News Portal

धरानको वीपीमा स्वास्थ्य मन्त्रीका भतिज र ज्वाइँ सल्लाहकारमा नियुक्त

हिमालीसंचार संवाददाता
३६० पटक

धरान – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका भतिज र ज्वाइँले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नियुक्ति भएका छन्। 

धरानमा रहेको वीपी प्रतिष्ठान धरानमा मन्त्री ढकालका भतिज अमृत ढकाल र ज्वाइँ सुमन पन्त अधिकृत सहरको पदमा नियुक्त भएका हुन ।

प्रतिष्ठान स्रोतका अनुसार अमृतको नियुक्ति जनसम्पर्क अधिकृत र पन्तको नियुक्त प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीका कानुनी सल्लाहकारको रूपमा भएको छ । दुबैजनाले गत कार्तिक ११ गते नियुक्ति पाएका हुन् ।

मन्त्री ढकालको दबाबमा भतिज र ज्वाइँलाई उपकुलपति गिरीले नियुक्त गरेको बताइएको छ । ‘मन्त्रीज्यूको प्रेसर आए पछि नियुक्त नगर्ने भन्ने कुरा आउँदैन ।’ उच्च स्रोतले भन्यो ‘दुवै जनाले जिम्मेवारी सम्हालिसकेका छन् ।

ढकालको समर्थन पछि डाक्टर गिरीले उपकुलपतिमा नियुक्त पाएका थिए । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनमा स्वास्थ्य मन्त्री ढकाल र नोबेल मेडिकल कलेजका सञ्चालक डाक्टर सुनिल शर्माबिच प्रतिस्पर्धा भएको थियो । कम्युनिस्ट गढ मानिएको क्षेत्रबाट ढकालले मुस्किलले निर्वाचन जित्दा डाक्टर गिरीले भोट माग्न सघाएका थिए ।

प्रतिष्ठानमा कानुनी सल्लाहकार तीन जना 

उच्च स्रोतका अनुसार धरानको वीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्री ढकालका स्वकीय सचिव भुवन खतिवडाका दाजुले पनि नियुक्ति भएका छन् । मन्त्री ढकालका स्वकीय सचिवका दाजु चिरञ्जीवी खतिवडाले कानुनी सल्लाहकारको रूपमा जिम्मेवारी पाएका हुन । चिरञ्जीवीको नियुक्ति पनि ढकालकै दबाबमा भएको बताइएको छ ।

उपकुलपतिका कानुनी सल्लाहकार मात्रै तीन जना भएका छन् । यस अघि शान्तिराम भण्डारी कानुनी सल्लाहकारको रूपमा नियुक्त भएका थिए । एक जना कानुनी सल्लाहकार हुनुपर्ने ठाउँमा तीन जना नियुक्त भएका हुन् । नियमावलीमा उल्लेख नभएका कारण तीन जना सम्मले नियुक्ति पाएका जानकारहरु बताउछन् ।

प्रतिष्ठानका रजिस्टार डाक्टर मोहनचन्द्र रेग्मीले तीन जना कानुनी सल्लाहकार भए पनि छुट्टाछुट्टै स्थानमा रहेको उनले बताए । रेग्मीका अनुसार कानुनी सल्लाहकार खतिवडाले सर्वोच्च अदालत हेर्नेछन् । भण्डारीले विराटनगर र पन्तले कार्यालयको विषयमा हेर्नेछन् ।

केही दिन अघि ढकाल र पन्तले अधिकृत सरह नियुक्ति पाएको उनले बताए । उनले भने ‘पन्तको नियुक्ति कानुन हेर्ने गरी र ढकालको नियुक्ति जनसम्पर्क हेर्ने गरी अधिकृत सरहको नियुक्ति हो ।’ उनले मन्त्रीका आफन्त रहेको बारेमा आफूलाई जानकारी नभएको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...