News Portal

अवैध मिर्गौला प्रत्यारोपण : नक्कली भाञ्जा खडा गर्न प्रहरीले लिए १० लाख

हिमाली संचार संवाददाता
५११ पटक
२०७७ आषाढ २९, सोमवार

काठमाण्डौ । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला प्रत्यारोपण भएको खुलासा भएको छ । र, यसका लागि नेपाल प्रहरीका दुई जना अधिकारीले समेत बर्मालाई सघाएको पाइएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ, जसमा प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया समेत छन् ।

खनालले नै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने परिवारकी जमुनाराज भण्डारीलाई डा. बर्मासँग भेटाइदिएका थिए । भण्डारीले भक्तपुरकी रेश्मा राई मार्फत खनाललाई भेटेको र उनले १० लाख रुपैयाँ लिएर विचौलियाका रुपमा काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका खनाल र थपलिया मिर्गौला फेरिएका व्यक्ति हुन् । उनीहरुले नै मिर्गौला दिने व्यक्ति खोजी गरेको थिए । थपलियाले नक्कली कागजात तयार गर्न पनि सहयोग गरेको पाइएको छ ।


प्रहरी नायब निरीक्षक थपलिया यसअघि पनि अवैध मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा संलग्न भएको अभियोगमा पक्राउ परेपछि निलम्बनमा परेका थिए । तर अहिले अदालतले साधारण तारेखमा छाडेको छ ।

ब्युरोका एसएसपी देवबहादुर बोहराका अनुसार २७ जेठ २०७६ मा चितवनको पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । डा. बर्माले भक्तपुरमा अवैध तरिकाले प्रत्यारोपण गर्न नसकिने जनाउँदै चितवनमा प्रत्यारोपण गर्न सघाएका थिए । यसका लागि पीडित र मिर्गौला दिने व्यक्तिको नाता प्रमाणित गर्नु आवश्यक थियो । बर्मासहितको समूहले नक्कली भाञ्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरेको अनुसन्धानबाट खुलेको छ ।

नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको अभियोगमा ललितपुर–३ का वडाध्यक्ष गोपाल महर्जन र जिल्ला प्रशासन कार्यालयका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहायक रामकुमार केसी पनि पक्राउ परेका छन् ।

उनीहरु समेतको मिलेमतोमा सरकारी कागजात कीर्ते गरेर मिर्गौला प्रत्यारोपण भएको ब्यूरोको ठहर छ । यो सबैमा २८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । मिर्गौला दिने व्यक्तिलाई भने खनाल र थपलियाले १० लाखबाटै केही रकम दिएको भनिएको छ । रासस 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...