News Portal

  • प्रधानमन्त्री ओलीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

    हिमालीसंचार संवाददाता
    २५७ पटक

    सुभाष साह
    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ। ५ पुसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि त्यसविरुद्ध दाहाल–नेपाल समूहले आन्दोलन गर्दै आइरहेको छ।

    दोस्रो चरणको आन्दोलनअन्तर्गत दाहाल–नेपाल समूहले हजारौंको सहभागितामा काठमाडौंमा प्रदर्शन गरेको हो। प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सडकबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिएका छन्।

    सम्बोधनका क्रममा शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीको चर्को विरोध गरे। धेरै नेताले मुलुकको समृद्धि र विकासका कुरा गर्नुभन्दा प्रधानमन्त्री ओलीलाई गाली गर्नमा नै धेरै समय व्यतीत गरेका थिए। माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिकालगायतका स्थानबाट जुलुस निकालिएको थियो।

    जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, शहीदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वर्षमा ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन्।

    आफूले ओलीलाई सुधार्न नसकेको भन्दै आत्मालोचना गरेका दाहालले ओली प्रवृत्ति स्वीकार गर्ने भूल आगामी दिनमा नगर्ने प्रतिबद्धता जनाए। आफूहरूको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले आफूहरू जनताका बीचमा आउनुपरेको उनले बताए। ओलीले निरकुंशवाद र अराजकता लादेर संघीयतामाथि नै प्रश्नचिह्न सिर्जना गर्ने काम गरेको आरोप उनले लगाए।

    अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद, निरंकुशवाद, अराजकता र असंवैधानिक कदम स्थापित गर्न खोजिए शान्ति प्रक्रिया भंग हुने चेतावनीसमेत दिए। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओली हिटलरको संस्करण भएको टिप्पणी गरे।

    ओलीप्रति अब कोही पनि नतमस्तक नहुने बताउँदै उनले नेपाली जनता स्वाभिमानी भएको बताए। संविधानले विधिको आधारमा देश चल्ने बताए पनि अहिले देश विधिविपरीत चलाउन खोजिएको उनले आरोप लगाए।

    सोही सभालाई सम्बोधन गर्दै नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूहरूले ओलीलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराए। खनालले ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने चेतावनी दिए।

    यस्तै, नेकपा स्थायी कमिटीका सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमलाई परास्त गरेरै छोडिने दाबी गरे।

    अदालतलाई धम्की नदेऊ: प्रधानमन्त्री ओली

    काठमाडौंमा हिजो शुक्रबार पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहले शान्ति प्रक्रिया भंग हुन सक्ने चेतावनी दिएर सर्वोच्च अदालतलाई धम्काउन खोजेको भन्दै विरोध जनाए। उनले लोकतन्त्रमा अदालतलाई धम्काउने कार्य अस्वीकार्य र अलोकतान्त्रिक भएको बताए।

    प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहले मुलुकको विकास र समृद्धिको विषयमा चर्चा गर्न छोडेर गालीगलौज र उद्दण्डता प्रदर्शन गरिरहेको आरोप लगाए। ‘उनीहरूलाई कहिल्यै पनि विकास र समृद्धिको विषयमा कुरा गर्ने फुर्सद छैन, खाली पद, सत्ता र शक्तिकै लागि मरिहत्ते गरिरहेका छन् तर उनीहरूको त्यस्तो चाहना पूरा हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।

    २३ माघमा काठमाडौंमा आमसभा गर्ने घोषणा गर्दै उनले भने, ‘शुक्रबारको जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो। आमसभा कस्तो हुन्छ भन्ने कुरा २३ माघमा हेर्नुहोला, हामी देखाइदिनेछौं।’ प्रधानमन्त्री ओलीले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा नहुने जिकिर गरे। उनले अदालतलाई नधम्क्याउन आन्दोलनरत पक्षलाई चेतावनीसमेत दिए।

    प्रतिनिधिसभा पुनस्र्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई धम्की दिँदैमा उनीहरूको नाजायज माग पूरा नहुने उनले बताए। उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पु-याउनेहरू आफैं पार्टी छाडेर गएको बताउँदै अब पार्टी शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए।

    प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनको समयमा तत्कालीन अवस्थामा विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग आफ्नो पार्टीले संयुक्त आन्दोलन गरिरहेको स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको प्रस्ट पारे।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal