News Portal

हङकङमा बिहिवार ९५ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म हङकङमा ४५ जनाको मृत्यु

हिमाली संचार संवाददाता
६०० पटक
२०७७ साउन २२,बिहिवार

युवा राई, हङकङ । हङकङमा विहीवार थप ९५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ९१ जना स्थानीय र ४ आयातित गरी ९५ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या ३,८५० पुगेको छ।

नयाँ संक्रमितहरुमा ५२ जना अघिल्ला केसहरुसंग जोडिएका र ३९ जनाको संक्रमणको स्रोत खुल्न नसकेको जनाइएको छ। आयातित संक्रमितहरुमा फिलिपिन्सबाट फर्केका एक घरेलु सहयोगी र भारतबाट हङकङ फर्केका तीन जना रहेका छन्।

हङकङमा थप एक जना कोरोनाका मृत्यु भएको अस्पताल अथोरिटीले पुष्टि गरेको छ। ८५ वर्षीय पुरुष जेष्ठ नागरिकको विहीवार अपरान्ह चुन मुन अस्पतालमा मृत्यु भएको जनाइएको छ। त्यस्तै, मंगलवार चुन मुन अस्पतालमा मृत्यु भएका ८६ वर्षीय पुरुषमा पनि कोरोना पोजिटिभ भेटिएको पुष्टि भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

२,४५८ जना कोरोनाका विरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,२०४ जनाको उपचार भइरहेको छ। ३९ जना कोरोना सङ्क्रमित विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...