News Portal

मलेसियामा गैरकानुनी कामदारविरुद्ध थप ‘कडाइ’

३० हजार कामदार र हजारभन्दा बढी रोजगारदाता पक्राउ !

९०९ पटक

मलेसिया – गैरकानुनी आप्रवासी कामदारहरु विरुद्ध मलेसियाले थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन:भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि गत जुन ३० मा सकिएलगत्तै मलेसियाले संचालन गरेको ‘ओपिएस थ्री’ (ओप्स ३.०) नामक कारबाही अभियान जारी छ ।

पछिल्ला समय स–साना कम्पनीदेखि हजारौं कामदार कार्यरत ठूला–ठूला कम्पनीहरुमा समेत धरपकडको निशाना बनाइएको छ।

भिसामा उल्लेख भएअनुसारको कम्पनी र ठेगानाअनुसार काम नगरी बेग्लै कम्पनी वा बेग्लै स्थानमा काम गर्ने कामदार पनि पछिल्ला समय धरपकडको निशानामा परेका छन्।

मलेसियाली अध्यागमन विभागकाअनुसार गत शुक्रबार बेलुका क्वालालम्पुर नजिकै रहेको साइबरजयास्थित हजारौं कामदार कार्यरत एक म्यानुफ्याक्चरिङ कम्पनीमा गरिएको धरपकडमा ४७ नेपालीसहित ३ सय ३८ जना आप्रवासी कामदार पक्राउ परेका छन्। उनीहरुमध्ये अधिकांश भिन्नै कम्पनीको भिसामा त्यहाँ कार्यरत रहेको तथा अध्यागमन नियम उल्लंघन गरेकाहरु रहेको बताइएको छ।

मलेसियाली अध्यागमन कानुनअनुसार कामदारले भिसामा उल्लेख भएअनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ। त्यसबाहेकका कम्पनीमा काम गर्नु कानुनी प्रावधान विपरित मानिन्छ। तर आउटसोर्सिङ गरिएका कामदारका हकमा पनि सप्लाई गर्ने कम्पनी र रोजगारदाता कम्पनीबीचको सम्झौतापत्र, सम्बन्धित कम्पनीको आधिकारिक पत्र लगायत कागजातहरु कामदार र सम्बन्धित रोजगारदातासँग हुनुपर्दछ।

धरपकड अभियानमा अध्यागमन विभाग, प्रहरी, स्थानीय काउन्सिललगायत सम्बद्ध अधिकारीसमेत सहभागी भई विदेशी कामदारको बढी जमघट हुनसक्ने स्थानहरु, कम्पनी एवं औद्योगिक क्षेत्रहरु तुलनात्मक रुपमा धरपकडको बढी निशानामा पर्दै आएका छन्। पछिल्ला केही सातायता यस्ता कारबाही अभियानहरु दैनिक संचालन गरिएका छन्।

अध्यागमन विभागकाअनुसार गत जनवरीदेखि गत अगष्टसम्म ३० हजारभन्दा बढी गैरकानुनी आप्रवासी कामदार र एकहजार बढी रोजगारदाताहरु पक्राउ परिसकेका छन्। पक्राउ पर्ने मध्ये अधिकांश इण्डोनेसिया, बंगलादेश लगायत मुलुकका छन्। तर उनीहरुको तुलनामा नेपालीहरु कम संख्यामा छन्।

यसअघि सन् २०११ अक्टोबरदेखि नै आममाफी, बैधानिकता, घरफिर्ती, लगायत विभिन्न शीर्षकमा यस्ता अवसरयुक्त कार्यक्रमहरु संचालन गर्दै आएको थियो। झण्डै आधा दर्जन त्यस्ता कार्यक्रमहरु संचालन गरिएको भएपनि गैरकानुनी कामदार तह लगाउन मलेसियालाई ठूलो चुनौती छ।

पक्राउ पर्ने कामदारलाई अदालती निर्णयअनुसार सजाय भुक्तान गरेपछि घरफिर्ती केन्द्रमा राख्ने गरिन्छ। नेपाली दुतावासको गत अगष्ट ९ सम्मको तथ्यांकअनुसार १ सय ६९ जना नेपालीहरु फिर्ती केन्द्रमा र २ सय ४ जना विभिन्न जेलमा छन्। पछिल्लो समय दैनिक धरपकडबाट कतिपय नेपालीहरु पनि पक्राउ परेकाले अब फिर्ती केन्द्रमा नेपालीको संख्या बढ्नसक्ने अनुमान छ।

पक्राउ परेका कामदारलाई सम्बन्धित विदेशी कुटनीतिक नियोगहरुसित सहकार्य गरेर अबिलम्ब उनीहरुका देश फिर्ता पठाउने भनिएपनि पक्राउ पर्ने कतिपय नेपाली महिनौंसम्म हवाइटिकट अभावमा फिर्ती केन्द्रमै बस्नु पर्ने बाध्यता पनि छ यद्यपि, अधिकांशको भने दूतावासले सरकारी खर्चबाटै उद्दार गर्दै आएको छ।

मलेसिया नेपालीका लागि बैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो। मलेसियालाई श्रमिक दिने स्रोत मुलुकमध्ये नेपाल इण्डोनेसियापछि दोस्रोमा पर्दछ। करिब ५ लाखभन्दा बढी नेपाली विभिन्न रोजगारी क्षेत्रमा कार्यरत छन्। कुनै ठोस तथ्यांक नभएपनि अझैं हजारौंको संख्यामा नेपालीहरु अवैधानिक रहेका हुनसक्ने अनुमान गरिएको छ। कान्तिपुर

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...