रंगेलीमा बजाज एक्सचेन्ज मेला सुरु हुँदै, पुरानो सवारीको झ्याम्मै मूल्याङ्कन र आकर्षक छुटको अवसर

काठमाडौ -रंगेलीका बजाज मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ता तथा नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक “बजाज एक्सचेन्ज मेला” आयोजना हुने भएको छ।
यस एण्ड ब्रदर्स अटोको आयोजनामा असार ७ गतेदेखि १२ गतेसम्म रंगेलीस्थित काली मन्दिर नजिकको परिसरमा मेला सञ्चालन हुने आयोजकले जनाएको छ। मेलामा पुराना मोटरसाइकल तथा स्कुटरको उच्चतम मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ, जसले ग्राहकहरूलाई पुरानो सवारी साटेर नयाँ बजाज मोटरसाइकल वा स्कुटर खरिद गर्न सहज बनाउने विश्वास लिइएको छ।
मेलाका विशेष आकर्षणहरूमा विशेष नगद छुट, शून्य सेवा शुल्कमा फाइनान्स सुविधा, स्पटमै फाइनान्स स्वीकृति, आर्थिक वर्ष २०८३/८४ को वार्षिक कर सुविधा तथा निःशुल्क हेल्मेट रहेका छन्।
बढ्दो सवारी साधनको आवश्यकता र ग्राहकको सुविधालाई ध्यानमा राखेर आयोजना गरिएको यस मेलामा बजाजका विभिन्न नयाँ मोडेलहरू अवलोकन तथा खरिद गर्न सकिनेछ। साथै ग्राहकहरूले आफ्ना पुराना सवारी साधनको तत्काल मूल्याङ्कन गराई आकर्षक अफरहरूको लाभ लिन सक्नेछन्।
आयोजकले रंगेली तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई मेलामा सहभागी भई विशेष सुविधाको लाभ लिन आग्रह गरेको छ।
थप जानकारीका लागि :
📞 9801181380
📞 9801181381
📞 9803100554

















