News Portal

पालुङ्गोको सागले बढाउछ इम्युनिटी पावर, यस्ता छन् ६ फाइदा !

पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषकतत्व भने धेरै हुन्छ। पालुङ्गोको सागमा क्याल्सियम, म्याग्नेसियम र आइरन पाइन्छ। यसको नियमित सेवनले छाला, कपाल र हड्डी बलियो हुन्छ।

हिमालीसंचार संवाददाता
६५९ पटक

काठमाडौँ – हरियो साग सबै भन्दा स्वस्थ्य खाद्य सामग्री मानिन्छ। बिरामी अवस्थामासमेत साग खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। साग मध्ये पनि पालुङ्गोको साग “सुपरफुड” मानिन्छ। पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषकतत्व भने धेरै हुन्छ।

पालुङ्गोको सागमा क्याल्सियम, म्याग्नेसियम र आइरन पाइन्छ। यसको नियमित सेवनले छाला, कपाल र हड्डी बलियो हुन्छ। यसको ६ फाइदा यस्तो छ:

इम्युनिटी पावर बढाउछ !
पालुङ्गोमा पाईने भिटामिन ‘ए’ ले स्वास प्रस्वासका बिरामीलाई राम्रो गर्छ। हरेक दिन सानो कचौराको एक कचौरा साग खाँदा इम्युनिटी पावर बढछ र शरीर फुर्तिलो हुन्छ।

ब्लडप्रेशर कन्ट्रोल !
पालुङ्गोमा उच्च मात्रामा पोटाशियम पाइन्छ। ब्लडप्रेशर उच्च भएकाहरुलाई यसको सेवनले ब्लडप्रेशर सन्तुलनमा ल्याउन काम गर्छ। पोटाशियमले शरीरमा भएको सोडियमको मात्रा कम गराउन भुमिका खेल्छ।

क्यान्सर हुनबाट जोगाउछ !
पालुङ्गोमा हुने जक्सथिन र केरोटीनोडले शरीरमा हुने बिकारयुक्त तत्वलाई बाहिर निकाल्न सघाउ पुर्याउछ। शरीरमा उत्पादन हुने रेडिकल्सले क्यान्सरको जन्म गराउन सक्छ। पालुङ्गोले ति तत्वलाई बाहिर निकालिदिन्छ।

हड्डी मजबुत बनाउछ ! 
पालुङ्गोमा हुने भिटामिन ‘के’ हड्डीका लागि निकै राम्रो मानिन्छ। एक कचौरा पालुङ्गोमा २५० मिलिग्राम क्याल्सियम पाइन्छ। नियमित पालुङ्गो खाँदा दाँतको समस्या हुँदैन भने हड्डी भाँचिने सम्भावना पनि कम हुन्छ।

आँखाका लागि ! 
पालुङ्गोमा पाईने एण्टीअक्सीडेण्ड आँखाका लागि निकै राम्रो मानिन्छ। मोतिबिन्दुलगायत आँखामा लाग्ने अन्य समस्या समाधानमा पनि पालुङ्गोले भुमिका खेल्छ। पालुङ्गोमा पाईने भिटामिन ‘ए’ ले आँखाको झिल्लीलाई मजबुत बनाउछ।

वजन घटाउन !
यदि तपाई आफ्नो वोजन कम गराउन चाहनुहुन्छ भने, नियमित पालुङ्गो खानुस् ठिक हुन्छ। यसमा क्यालोरी कम हुने र फाइबरको मात्रा बढी हुने भएकाले पनि मोटो मान्छेका लागि फलदायी हुन्छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...