News Portal

शिव शिखर सहकारीले ठगी गरेको आरोप

हिमालीसंचार संवाददाता
४४४ पटक

सुर्खेत – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्‍यो। बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए। विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा बढी आवेदन दर्ता भए।

योग्यता र क्षमताभन्दा भनसुनमा कर्मचारी छनोट गरिएको आरोप मात्र लागेन विज्ञापनमा उल्लेख गरिएअनुसारको नभइ घटाएर पारिश्रमिक दिने भन्ने कर्मचारी र संस्थाबीच हुँदा अहिले आलोचना बढेको छ। विज्ञापनअनुसार पारिश्रमिक नदिएपछि छनोट भएका कतिपय कर्मचारीले जागिरसमेत छाडेका छन्।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडतर्फ सेवा केन्द्र प्रमुखको ५० हजार, बजार अधिकृतको ३० हजार, कर्जा अधिकृत ३० हजार, लेखापाल सहायक अधिकृतको २५ हजार, क्यासियरको २० हजार, रिसेप्सनिष्टको १५ हजार, बजार प्रतिनिधि १२ हजार पाँच सय, कार्यालय सहयोगी १२ हजार पाँच सय र सेक्यूरिटी गार्डलाई १५ हजार रुपैयाँ पारिश्रमिक विज्ञापनमै उल्लेख गरिएको थियो।

गार्डेन मार्टतर्फ मार्ट सुपरभाइजरलाई २५ हजार, सहायक मार्ट सुपरभाइजरको २० हजार, फ्लोर सेल्सको १२ हजार पाँच सय, सेक्युरिटी गार्डको १५ हजार रुपैयाँ पारिश्रमिक विज्ञापनै उल्लेख गरिएको थियो तर, विज्ञापनमा एउटा र कर्मचारी छनोट गर्दा अर्को पारिश्रमिक दिँदा ठगी भएको जागिर छाडेकाहरुको भनाइ छ। कतिपयले थोरै पारिश्रमिक भए पनि घरमा आर्थिक अभाव हुँदा बाध्यताले जागिर खानु परेको बताएका छन्।

‘विज्ञापनमा आकर्षक तलब खुलाएपछि मैले आवेदन दिए,’ स्रोतले भन्यो, ‘छनोट भएपछि पारिश्रमिक कम हुने भएपछि मैले जागिर खाएन।’ माथि उल्लेखित सबै पदमा करिब ३ हजारदेखि ५ हजार ५ सयसम्म पारिश्रमिक घटाइएको स्रोतको दाबी छ। ‘एउटा पारिश्रमिक देखाउने र अर्को पारिश्रमिक दिने भनेर हामीलाई झुक्यायो,’ स्रोत भन्छ।

आवेदन दिएकाहरुमध्ये कतिपयलाई योग्यता र क्षमता भन्दा भनसुनका आधारमा कर्मचारी छनोट गरेको गुनासो पनि आएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको छ तर, उक्त संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिकसमेत दिइएको छ।

बेरोजगारीको फाइदा उठाउँदै उक्त संस्थाले ठगी गर्न खोजेको आरोप लागेको छ। यता, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका मुख्य प्रबन्धक रमेश खाइजुले तीन महिनाको परीक्षण हुने बताए तर, विज्ञापनमा ३ महिना परीक्षण हुने उल्लेख गरिएको छैन।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...