News Portal

  • झापा जिल्लाका नेकपा नेताहरू पार्टी एकताकै पक्षमा, जनमतको उपेक्षा नगर्न आग्रह

    हिमालीसंचार संवाददाता
    ९० पटक

    झापा – सत्तारुढ नेकपाको आन्तरिक विवाद यतिबेला उत्कर्षमा पुगेको छ। बुधवारको सचिवालय बैठकबाट केही समययता उत्कर्षमा पुगेको नेकपाको विवाद केही दिनका लागि साम्य भएको देखिन्छ। प्रचण्डको काउन्टरमा ओलीको कस्तो प्रस्ताव आउने हो भन्ने चासोको विषय बनेको छ । यही बिचमा झापा जिल्लाका कम्युनिस्ट नेताहरूले भने नेतृत्वलाई पार्टी एकता जोगाउनका लागि विभिन्न सुझाव दिएका छन् ।

    बि.सं २०२८ सालमा सुरु भएको झापा बिद्रोह नै पूर्वीय कम्युनिष्टहरुको अभ्यास स्थल बन्न पुग्यो। समय चक्रसँगै राजनीतिक चक्र पनि घुम्दै फिर्दै गयो । यस बिचमा देशभित्र कम्युनिस्टहरू फुट्ने र जुट्ने क्रम चलिनै रह्यो । पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच एकता भयो र नेपाल कम्युनिस्ट पार्टी नेकपा बन्न पुग्यो । तर एकताको धेरै समय बित्न नपाउँदै पार्टीभित्र देखिएको आन्तरिक कलह पार्टी विग्रहको दिशातर्फ मोडिन थालेको छ ।

    यस बिचमा झापाली नेताहरू पार्टी एकता जोगाउन नेतृत्वलाई विभिन्न सुझाव दिइरहेका छन् । नेकपा झापाका इन्चार्ज रबिन कोइराला पार्टी एकता जोगाउन दुई अध्यक्ष नै जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, “नेतृत्वले जनमतको कदर गर्न सिक्नुपर्छ । यदि त्यसो भएन भने मुलुक मात्रै हैन सिङ्गो नेकपा नै गम्भीर दुर्घटनामा पर्न सक्छ ।”

    कुनै समय थियो नेपालका कम्युनिस्टहरूलाई झापाली भनेर चिनिन्थ्यो। सशस्त्र रूपमा झापाबाट सुरु भएको कम्युनिस्ट विद्रोहले आज शान्तिको बाटो अपनाइसकेको छ । बि.सं २०२८ सालमा सुरु भएको झापा बिद्रोह नै पूर्वीय कम्युनिष्टहरुको अभ्यास स्थल बन्यो । समय चक्रसँगै राजनीतिक चक्र पनि घुम्दै फिर्दै गयो । यस बिचमा देशभित्र कम्युनिस्टहरू फुट्ने र जुट्ने क्रम चलिनै रह्यो ।

    पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच एकता भयो र नेपाल कम्युनिस्ट पार्टी नेकपा बन्न पुग्यो । तर एकताको धेरै समय बित्न नपाउँदै पार्टीभित्र देखिएको आन्तरिक कलह पार्टी विग्रहको दिशातर्फ उन्मुख भएको छ।

    नेकपाको तल्लो तहका नेता कार्यकर्ता भने पार्टी विग्रह भन्दा पनि एकताकै पक्षमा उभिएका छन् । नेकपा झापाका नेता एवम् प्रदेश १ को प्रदेश कमिटी सदस्य समेत रहेका झलकसिंह दर्लामी नेतृत्वले आ-आफ्नो गल्ती कमी कमजोरीलाई सच्याएर छलफलबाटै निकास निकाल्नुपर्ने सुझाव दिएका छन् ।

    नेकपा झापाका अध्यक्ष चिन्तन पाठक पार्टी एकतालाई जोगाउनका निम्ति पार्टीको मूल मर्मलाई दुवै अध्यक्षले बोक्नुपर्ने बताउँछन् । दुई नेताबिचको विवाद पार्टीभित्र झगडाको बिउ बनाउन नहुनेमा उनको सुझाव छ ।

    यस्तै पार्टी कुनै हालतमा फुट्न नहुने र नेतृत्वले सही समयमा सही निष्कर्ष निकाल्नुपर्नेमा जोड दिन्छन् नेपाल कम्युनिस्ट पार्टी नेकपाका झापाली नेता एवम् पार्टीको प्रदेश कमिटी सदस्य गगन पुरी ।

    तर पछिल्ला केही महिना यता चुम्बकका समान ध्रुवहरू एकैतिर हुँदा विकर्षण हुन्छ भनेझैँ भइरहेको छ । यस्तो अवस्थाका बिच पटक पटक पार्टी फुटको सँघारमै पुग्यो भनेर प्रचार भइरहँदा कम्युनिष्टहरुको उर्वर भूमि मानिएको झापा जिल्लाबाट झापाका कम्युनिस्ट नेताहरूले नेतृत्वलाई दिएको सुझाव आत्मसाथ गर्लान् या नगर्लान् त्यो भने प्रतीक्षाकै विषय बन्नेछ ।

    प्रतिकृया दिनुहोस्

    रंगेली प्रहरीले ७ बोरा सुर्ती सहित एक मोटरसाइकल बरामद

    रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका-४, स्थित  चोप्राह बोर्डरबाट अबैध रूपमा भन्सार छलि भारतबाट नेपाल भित्र्याउदै...

    विशाल भट्टराईको पालिकामा नेकपामा पहिरो, सयौ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश (भिडियो सहित)

    खोटाङ – खोटाङ जिल्लामा नेपाली कांग्रेस युवा नेता रविप्रकाश राईले १ सय जना युवा नेकपा...

    चौविस प्रमुख नेताहरूमध्ये कति नेतालाई संसदमा देख्न पाइएला

    काठमाडौँ – विभिन्न पार्टीका मूख्य नेतामध्ये सम्भावित निर्वाचनमा अधिकाङ्श पराजित हुने सङ्केतहरू देखिएका छन्। नेपाली...

    प्रधानमन्त्री ओलीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

    सुभाष साह काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा...

    मकाउमा नेपाली महिलाहरुले चाइनिज नयाँ बर्ष भव्य मनाउने

    मकाउ – मकाउमा नेपाली समुदायले एक पछि अर्को चाड, पर्व र संस्कृति मनाउने क्रममा यसपाली...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।