News Portal

रतुवामाई नगरपालिकामा कोरोना नियन्त्रणका लागि एक साता विद्यालय बन्द, सिमा-नाकामा आवात जावतमा कडाई (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५६१ पटक

मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिकाले बढ्दो कोरोना भाईरस नियन्त्रणका लागि एक हप्ताका लागि नगरभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । रतुवामाई नगरपालिकामा बसेको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले नगरभित्रका सबै विद्यालय बैशाख १४ गतेदेखि बैशाख २० गतेसम्म बन्द गर्ने निणर्य गरेको हो ।  

रतुवामाई बासीको स्वास्थ्य सुरक्षाको लागि जनस्वास्थ्य सम्बन्धि मापदण्ड कडाईका साथ लागु गराउने र टोलटोलमा कोरोना रोकथाम सम्बन्धि जनचेतनामुलक माइकिङ गरिने भएको छ । बैठकले सार्वजनिक स्थानमा भिड नगर्न, अनिवार्य मास्क तथा सेनिटाईजरको प्रयोग गर्न अनुरोध गर्दै नियमको उल्लघन गरे नियम अनुसार सुरक्षाकर्मीद्धारा अनुगमन गरी कारवाही गरिने बताइएको छ। त्यस्तै, कोरोना नियन्त्रणका लागि नगरपालिकाले सिमानाकामा आवातमा कडाई गर्ने भएको छ । 

बिहे बर्तवन्ध, धार्मिक तथा साँस्कृतिक कार्यक्रम, सभा सम्मेलन आदि क्रियाकलापको लागि नेपाल सरकारले तोकेको संख्यामा भन्दा बढी भेला नहुने गरी सम्पन्न गर्न गराउने कार्य कडाईका साथ पालना गर्नका लागि निर्णय समेत गरेको छ । 

झुर्कियामा रहेको नगर अस्पताल भित्र रहेको अस्थायी कोभिड अस्पतालबाट १५ शैय्या सम्मको उपचार लागि थप व्यवस्थित गर्ने  नगरप्रमुख रविन राईले बताए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...