News Portal

चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेता नेपालकाे माग

हिमालीसंचार संवाददाता
५३८ पटक

काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई आक्रमण गरी हत्या गर्ने दोषीमाथि  कारबाही गर्न माग गरेका छन्। पार्टीको शपथग्रहण कार्यक्रमममा बिहीबार चौरसियामाथि आक्रमण भएको थियो। गम्भीर घाइते उनको उपचारको क्रममा शुक्रबार निधन भएको हो।

विन्दवासनी गाउँपालिकाको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप भएको थियो। एक पक्षले विन्दवासनी गाउँपालिका–५ परसौनी भाठामा गाउँपालिका कमिटीको शपथग्रहण आयोजना गरेको थियो भने, अर्को गुटका कार्यकर्ताले कार्यक्रममा सहभागी हुन नपाउँदा असन्तुष्टि जनाउँदै विरोध गरेपछि झडप भएको थियो।

कार्यक्रमस्थलमा विवाद भएपछि दुवै पक्षबाट लाठी हानाहान हुँदा ८ जना घाइते भएका थिए। नेपालले सामाजिक सञ्जालमा चौरसियाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टी कार्यक्रममा आफ्नै कामरेडको हत्या गर्ने/गराउने व्यक्ति वा समूह जुनसुकै आवरणमा बसेको भए पनि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

चौरसिया सो गाउँपालिकाका पार्टी सचिव पनि हुन्। नेकपा पर्साका नेताहरूबीच आन्तरिक विवादका केही सातायता अलगअलग शपथग्रहण कार्यक्रम हुँदै आएको छ। नेकपा पर्साका नेताहरूका आन्तरिक गुटबन्दीले ठूलो विवाद भएपछि घटना घटेको नेताहरूले बताएका छन्।

https://www.facebook.com/316048655248263/posts/1564978477021935/

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...