News Portal

हङकङमा टिकटक बन्द, अन्य सामाजिक सेवा समेत फेरबदल हुन सक्ने

हिमाली संचार संवाददाता
७५६ पटक
२०७७ आषाढ २६,शुक्रवार

युवा राई, हङकङ  । हङकङमा चिनियाँ प्रविधि कम्पनी टिकटकले हिजोदेखि हङकङमा आफ्नो सेवा बन्द गरेको छ। हङकङमा अन्य सामाजिक सेवामा समेत फेरबदल ल्याउन सक्ने आकलन गरिएको छ ।

चीनले हङकङका लागि बनाएको राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि टिकटकका प्रवक्ताले बीबीसीसँग भनेका थिए, ‘हालैका गतिविधिका कारण हामीले हङकङमा टिकटकको सुविधा बन्द गर्ने निर्णय गरेका छौं।’

फेसबुक, वाट्सएप, ट्वीटर, गुगल तथा टेलिग्रामले पनि हङकङमा सुरक्षा कानुन लागू भइसकेको अवस्थामा नीतिमा फेर बदल ल्याउने बताएका छन्।

टिकटकले आफू स्वतन्त्र कम्पनी भएको र कम्पनीले चीन सरकारालई कहिल्यै प्रयोगकर्ताको डाटा प्रदान नगर्ने बताउँदै आएको छ । हाल, भारतले सुरक्षा खतराको त्रास भएकाले टिकटक र वि च्याटसहित झण्डै ६० चिनियाँ मोबाइल एपमाथि प्रतिबन्धको गरेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...