News Portal

झापाका भण्डारी श्रीमतीको हत्या प्रकरणमा जेल चलान

हिमालीसंचार संवाददाता
८२४ पटक

अविन माबो/झापा – झापा जिल्लाका गौरादहका ६४ बर्षिया भीम भण्डारी आफ्नै श्रीमतीको हत्या प्रकरणमा जेल चलान गरिएको छ। झापाका जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको डिएसपी राकेश थापाले जानकारी दिए।

भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ गते गौरादहमा हत्या भएको थियो। भण्डारीलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो। भण्डारीको आफ्नै घरमा मनमायाको शव हात बाँधिएको र टाउकोबाट रगत बगेको अवस्थामा फेला परेको थियो।

धरानबाट तालिम प्राप्त लैला नामक (ट्याकर) डगले प्रहरीलाई प्रारम्भिक अनुसन्धानका अपराधीको पहिचान गर्ने भरपुर सहयोग गरेको थियो। डिएसपी थापाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको बयान दिएका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...