News Portal

शिव शिखर सहकारीले ठगी गरेको आरोप

हिमालीसंचार संवाददाता
५२० पटक

सुर्खेत – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्‍यो। बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए। विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा बढी आवेदन दर्ता भए।

योग्यता र क्षमताभन्दा भनसुनमा कर्मचारी छनोट गरिएको आरोप मात्र लागेन विज्ञापनमा उल्लेख गरिएअनुसारको नभइ घटाएर पारिश्रमिक दिने भन्ने कर्मचारी र संस्थाबीच हुँदा अहिले आलोचना बढेको छ। विज्ञापनअनुसार पारिश्रमिक नदिएपछि छनोट भएका कतिपय कर्मचारीले जागिरसमेत छाडेका छन्।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडतर्फ सेवा केन्द्र प्रमुखको ५० हजार, बजार अधिकृतको ३० हजार, कर्जा अधिकृत ३० हजार, लेखापाल सहायक अधिकृतको २५ हजार, क्यासियरको २० हजार, रिसेप्सनिष्टको १५ हजार, बजार प्रतिनिधि १२ हजार पाँच सय, कार्यालय सहयोगी १२ हजार पाँच सय र सेक्यूरिटी गार्डलाई १५ हजार रुपैयाँ पारिश्रमिक विज्ञापनमै उल्लेख गरिएको थियो।

गार्डेन मार्टतर्फ मार्ट सुपरभाइजरलाई २५ हजार, सहायक मार्ट सुपरभाइजरको २० हजार, फ्लोर सेल्सको १२ हजार पाँच सय, सेक्युरिटी गार्डको १५ हजार रुपैयाँ पारिश्रमिक विज्ञापनै उल्लेख गरिएको थियो तर, विज्ञापनमा एउटा र कर्मचारी छनोट गर्दा अर्को पारिश्रमिक दिँदा ठगी भएको जागिर छाडेकाहरुको भनाइ छ। कतिपयले थोरै पारिश्रमिक भए पनि घरमा आर्थिक अभाव हुँदा बाध्यताले जागिर खानु परेको बताएका छन्।

‘विज्ञापनमा आकर्षक तलब खुलाएपछि मैले आवेदन दिए,’ स्रोतले भन्यो, ‘छनोट भएपछि पारिश्रमिक कम हुने भएपछि मैले जागिर खाएन।’ माथि उल्लेखित सबै पदमा करिब ३ हजारदेखि ५ हजार ५ सयसम्म पारिश्रमिक घटाइएको स्रोतको दाबी छ। ‘एउटा पारिश्रमिक देखाउने र अर्को पारिश्रमिक दिने भनेर हामीलाई झुक्यायो,’ स्रोत भन्छ।

आवेदन दिएकाहरुमध्ये कतिपयलाई योग्यता र क्षमता भन्दा भनसुनका आधारमा कर्मचारी छनोट गरेको गुनासो पनि आएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको छ तर, उक्त संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिकसमेत दिइएको छ।

बेरोजगारीको फाइदा उठाउँदै उक्त संस्थाले ठगी गर्न खोजेको आरोप लागेको छ। यता, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका मुख्य प्रबन्धक रमेश खाइजुले तीन महिनाको परीक्षण हुने बताए तर, विज्ञापनमा ३ महिना परीक्षण हुने उल्लेख गरिएको छैन।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...