News Portal

उर्लाबारी घटना प्रकरण: सरकारी वकिलले मुद्दा नचलाउँदा इन्स्पेक्टरमाथि आक्रोश (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५८१ पटक

उर्लाबारी – सदिक्षा बाँस्तोलाले मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीस्थित इन्स्पेक्टरको कार्यकक्षबाट खिचेको भिडियो सामाजिक सञ्जाल फेसबुक मार्फत लिएको भिडियो भाइरल भएको छ । आइतबार सदिक्षाले उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले आफ्ना मृतक दाजुको सम्बन्धमा ‘नक्कली मिसिल तयार गरेर हत्यामा संलग्नलाई छाडेको’ आरोप लगाएकी थिइन् ।  भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति बनाएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) मान बहादुर राई नेतृत्वको समितिले सो घटनाबारे छानविन थालेको छ । 

•घटना यस्तो थियो

पुस ४ मा उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला साथीको घरमा जान्छन् । मध्यान्ह ४ बजेदेखि मदिरा सेवन गरेका उनी त्यहीँ बस्छन् । बिहान कोठामा अचेत अवस्थामा भेटिएपछि उनलाई स्थानीय गोदावरी अस्पालमा पु¥याइयो । डाक्टरले मृत घोषणा गरे । 

अनि, घटनास्थल मुचुल्का गर्न इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली अस्पताल र प्रविनको साथीको घरमा पुग्यो । उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरियो । निलडाम, चोटपटक देखिएन । अस्पतालले ‘निसास्सिएर मृत्यु’ भएको पोस्टमार्टम रिपोर्ट दियो । भिसेरा परीक्षण गर्दा पनि विष खाएको अथवा खुवाएको पुष्टि भएन । 

प्रविणका बुबा प्रेम प्रसाद बाँस्तोलाले छोरालाई मारेको आरोपसहित प्रहरीमा किटानी जाहेरी दिए । पुस ९ मा इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रविनका साथीहरु विरुद्ध ‘ज्यानसम्बन्धी कसुर’ मुद्दा दर्ता गरियो । ३१ वर्षीय राजेश रणपहेली सहित ६ जनालाई प्रहरीले पक्रियो । ‘ज्यान सम्बन्धी कसुर’मा प्रहरीले अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझायो । माघ २ मा सरकारी वकिल कार्यालय मोरङले मुद्दा नचलाउने निर्णय गर्दै ६ जना आरोपीलाई ‘जिम्मा जमानी’मा छाड्न प्रहरीलाई निर्देशन दियो । 

‘अनुसन्धानबाट हत्या भएको पुष्टि हुन सकेन,’ इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले भने, ‘थप प्रमाण आएको अवस्थामा मुद्दा अगाडि बढाउने गरी सरकारी वकिल कार्यालयले छाड्ने निर्णय गरेपछि हामीले आरोपीहरुलाई छाडेका थियौं ।’ प्रहरीको अनुसन्धान प्रतिवेदनमा मृत्युको कारण एकिन नखुलेको र आरोपीहरुले इन्कार गरेकाले ‘मुद्दा बचाउन’ थप अनुसन्धान गर्नेगरी मिसिल फिर्ता पठाइएको सरकारी वकिलको भनाइ छ । 

जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख मनोज कुमार आचार्यले रातोपाटीसँग भने, ‘यसकारण मृत्यु भएको भन्ने नखुलेको हुनाले मुद्दा बचाउन थप अनुसन्धान गर्नुपर्ने राय दिएको थिएँ, २५ दिनभन्दा बढी हिरासतमा राख्न नमिल्ने हुनाले आरोपीलाई छाड्नुको विकल्प थिएन ।’  पोष्टमार्टम गर्ने डाक्टरले पनि मृत्युको यकिन कारण खुलाउन नसकेको हुनाले कमजोर मुद्दा दर्ता नगरेको र अब केही दिनमा सो मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने तयारी रहेको आचार्यले बताए । 

•अनुसन्धान गर्नेमाथि छानविन 

सरकारी वकिलले हतारमा मुद्दा चलाउँदा मुद्दा कमजोर हुने रायसहित ‘आरोपीलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्नु’ भन्ने निर्देशन दिएपछि उर्लाबारी प्रहरीले अरोपीहरुलाई छाडेको थियो ।सो घटनामा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धानमा संलग्नहरूमाथि छानविन सुरु गरेको छ । डीएसपी मान बहादुर राई सहितका ३ जनाको छानविन समितिले सो घटना अनुसन्धान गर्नेहरुमाथि छानविन थालेको हो । 

सोमबार जिप्रका मोरङले विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा भाइरल भिडियो बारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मोरङ प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानमा संलग्न प्रहरीले गैरव्यवसायिक अनुसन्धान गरेको पाइए कानुन बमोमिज कारवाही गरिने छ ।’ 

उर्लाबारी प्रहरीले आइतबार दोस्रोपटक सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । मृतकको बहिनीले आरोप लगाएजस्तो ‘अनुसन्धान प्रतिवेदनमा कुनै तलमाथि नगरेको’ इन्सपेक्टर उद्धव पोखरेलले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...