News Portal

खानेपानी विषय लिएर धरानका मेयर राई काठमाण्डौ पुगे

सुकुम्बासी समस्या आयोगसंग पनि छलफल गर्ने

हिमालीसंचार संवाददाता
४७८ पटक

धरान  धरान उपमहानगरपालिका धरानका मेयर तिलक राई शुक्रवार काठमाण्डौ पुगेका छन् । धरानका खानेपानी आयोजना प्रमुख इन्जिनियर राजु पोखरेललाई लिएर मेयर शुक्रवार काठमाण्डौ गएका मेयर राईका स्वकीय सचिव राजुमान श्रेष्ठले जानकारी दिए ।

धरान खानेपानी आयोजनाको काम पुरा नभएकाले खानेपानी आयोजनाका विज्ञ टोली र परामर्शदाताहरू सँग छलफल गरेर धराने जनतालाई खानेपानी समस्याबाट मुक्त पार्ने प्रमुख उद्देश्य लिएर काठमाण्डौ गएको मेयर राईले बताए ।

धरानमा लामो समयदेखि सुकुम्वासीहरूको समस्या पनि छ । प्रदेश नं १ मा सबै भन्दा धेरै सुकुम्वासीहरू धरानमा रहेका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगमा समेत गएर धरानका सुकुम्वासी बस्ती व्यवस्थित गर्ने बारेमा छलफल समेत गरिने मेयर राईले बताए ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले धरान उपमहानगरपालिकालाई लगत संकलन गर्न र सम्झौतामा हस्ताक्षर गर्ने पत्राचार समेत गरेको थियो । धरान नगरपालिकाभित्र ६४ वटा बस्तीमा १५ हजार सुकुम्वासी रहेको र अहिले पाचकन्यालाई समेत धरान नगरपालिकामा गाभिएपछि भने ७५ वटा सुकुम्वासी बस्ती १ सय वटा इकाई समिति रहेका छन् । मेयर राई सोमवार मात्र धरान फर्किने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...