News Portal

हेर्नुहोस आज साउन १८ गते आइतबारको राशिफल

हिमाली संचार संवाददाता
६२३ पटक

वि.सं.२०७७ साल साउन १८ गते आइतबार | २०२० अगस्ट २ तारीख | नेपाल संवत ११४०

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। स्रोत-साधन जुट्नाले दैनिकीमा समेत परिवर्तन आउनेछ। तर मध्याह्नदेखि उपलब्धिका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। कामले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले कीर्तिमानी हासिल गर्न सकिनेछ। पेसामा प्रशस्त फाइदा हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले लाभ हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। प्रयत्न गर्दा विशेष काममा जग बसाउने मौका छ। दिउँसोदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू बाधक देखिए पनि उनीहरूलाई समेटेर काम बनाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि केही काम रोकिन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि जुट्नुपरे पनि मध्याह्नपछि विशेष फाइदा उठाउन सकिनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट लाभ हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। तर मध्याह्नदेखि काम दोहोर्याउनुपर्ने हुन सक्छ। सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला। उद्योग र व्यापारमा प्रगति हुनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतीहरूका लागि उत्साहवर्द्धक समय छ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। दिउँसोदेखि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मनग्गे अर्थ सञ्चय गर्ने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खर्च लागे पनि कामतर्फ सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला। दिगो काम थालनी गर्न भने सकिनेछ। प्रयत्न गर्दा यात्राको अवसर जुट्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...