News Portal

नेकपाका ३ पत्रकारमाथि संगठनको कारबाही, यस्तो छ कारण (बिज्ञप्ती सहित)

हिमाली संचार संवाददाता
८७५ पटक

काठमाडौं – सङ्गठनबिरुद्ध अराजक गतिविधि गरेपछि क्रान्तिकारी पत्रकार संगठन, नेपालले प्रकाश डुम्रे लगायत तीन जना केन्दीय सदस्यलाई संगठनबाट निष्कासन गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनले डुम्रे सहित हिम विष्ट र सृजना तिम्सिनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

हेटौडा महाधिवेशनबाट गुट बनाएर हिडेका उनीहरुले नगरकोट सम्मेलनमा भएको बन्द सत्रको गोप्य सुचना रेकर्ड गरी प्रहरीलाई बुझाएको, संगठनको विरुद्धमा पार्टीलाई विल्कुलै गलत सूचना दिएको, अनावश्यक रुपमा उत्तेजित पारेको र आन्तरिक काममा बाधा पु¥याएको भन्दै सङ्गठनले कारवाही गरेको बताएको छ । बैशाख १५, १६ र १७ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले ५१ सदस्यीय कमिटी बनाई ४८ जनालाई केन्दीय सदस्यमा निर्वाचित गरेको थियो । त्यसमध्येका ३९ जनाले एक विज्ञप्ति जारी गर्दै संगठनबाट उनीहरुलाई निष्कासन गरेको हो ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘तीन वर्षअघि हैटौडामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनदेखि नै संगठनमा जवरजस्त गुट पैदा गर्ने र संगठनको जिम्मेवारीलाई आफ्नो व्यक्तिगत स्वार्थ पूर्तीमा लगाउँदै आएको सोही समूहले गत बैशाखमा सम्पन्न राष्ट्रिय सम्मेलनमा पार्टीका नेताहरुलाई विल्कुलै गलत सूचना दिने, अनावश्यक रुपमा उत्तेजित पार्ने र आन्तरिक काममा बाधा पु¥याउने काम ग¥यो । एकातिर प्रहरीले गरेको हस्तक्षेप र अर्कोतिर आन्तरिक रुपमा त्यो प्रवृतिले पु¥याएका बाधाले सम्मेलनले नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा गर्न सकेको थिएन ।’

सबै समस्याहरुलाई आन्तरिक छलफलबाट टुंगो लगाउने भनेर पाँच महिनासम्म छलफल, बहस गरिए पनि यसबीच ती पात्रहरु एकातिर पार्टीको आडमा सञ्चालित मिडियालाई दुरुपयोग गरी अकूत पैसा उठाउने, बागबजारमा बसेर विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र तयार पार्ने धन्दा जस्तै लाग्ने नक्कली सूचना तयार पार्ने र ती गलत सूचनाहरु पार्टीका नेताहरुलाई निरन्तर पु¥याउने जस्ता अराजक गतिविधिमा लागेका कारण निष्कासित गरिएको उक्त सङ्गठनले जनाएको छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘हामी ती सबै समस्याहरुलाई आन्तरिक छलफलबाट टुंगो लगाउने भनेर पाँच महिनासम्म लाग्यौ । तर, यसबीच ती पात्रहरु एकातिर पार्टीको आडमा सञ्चालित मिडियालाई दुरुपयोग गरी अकूत पैसा उठाउने, बागबजारमा बसेर विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र तयार पार्ने धन्दा जस्तै लाग्ने नक्कली सूचना तयार पार्ने र ती गलत सूचनाहरु पार्टीका नेताहरुलाई निरन्तर पु¥याउने, कठोर संघर्ष, दुःख, कष्ट सहँदै देशभरका साथीहरुको मेहनतबाट स्थापित भएको संगठनलाई सिध्याउने अनुशासनहीन, नैतिकहीन र विल्कुलै गलत धन्दामा लागेका कारण तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा चयन भएका प्रकाश डुम्रे, हिम विष्ट, सिर्जना तिम्सिनालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको जानकारी गराउँदछौ ।’

सम्मेलनपछि सङ्गठनको बैठक नै बस्न नसकेको अवस्थामा केहीदिन अघि प्रकाश डुम्रेले आफु अध्यक्ष बनेको भन्दै सामाजिक सञ्जालमा बधाई मागेपछि बिबादको सुरुवात भएको थियो । सङ्गठनले त्यसबखत पनि संशयपूर्ण भूमिका भएका र खराब आचरण भएका केही पात्रहरु अमुक नेतालाई प्रभावमा पारेर जवरजस्त आफूलाई नेता घोषित गराउन लागिपरेको प्रष्ट पार्दै यस्ता घृणित कार्यमा नलाग्न चेतावनी दिएको थियो ।

तर नेतृत्व हत्याउने उदेश्यले डुम्रे गुटले आफ्नो यस्ता अराजक गतिविधिलाई घटाउनुको साटो झन बढावा दिएर पार्टीका नेताहरुसँग भेटघाट गरी संगठनका सदस्यहरुको नाम तोकेरै भ्रमपूर्ण रिपोटिङ गर्दै आएका थिए । लोमो समयदेखि प्रकाश डुम्रे, हिम बिष्ट, राजेन्द्र चिमौरीया,सिर्जना तिमल्सिना,सागर लामा,आलोक लिम्बु र मोहन पन्तले पार्टी क्रान्तिलाई नराम्ररी असर पर्ने गरी अनाआवश्यक गुटबन्दी गर्ने, विभिन्न अनलाईनहरुमा मिथ्या समाचार छाप्दै आएका छन्।

हेर्नुहोस यस्तो छ कारबाही गर्नुको कारण बिज्ञप्ती :

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...