News Portal

अवैध मिर्गौला प्रत्यारोपण : नक्कली भाञ्जा खडा गर्न प्रहरीले लिए १० लाख

हिमाली संचार संवाददाता
५३५ पटक
२०७७ आषाढ २९, सोमवार

काठमाण्डौ । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला प्रत्यारोपण भएको खुलासा भएको छ । र, यसका लागि नेपाल प्रहरीका दुई जना अधिकारीले समेत बर्मालाई सघाएको पाइएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ, जसमा प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया समेत छन् ।

खनालले नै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने परिवारकी जमुनाराज भण्डारीलाई डा. बर्मासँग भेटाइदिएका थिए । भण्डारीले भक्तपुरकी रेश्मा राई मार्फत खनाललाई भेटेको र उनले १० लाख रुपैयाँ लिएर विचौलियाका रुपमा काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका खनाल र थपलिया मिर्गौला फेरिएका व्यक्ति हुन् । उनीहरुले नै मिर्गौला दिने व्यक्ति खोजी गरेको थिए । थपलियाले नक्कली कागजात तयार गर्न पनि सहयोग गरेको पाइएको छ ।


प्रहरी नायब निरीक्षक थपलिया यसअघि पनि अवैध मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा संलग्न भएको अभियोगमा पक्राउ परेपछि निलम्बनमा परेका थिए । तर अहिले अदालतले साधारण तारेखमा छाडेको छ ।

ब्युरोका एसएसपी देवबहादुर बोहराका अनुसार २७ जेठ २०७६ मा चितवनको पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । डा. बर्माले भक्तपुरमा अवैध तरिकाले प्रत्यारोपण गर्न नसकिने जनाउँदै चितवनमा प्रत्यारोपण गर्न सघाएका थिए । यसका लागि पीडित र मिर्गौला दिने व्यक्तिको नाता प्रमाणित गर्नु आवश्यक थियो । बर्मासहितको समूहले नक्कली भाञ्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरेको अनुसन्धानबाट खुलेको छ ।

नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको अभियोगमा ललितपुर–३ का वडाध्यक्ष गोपाल महर्जन र जिल्ला प्रशासन कार्यालयका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहायक रामकुमार केसी पनि पक्राउ परेका छन् ।

उनीहरु समेतको मिलेमतोमा सरकारी कागजात कीर्ते गरेर मिर्गौला प्रत्यारोपण भएको ब्यूरोको ठहर छ । यो सबैमा २८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । मिर्गौला दिने व्यक्तिलाई भने खनाल र थपलियाले १० लाखबाटै केही रकम दिएको भनिएको छ । रासस 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...