News Portal

बहुप्राविधिक शिक्षा सञ्चालन गर्ने थुलुङदुधकोशी पहिलो: मुख्यमन्त्री शेरधन राई

हिमालीसंचार संवाददाता
४६४ पटक

सोलुखुम्बु – थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको आज आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। यसै बर्ष देखि सञ्चालनमा आएको शिक्षालय प्रदेश १ का मुख्यमन्त्री सेरधन राईले उद्घाटन गुरेका हुन्।

उद्घाटन समारोहलाई संबोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले प्राविधिक र व्यवहारीक शिक्षामा जोड दिदै दक्ष जनशक्ति उत्पादनमा आफुहरु केन्द्रित भएको बताए। सोही अनुसार प्रदेश १ मा छनौट भएका ५ वटा जिल्ला मध्ये कतिपय जिल्लामा जग्गा समेत व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा थुलुङदुधकोशी गाउँपालिकाले उद्घाटन गरेर कक्षा सञ्चालन गर्नु आफैमा प्रशंसायोग्य कार्य भएको मन्त्री राईले बताए ।

सोलुखुम्बुबासीले सही नेतृत्व छनौट गर्न सफल भएकाले नै आज गाउँगाउँमा सडक, विद्युत, प्राविधिक शिक्षा तथा अस्पताल निर्माण भईरहेको भन्दै मुख्यमन्त्री राईले थुलुङदुधकोशीलाई नगरपालिका बनाउने आधारभुत मापदण्ड पुरा गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

यस्तै आन्तरीक योजना तथा अर्थमन्त्री इन्द्र आङ्बोले गाउँपालिकामा भईरहेको विकास निर्माणको प्रशंसा गरेका थिए। थुलुङदुधकोशी गाउँपालिकाले सामाजिक सुरक्षा र भौतिक पुर्वधार निर्माणमा गरेको कार्य मननयोग्य रहेको भन्दै अन्य स्थानीय सरकारले समेत अनुसरण गरेर व्यवहारमा प्रयोग गर्नुपर्ने बताए। 

यस्तै सोलुखुम्बु जिल्लाका प्रतिनिधी सभा सदस्य हेमकुमार राई शुरवीरले जिल्लाको बृहतर विकासमा आफुहरु केन्द्रित भएको बताए। शिक्षा स्वास्थ्य, सडक र सञ्चारलाई प्रमुख प्राथमीकतामा राखेर जिल्लामा काम भईरहेको भन्दै सहयोगको लागि आग्रह गरेका थिए ।

नेकपा प्रदेश नं. १ संसदीय दलका प्रमुख सचेतक एवम् सांसद बुद्धिकुमार राजभण्डारीले बुहप्राविधिक शिक्षालय थुलुङ दुधकोशी गाउँपालिका र सोलुखुम्बुको लागि मात्र नभई छिमेकी जिल्ला खोटाङ र ओखलढुंगा सहितका लागि पनि महत्वपुर्ण रहेको बताए। काँग्रेस सरकारको पालामा नभएका तर अति महत्वपुर्ण विकास कार्यक्रम नेकपाले गरिरहेको भन्दै नेले देखि गाउँपालिका केन्द्र सम्मको सडक कालोपत्रेका लागि तत्काल कार्य अगाडी बढाउन माग गरेका थिए ।

प्रदेश सांसद उत्तम कुमार बस्नेतले अधिकांश विकासमा सडक बाधक बनेको भन्दै अन्तर जिल्ला जोड्ने सडकमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष असिम राईले गाउँपलिकाले अघि सारेको दिगो विकासको योजना सुनाउँदै थप सहयोगका लागि आग्रह गरेका थिए । संघीयताको मर्म र भावना अनुसार आफुहरु दिनरात खटिरहेको भन्दै अध्यक्ष राईले सबैको सहयोग अपरिहार्य रहेको बताए ।

कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, सोलुदुधकुण्ड नगरपाकिला उपमेयर कल्पना राईले बहुप्राविधिक शिक्षालयको महत्वको चर्चा गर्दै शुभकाना व्यक्त गरेकी थिइन। जसले गर्दा थुलुङदुधकोशीको मात्र नभई सिंगो जिल्लाको विकास र सम्बृद्धिमा महत्वपूर्ण टेवा पुग्ने उनीहरुले विश्वास गरेका छन्। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...