News Portal

  • गंगाजमुनामा कृषी औजार खरिदमा भ्रष्टाचार :अध्यक्ष पनि समलग्नता

    हिमालीसंचार संवाददाता
    २०१७ पटक

    धादिङ – धादिङ जिल्लाका गंगाजमुना गाउँपालिकामा चरम भ्रष्टाचार भएको पाइएको छ । गाउँपालिकाले खरिद गरेको घाँस काट्ने मेसिन ‘चाफ कटर’को मोटर खरिदमा गाउँपालिका प्रमुख बलबहादुर अधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको आरोप छ ।

    गाउँपालिकाको अनुदान रकममा खरिद गरिएको चाफ कटरको मोटरमा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएको हो । स्थानियबासीलाई गाउँपालिकाले दिएको चाप कटर ३ हर्स पावर (एचपी)को रहेको छ । तर, खरिद गरिएको मुना भेट फर्माको बिलमा भने ५ एचपीको लेखिएको छ । प्रति मोटर ४९ हजार ८ सय रुपैयाँको दरले बिल गरिएको छ । पालिकाले ६ वटा मोटर खरिद गर्दा २ लाख ९८ हजार ८ सय रुपैयाँको भुक्तानी गरिएको छ ।

    गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले आफ्नै भाञ्जा पारस अधिकारीलाई अघि सारेर नक्कली बिल खडा गरि भ्रष्टाचार गरेको स्थानियबासीको आरोप छ । अर्का कर्मचारी रविन्द्र थापाको समेत मिलेमतो रहेको आरोप छ ।

    अनियमितताको आरोप लागेका कर्मचारीहरु अधिकारी र थापालाई गाउँपालिका अध्यक्षले नाटकीय रुपमा विभिन्न वडामा सरुवा गरेर घटना लुकाउने प्रपञ्च रचेका थिए । तर, स्थानियबासीले अनियमितताको छानबीन गर्न भन्दै गाउँपालिकामै निवेदन दिएपछि गाउँपालिकाले स्थानियबासीलाई दिएको उक्त मोटर रातारात फिर्ता ल्याएको पाइएको छ ।

    गाउँपालिकाले खरिद गरेको ३ एचपीको चाप कटरको मोटरलाई प्रति मोटर ३५ हजार रुपैयाँ मै उपलब्ध हुने भक्तपुरस्थित एसकेटी नेपालले जनाएको छ । उक्त कम्पनिले कृषि औजार बेचविखन गर्दै आएको छ । गाउँपालिकाले ३५ हजारको सामग्रीलाई ४९ हजार रुपैयाँ भन्दा बढीको बिल बनाएर भ्रष्टाचार गरेको भेटिएको हो ।

    अनियमितताको आरोप लागेका गाउँपालिकाकै कृषि शाखामा कार्यरत कर्मचारी रविन्द्र थापा सुयलले एउटा दुईवटा मोटर मात्रै हेरेर ल्याएको र बक्स भित्र रहेको अरु मोटर नहेर्दा २ वटा ५ एचपीको र अरु चारवटा ३ एचपीको मेसिन आएको बताए । ‘कोटेशनबाट ल्याइएको हो । बिलवाला कम्पनी नै आएको हो,’ उनले आफूहरुको सरुवाको चीठी समेत आएको बताए ।

    ‘चीठी चाहीँ आएको हो । हाम्रौ वडाहरुमा आएको हो । वडा नम्बर ६ र ७ मा आएको हो,’ थापाले भने । अनियमिततामा मुछिएका थापा एक वडाध्यक्षमा भाञ्जा समेत हुन् ।

    यता गाउँपालिका अध्यक्ष अधिकारीका भाञ्जा पारस अधिकारीलाई सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन चाहेनन् । गाउँपालिका अध्यक्ष अधिकारीले आफ्नै छोरा दिपक अधिकारीलाई स्टोर शाखाको जिम्मा लगाएका छन् । गाउँपालिकाको करोडौं बजेटमा आफन्त नातागोताको जालो फिँजाएर अध्यक्ष अधिकारीले करोडौं घोटाला गरेको स्थानिबासीको आरोप छ । गाउँपालिकाका स्थानियलाई बोयर प्रजातीको बोका भन्दै गाउँकै स्थानियसँग सस्तोमा खरिद गरेर महँगो बिल बनाएको समेत स्रोतले जनाएको छ ।

    गाउँपालिका अध्यक्ष भन्छन्,‘गाउँपालिकामै आउनुस्, वेभसाइट हेर्नुस् ’ यता गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीलाईसम्पर्क गर्दा कृषी सामग्री खरिदमा भएको अनियमितताको विषयमा बुझ्न गाउँपालिकामै आउन आग्रह गरे । सबै कुरा वेभसाइटमा लेखिएको भन्दै उनले वेभसाइट हेर्न भन्दै आफू प्रतिक्रिया दिनबाट भागे ।

    वेभसाइटमा हेर्दा गाउँपालिकाले खरिद प्रक्रियासँग जोडेर विज्ञप्ति निकालेको रहेछ । उक्त विज्ञप्ति अनुसार गाउँपालिकाले अनियमितता गर्ने कर्मचारीलाई सरुवा गरेर कारबाही गरेको रहेछ ।‘के अनियमितता गर्ने कर्मचारीलाई सरुवा गरेर कारबाही हुन्छ?’ एक स्थानियबासीको प्रश्न छ,‘भ्रष्टाचार गरेको विषयमा गाउँपालिकामा उजुरी पर्नुअघि नै गाउँपालिका अध्यक्षले सरुवा गरिसकेँ भनेर विज्ञप्ति निकाल्नुमा उहाँ नै भ्रष्टाचारमा समलग्न हुनुहुन्छ भन्ने हामीलाई लाग्छ ।’

    _______

    http://www.himalisanchar.com मा प्रकाशित समाचारमा कुनै सल्लाह, सुझाव दिनुपरेमा अथवा, कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा, विज्ञापन प्रकाशित गर्नु परेमा हाम्रो ईमेल [email protected] ठेगानामा पठाउन सक्नुहुन्छ। साथै, निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    संयुक्त राष्ट्र संघले माग्यो दुबईकी राजकुमारी लतीफा जीवित रहेको प्रमाण

    एजेन्सी – संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको...

    नेपालको पहिलो अभिनेत्री भुवन चन्द भन्छिन्- राजा महेन्द्रले तारिफ गर्दा स्वर्गै पुगेजस्तो भयो (भिडियो सहित)

    विवेक राई,काठमाडौं – भुवन चन्द नेपालकी पहिलो अभिनेत्री हुन्। उनले वि.सं २०२१ सालमा निर्मित ‘आमा’...

    गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल डेभलपमेन्ट फन्ड १० अर्ब

    गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ । विश्वभर रहेका नेपालीहरुको पूँजीलाई...

    मकाउबाट नयाँ बर्षको अवसरमा ताप्लेजुङ स्थित वालमन्दिरका वालवालिकाहरुलाई जुता सहयोग (भिडियो सहित)

    मकाउ –  वैदेशिक रोजगारीको सिलसिलामा मकाउ पुगेका नेपाली समुदायले नेपाली संस्कार, संस्कृति र चाडहरु विभिन्न...

    संसद अधिवेशन अन्त्यको निर्णय सरकारको निरंकुश कदम : चित्रबहादुर केसी

    काठमाडौं – संसद अधिवेशन हठात् रुपमा अन्त्य गरिएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ। प्रधानमन्त्री...

     

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।