News Portal

उषा ठकुरी बनिन् बेलायती नौसेनामा आवद्ध हुने पहिलो नेपाली महिला

हिमालीसंचार संवाददाता
६५६ पटक

लण्डन – बेलायती नौसेना रोयल नेभीमा पहिलोपटक एक नेपाली महिला आवद्ध हुन् सफल भएकी छिन्। नेपालकी उषा ठकुरी बेलायती नौसेनामा आवद्ध भएको बेलायती संचारमाध्यमले जनाएका छन्।

उषाका ११ महिनाका एक सन्तानसमेत छन। उनले नौसेनामा आवद्ध हुन कडा परिश्रम गर्दै कठिन परीक्षण पार गरिन्। उषाका अनुसार उनका बुबा र भाई गोर्खा सैनिक हुन्।

उषाले आफ्ना पिताको प्रेरणा र हौसलाका कारण नौसेनामा आवद्ध भएको बताइन्। उनका श्रीमान पनि नौसेनामा छन्। त्यहाँ उनी मुख्य चेफको रुपमा काम गर्छन्।

वर्षौ यता बेलायतमा नेपाली गोर्खाहरुले सेवा गर्दै आएका छन्। सन् २००९ यता नेपालका सेवानिवृत्त गोर्खाहरुले आफ्ना परिवारलाई नै बेलायतमा लगेर बसोबास गर्ने सुविधा पाएका छन्।

प्रतिकृया दिनुहोस्

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...