News Portal

कवि साङ्ग देम्बाको कविता “आवाज”

हिमालीसंचार संवाददाता
१३१४ पटक

म चुप रहेको पनि –
शताब्दीयौ बितिसकेछ।
आज मेरो आवाजमा निस्कने शब्दले पनि –
अर्कै भाका फेरि सकेछ।

म चुप भै रहदा,
मेरा पुर्खाहरुले सिर्जित सभ्यता
र यो माटोको रंगले पनि-
आज अर्कै रुप धारण गरिसकेछ।
मुन्धुम र त्रिपिटक
उधौली-उभौली र ल्होछार पनि-
बेवारिसेको श्रृङ्गार बनिसकेछ।

मेरा पुर्खा देखि अहिलेसम्म
यो पैतालो उभिएको कावालुङ्ग गाउँ पनि-
गौरीशंकर नगरमा परिवर्तन भैसकेछ।
चोमोलुङ्मा हिमशिखरले पनि-
भेष बदल्दै सगरमाथाको फेटा गुथिसकेछ।

म चुप भै रहदा,
मेरा रुप-रंग र आनीबानी सबै-
थाहै नपाई पराई भै सकेछ।
र मेरो माटोमा जताततै-
सुगन्ध बिनाको थुप्रै बुकी फुलहरु फुलिसकेछ।

तर,
अब चुप रहन सक्दिन म!
आफ्नो पुर्खौली रंग बिना
घरको भित्तो पोत्दिन म!
आफ्नै मुन्धुमले देखाएको
बाटो अब छाड्दिन म!
कावालुङ्गलाई गौरीशंकर,
र चोमोलुङ्मालाई सगरमाथा
कहिल्यै अब मान्दिन म!

लुला बनाई म माथी राज गर्नेहरु
सारा मेरा पेन्टिङ माथि,कालो मसी छर्नेहरु।
जालझेलका तिम्रा पोको सबै फुकिसके
कालो त्यो तिम्रो नियतलाई, मैले अब बुझीसके।

तर
जे जे गर्यौ हिजो म माथि-
अब त्यस्तो नहोस,कामाना छ मेरो।
गुजुल्ट्याई पुर्नुपर्छ खाडलमा-
त्यो कुनितिको अहंकार तिम्रो।
युद्धको संखलाई फेरि बजाउन नपरोस!
बुद्धको भुमिमा हिंसाको बीउ अब नछरियोस!

तसर्थ,
मेरा ती निर्दोष आवाजलाई सुनी देउ!
र आवाज भित्रको आवाजलाई बुझी देउ!
मलाई मेरा पुरानै रंगमा,रमाउन देउ!
घसिङ्गारे भएको छु,फेरि मलाई चम्कन देउ!

साङ्ग देम्बा ‘हावा’
दिङ्ला,भोजपुर

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...