News Portal

  • राजनीतिमा सक्रिय हुँदासम्म नेता बुढो हुँदैन : रामचन्द्र पौडेल

    हिमाली संचार संवाददाता
    ५१५२ पटक

    काठमाडौं –  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा सक्रिय रहँदासम्म नेता बुढो नहुने बताएका छन् ।

    पछिल्लो समय कांग्रेसका युवा नेताहरुले निश्चित उमेर पुगेका नेताहरुले सक्रिय राजनीतिबाट विदा लिनु पर्ने बताइरहेका बेला नेता पौडेलले भने राजनीतिमा क्रियाशील रहँदासम्म कोही बुढो नहुने बताए । ‘राजनीतिमा एक्टिभ हुनुपर्छ । परिवर्तित राजनीतिक परिवेशको सहि विश्लेषण र मुल्याङ्कन गरेर नेतृत्व दिन सक्नुपर्छ’, वीपी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले भने, ‘म पनि त्यस्तै छु । पहिलेदेखि नै एक्टिभ हुन रुचाउने ।’

    कम्युनिस्टसँग जुध्नुपर्ने अहिलेको बाध्यात्मक परिस्थिति रहेको भन्दै उनले बैचारिक रुपमा एकम भएर जनतामा जानुपर्ने बताए । ‘कम्युनिस्ट असफल होलान् र हामी सफल हुन्छौं भन्ने सोच्यौं भने गन्तव्यमा पुग्न सकिँदैन’ पौडेलले भने, ‘हामीले जनताको भाषा बोल्नुपर्छ । हामी आफैं सफल हुन सक्नुपर्छ ।’

    वर्तमान सरकारले नागरिक अधिकारमाथि घुमाउरो तरिकाले हस्तक्षेप गरिरहेको नेता पौडेलको आरोप छ । ‘हिजो मात्रै दुईजना हाकिमहरु म कहाँ आउनुभएको थियो । एउटालाई तपाईं राम्रो हाकिम साप हो तर, विद्यार्थी हुँदा नेविसंघको राजनीतिमा लाग्नुभएको रहेछ भनिएको रहेछ । अर्कालाई पार्टीलाई लेबी नबुझाइएको भनिएको रहेछ’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘यो सरकारले राष्ट्रसेवक कर्मचारीलाई पनि आस्थाका आधारमा विभेद गरिहेको छ ।’

    सरकारको गतिविधिले डराउनुपर्ने अवस्थामा नरहेको र कांग्रेसको लोकपि्रयता नघटेकोे उनको भनाइ छ ।

    कांग्रेसले वीपीको बाटो छोडेको छैन्

    वरिष्ठ नेता पौडेलले कांग्रेसले वीपीको बाटो नछाडेको प्रष्टीकरण दिए । ‘कतिपय साथीहरु कांग्रेसले वीपीको बाटो छाडेकाले अहिलेको अवस्थामा पुगेको भन्छन्’ पौडेलले भने, ‘वीपीलाई बेचेर खानेहरुले भ्रम मात्रै छरिरहेका छन् । बरु कांग्रेसले वीपीको सपना पुरा गरेको छ ।’

    केही नेताहरुले कांग्रेस कम्युनिस्टसँग मिलेका कारण पार्टीले चुनाव हारेको भन्ने गरेको भन्दै उनले त्यसको खण्डन गरे । ‘वीपीले कम्युनिस्टसँग मिल्न हुँदैन भनेका थिए । कांग्रेसले कम्युनिस्टसँग मिलेर उसैलाई सत्तामा पुर्‍यायो भन्ने गरेको सुनिन्छ’ नेता पौडेलले भने, ‘वीपीले कम्युनिस्टसँग मिल्न हुँदैन भनेर कहिल्यै भन्नू भएको थिएन । कांग्रेस कम्युनिस्टसँग मिलेका कारण नेकपाले बहुमत ल्यायो भन्नू गलत छ ।’

    बरु कांग्रेसले कम्युनिस्टसँग मिलेर देशलाई परिवर्तनको बाटोमा सहज ढङ्गले अगाडि बढाएको उनले बताए । ‘२०४६ सालमा कम्युनिस्टसँग मिलेर संघर्ष नगरेको भए के हुन्थ्यो ? पछिल्लो समय कम्युनिस्टसँग मिलेर शान्ति प्रक्रियामा नगएको भए के हुन्थ्यो ? पौडेल भन्छन्, ‘कांग्रेस कम्युनिस्टसँग मिल्न गएका कारण अहिले चुनाव हार्‍यो भन्नु राजावादी सोच जस्तो लाग्छ ।’

    कांग्रेसका नेताहरुले वीपीको सपना पूरा गरेकोमा गर्व गर्नुपर्ने पौडेलको भनाइ छ । ‘उहाँले संविधानसभाबाट संविधान भन्नु भएको थियोे । लोकतान्त्रिक संसदीय व्यवस्था चाहनुभएको थियो’ नेता पौडेलले भनेका छन्, ‘त्यो अहिले पूरा भएको छ । हामीले बिपिको सपना पूरा गरेका छौँ ।’

    वरिष्ठ नेता पौडेलले परम्परावादी चिन्तनले अब कांग्रेस माथी उठ्न नसक्ने समेत बताएका छन् । ‘२०१५ सालमा कांग्रसले कसरी बहुमत ल्यायो भन्ने बुझ्नुपर्ने हुन्छ । त्यो बेला गोरखा परिषद र कांग्रेस थियो । त्यो बेला अहिले जस्तो जनतामा राजनीतिक चेतना थिएन’ उनी भन्छन्, ‘कांग्रेसले त्यो बेला सिमित पुरातनवादीलाई हराएर बहुमत ल्याएको हो । यो भुल्नु हुँदैन ।’

    उपसभापति विमलेन्द्र निधिले पनि पार्टीकै जिम्मेवार नेताहरुले कांग्रेसले वीपीको लाइन छाड्यो भन्ने गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘परिवर्तित समयलाई बुझ्न नसक्नेहरु यस्तो भन्ने गरेका हुन् ।’

    कांग्रेसले आफूलाई बैचारिक रुपमा प्रष्ट पारेर सरकारका गलत कार्यका विरुद्ध लाग्नुपर्नेमा उनले जोड दिए । ‘संघीय लोकतान्त्रिक व्यवस्था कम्युनिस्ट सिद्धान्तले चलाउने सक्दैन’ निधिले भने, ‘नागरिक अधिकार, प्रेस स्वतन्त्रता र संविधान कुनैपनि दृष्टिले सरकारले सही बाटो लिइरहेको छैन । मूल्य वृद्धि, कर जस्ता विषय छन् । सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन भएको छैन् । यो सरकारले जनताको पक्षमा काम गरिरहेको छैन ।’

    कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीले वस्पीको नाम बेचेर खानेहरुप्रति पार्टी नेतृत्व गम्भिर हुनुपर्ने सुझाए । ‘वीपीले यो चाहेका थिएनन्, त्यो चाहेका थिएनन् भन्नु उहाँको अवमूल्यन हो’ उनले भने, ‘वीपीको नाम भजाएर दक्षिणपन्थीसँग जोड्नु हुँदैन । हामीले वीपीलाई समग्रमा बुझ्न जरुरी छ ।’

    परिवर्तित समय अनुसार चल्न नसक्नेहरुले मात्रै कांग्रेसले वीपीको बाटो छाडेर भन्ने गरेको हुन सक्ने उनको भनाइ छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...