News Portal

हङकङमा टिकटक बन्द, अन्य सामाजिक सेवा समेत फेरबदल हुन सक्ने

हिमाली संचार संवाददाता
८८७ पटक
२०७७ आषाढ २६,शुक्रवार

युवा राई, हङकङ  । हङकङमा चिनियाँ प्रविधि कम्पनी टिकटकले हिजोदेखि हङकङमा आफ्नो सेवा बन्द गरेको छ। हङकङमा अन्य सामाजिक सेवामा समेत फेरबदल ल्याउन सक्ने आकलन गरिएको छ ।

चीनले हङकङका लागि बनाएको राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि टिकटकका प्रवक्ताले बीबीसीसँग भनेका थिए, ‘हालैका गतिविधिका कारण हामीले हङकङमा टिकटकको सुविधा बन्द गर्ने निर्णय गरेका छौं।’

फेसबुक, वाट्सएप, ट्वीटर, गुगल तथा टेलिग्रामले पनि हङकङमा सुरक्षा कानुन लागू भइसकेको अवस्थामा नीतिमा फेर बदल ल्याउने बताएका छन्।

टिकटकले आफू स्वतन्त्र कम्पनी भएको र कम्पनीले चीन सरकारालई कहिल्यै प्रयोगकर्ताको डाटा प्रदान नगर्ने बताउँदै आएको छ । हाल, भारतले सुरक्षा खतराको त्रास भएकाले टिकटक र वि च्याटसहित झण्डै ६० चिनियाँ मोबाइल एपमाथि प्रतिबन्धको गरेको छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...