा बाख्रा पालन समूहलाई १ बोका, हस्तकला तथा मुढा बनाउने समूहलाई १ ड्रिल मेसिन, सोलुदुधकुण्ड नगरपालिकामा २ वटा गलैंचा तान उद्यमीलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तामाङले जानकारी दिए ।

यसै गरी उद्यम स्तरोन्नतीतर्फ २२ वटा टनेल, १९ कृषि पाइप, एउटा बोका, दुईवटा सिलाई मेसिनसमेत हस्तान्तरण गरिएको उनले बताए । नेपाल युवा विकास मञ्चको सहजिकरणमा सोलुखुम्बुको एक नगरपालिका र ५ गाउँपालिकामा उद्यम विकास समिति गठन गरिएको पनि संयोजक तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...