News Portal

कम निद्राले कस्तो जोखिम ?

हिमाली संचार संवाददाता
१०५३ पटक

२०७७ असार १९, शुक्रबार
काठमाडौं – गहिरो एवं पर्याप्त निद्रालाई ओखती समान मानिन्छ। जब हामी यस्तो निद्रा लिन्छौं, शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ। ताजापन र स्फूर्ति महसुस हुन्छ।

जसरी स्वस्थ जीवनका लागि गहिरो निद्रा अपरिहार्य छ, त्यसरी नै निद्रा बिथोलिएमा अनेकन रोगको भय रहन्छ। अनिद्रा आफैँमा एक समस्या हो। त्यसले अरू समस्यालाई निम्त्याउँछ।

अनिद्राबाट तुरुन्त हुने असर भनेको शरीर आलस्य वा भारी महसुष हुनु हो। यसले हाम्रो दैनिक कार्यक्षमतामा समेत प्रभाव पार्छ तर अनिद्रा वा अपुग निद्राले यतिमात्र समस्या ल्याउँदैन। उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगदेखि अरू थुप्रै किसिमको रोग निम्त्याउँछ।

त्यसैले कति र कस्तो निद्रा लिने भन्ने कुरामा चिकित्सकहरूले एउटा मानक तयार गरेका छन्। उनीहरू भन्छन् ‘शारीरिक स्वास्थ्यका लागि ७ वा ८ घण्टाको गहिरो निद्रा जरुरी हुन्छ।

त्यसो त हाम्रा पूर्खाहरूले पनि शारीरिक स्वास्थ्यका लागि निद्राको आवश्यक्ता बोध गरेरै सुत्ने एवं उठ्ने तालिका निर्धारण गरे। उनीहरूले राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने तालिकाको अभ्यास गरे।

युवाहरूको बिथोलिएको सुत्ने संस्कार !

पूर्खाहरूले निर्धारण गरेको सुत्ने र उठ्ने तालिकालाई अहिलेको पुस्ताले भने पालना गरेका छैनन्। उनीहरूको न सुत्ने तालिका नियमित छ, न उठ्ने। कतिपय युवाहरू रातभर जाग्ने र बिहान अबेरसम्म सुत्ने गर्छन्।

इन्टरनेटको सहज पहुँच, मोबाइल एवं सामाजिक सञ्जालको बढ्दो प्रयोगले युवापुस्ताको सुत्ने संस्कार पनि भंग हुँदैछ। अहिलेका धेरैजसो युवा राति चाँडै सुत्दैनन्। बिहान सूर्योदयअघि उठ्दैनन्। यसले उनीहरूमा स्वास्थ्य जोखिम बढ्दैछ।

कम निद्राले रोगको जोखिम !

विशेषज्ञहरूका अनुसार हामी दिनमा ६ घण्टाभन्दा कम सुत्यौं भने वा निद्रा पूरा नहुनाले हाम्रो शरीरका कोषहरूमा क्षति पुग्छ। यसले शरीरको सन्तुलन बिग्रन्छ। यसैगरी निद्रा पूरा नभएमा उच्च रक्तचाप र मुटुको रोगको जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन्।

अनिद्राले बेचैनी वा तनावको स्तर बढ्छ। यससँगै पाचन प्रक्रियामा समेत समस्या आउन सक्छ। शरीरको जैविक घडी विपरीत सुत्ने र उठ्ने गर्दा त्यसै पनि स्वास्थ्य समस्या देखापर्ने नै भयो। त्यसमाथि अनिद्राले बेचैनी, चिन्ता र छटपटी बढाइदिएको छ।

शरीरलाई जसरी खाना, पानी र वायुको आवश्यक्ता पर्छ, उसैगरी विश्रामको पनि। कुनै न कुनै रुपमा सक्रिय शरीरलाई निश्चित अवधीमा विश्राम चाहिन्छ। निदाउनु एक विश्रामकै क्षण हो।

गहिरो निद्राका लागि गहिरो र पर्याप्त निद्राका लागि निश्चित समय तालिकाअनुसार सुत्ने र उठ्ने अभ्यास गर्नु जरुरी छ। सधैं एउटै समयमा सुत्ने र उठ्ने गरेमा सोहीअनुसार हाम्रो शरीर पनि अभ्यस्त हुन्छ।

खासगरी राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने अभ्यास स्वास्थ्यका लागि राम्रो मानिन्छ। त्यसो त गहिरो निद्राका लागि समुचित शारीरिक श्रम वा व्यायाम पनि आवश्यक हुन्छ। यसैगरी मनलाई शान्त तुल्याउन प्राणायाम र ध्यान विधि उपयुक्त हुन्छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...