News Portal

 सोह्र बर्षकी छात्राद्धारा घरेलू प्याड बनाउने तालिम सञ्चालन 

हिमालीसंचार संवाददाता
७९५ पटक

खोटाङ-१६ बर्षकी एक छात्राले स्थानीय महिलाहरुलाई कसरी कम खर्चमै प्रभावकारी सेनिटरी प्याड बनाउन सकिन्छ भन्ने तालिम कक्षाहरु सुरु गरेकी छिन् । बजारमा पाइने सेनिटरी प्याड कम प्रभावकारी र बढी खर्चिलो हुने अवस्थाको अवलोकन गरी उनले तालिम कक्षा सुरु गरेकी हुन््। जिल्लाको ऐंसुलुखर्क गाउँपालिकाको वडा नं. ३ रैकरमा गत माघ २५ गते सामुदायिक लघु बित्तीय संस्थाको मिलनसार समूहको सदस्यहरु लगायत गाँउको २५ जना महिलाहरुलाई उनले घरेलु प्याड बनाउन सिकाइन्। स्थानीय त्रिभूवन माबिकी छात्रा कविता बन कक्षा १२ मा अध्ययन गर्छिन्।

कविताले पुनः प्रयोग गर्न मिल्ने घरेलू प्याड कसरी उत्पादन गर्ने भन्ने ज्ञान आवश्यक तालिम स्थानीय ग्रामिण युवा विकास तथा अनुसन्धान केन्द्रबाट लिएकी हुन् । गाउँपालिकाको सहयोगमा उनी अहिले उक्त सीपका लागिअब्बल दर्जाको प्रशिक्षक नै बनेकी छिन्। कलिलै उमेरमा बिभिन्न सामाजिक संस्थामा आवद्द रहेकी कविता बन आफ्नो क्षेत्रमा एक उदियमान प्रतिभाको रुपमा उदाएको खोटाङका जनताहरु बताउँछन् । तालिम कक्षाको अर्को चरणमा आफ्नै त्रिभूवन माबिमा कक्षा ११ र १२ मा अध्ययनरत ५० जना छात्रा सहपाठीहरुलाई घरेलू प्याड बनाउन सिकाउने उनको योजना छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...