News Portal

 सोह्र बर्षकी छात्राद्धारा घरेलू प्याड बनाउने तालिम सञ्चालन 

हिमालीसंचार संवाददाता
६६६ पटक

खोटाङ-१६ बर्षकी एक छात्राले स्थानीय महिलाहरुलाई कसरी कम खर्चमै प्रभावकारी सेनिटरी प्याड बनाउन सकिन्छ भन्ने तालिम कक्षाहरु सुरु गरेकी छिन् । बजारमा पाइने सेनिटरी प्याड कम प्रभावकारी र बढी खर्चिलो हुने अवस्थाको अवलोकन गरी उनले तालिम कक्षा सुरु गरेकी हुन््। जिल्लाको ऐंसुलुखर्क गाउँपालिकाको वडा नं. ३ रैकरमा गत माघ २५ गते सामुदायिक लघु बित्तीय संस्थाको मिलनसार समूहको सदस्यहरु लगायत गाँउको २५ जना महिलाहरुलाई उनले घरेलु प्याड बनाउन सिकाइन्। स्थानीय त्रिभूवन माबिकी छात्रा कविता बन कक्षा १२ मा अध्ययन गर्छिन्।

कविताले पुनः प्रयोग गर्न मिल्ने घरेलू प्याड कसरी उत्पादन गर्ने भन्ने ज्ञान आवश्यक तालिम स्थानीय ग्रामिण युवा विकास तथा अनुसन्धान केन्द्रबाट लिएकी हुन् । गाउँपालिकाको सहयोगमा उनी अहिले उक्त सीपका लागिअब्बल दर्जाको प्रशिक्षक नै बनेकी छिन्। कलिलै उमेरमा बिभिन्न सामाजिक संस्थामा आवद्द रहेकी कविता बन आफ्नो क्षेत्रमा एक उदियमान प्रतिभाको रुपमा उदाएको खोटाङका जनताहरु बताउँछन् । तालिम कक्षाको अर्को चरणमा आफ्नै त्रिभूवन माबिमा कक्षा ११ र १२ मा अध्ययनरत ५० जना छात्रा सहपाठीहरुलाई घरेलू प्याड बनाउन सिकाउने उनको योजना छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...