News Portal

खोक्रो राष्ट्रवादले धमिलो पारेको देशभक्ति !

प्रदीप सुनुवार
८५५ पटक
२०७७ आषाढ १२, शुक्रवार

इतिहासलाई नजिकैबाट हेर्दा विश्वभर राष्ट्रवादी भावको प्रयोगबाट विश्वले ठुलो क्षति व्यहोर्नुपरेको थियो । सन् १९१४-१९१८ भएको प्रथम विश्वयुद्ध जर्मनीले आफ्नो राष्ट्रको दम्भ देखाउदै सर्बिया विरुद्ध युद्धको घोषणा गरेको थियो।

यो युद्धको कारण ठुलो नभएपनि यहाँ गर्न खोजिएको चुरो विषय राष्ट्रवादको नाममा एउटा दमनको निति मात्रै थियो । यो युद्धको घोषणा पश्चात् धेरै राष्ट्रहरु मोर्चाबन्दिमा सामेल भएको थियो । यस युद्धको कारण धेरै संख्यामा मानवीय क्षेति व्यहोर्नुपरेको थियो जसमा मृत्यु हुनेको कुल संख्या ८५,८६,८३१ घाइते २,११८९१५४ बेपत्ता ७७,५०९१९ रहेको थियो यति ठुलो मानवीय क्षति भएको थियो।

यसप्रकारको युद्ध आधुनिक युगमा मात्रै हैन प्राचीन युगमा पनि भएको थियो। तर त्यो युगमा भन्दा आधुनिक युगमा मानव जाती आइपुग्दा विज्ञान र मानव सभ्यताको धेरै ठुलो विकास भएको हुदा यस्तो घटना हुनुमा उचित थिएन। फेरि दोस्रो विश्वयुद्धमा पनि विश्व मानव जातिले धेरै ठुलो क्षति व्यहोर्नुपरेको थियो। 

सोभियत संघले दोस्रो विश्वयुद्धको विजयीको ३० औ वर्षगाँठ मनाउने क्रममा सन १९७५ मा प्रस्तुत गरेको तथ्यांक अनुसार विश्वकी तीन चौथाइ अर्थात १७० करोड जनता प्रभावित भएको थियो। यहि युद्धका कारण छिमेकी मुलुक भारतमा १२.५ करोड मानिसहरु भोकमरीबाट प्रभावित भएको थियो।

दोस्रो विश्वयुद्धको बारेमा स्टालिनको संश्लेषणले एउटा ऎतिहासिक सत्यको उद्घाटनगरेको  मानिन्छ । स्टालिनले भनेका थिए – मानवताको रक्षाको यस लडाइँमा सोभियत संघले रगत, बेलायतले कुटनीति र अमेरिकाले हतियार दियो। यसमा उल्लेखनीय स्टालिनको भनाइ अनुसार यस्तो युद्ध के साच्चै मानव जातिको हितमा थियो वा खोक्रो नश्लिय राष्ट्रवादको परिणाम थियो। 

यदि युद्ध मानव जातिको हितमा गरिएको भनेर करोडौं मानिसहरु मृत्यु, घाइते र भोकमरिमा रुमलीदिएर मानव जातिको हितको लागि लडिएको लडाइँ भन्न कति को सान्दर्भिक थियोे । यसै दोस्रो विश्वयुद्धमा जापानी साम्राज्यवादलाई निषतेज पार्ने नाममा संयुक्तराज्य अमेरिकाले सन १९४५ बिस्पोटक बमको सट्टामा आगो लाग्ने बम र्बसाइएको थियोे। 

यसले गर्दा जापानको टाेकियोमा १६ माइल वर्गक्षेत्रमा कुनै कारखानाहरु सुरक्षित रहेनन्। त्यहाँ रहेको २ लाख १७ हजार घरहरू ध्वस्त भए साथै १ लाख ८५ हजार आम नागरिकको मृत्यु भयो। अमेरिकाले जापानी साम्राज्यवाद भन्दै यतिमा मात्रै सिमित भएन १९४५ अगस्ट ६ का दिन बि/२९ लिटिल ब्वाइ नामक परमाणु बम हिरोसिमा खसाईयो। ठिक यसको तीन दिनपछि अगस्ट ९ का दिन बि/२९ फ्याट ब्वाइ नामक परमाणु बम नागासकी खसाईयो। यसको क्षतिले ६ लाख २० हजार मानिसहरूको मृत्यु भयो र १ लाख ४० हजार घाइते भए ८५ हजार घाइते भएका थिए।

त्यस्तै, परमाणु बम बिस्फोटका कारण यो क्षेत्र मरुभूमिमा परीणत हुन पुग्यो। यो बम निर्माणको क्रममा जर्मनी वैज्ञानिक अघि थिए तर जर्मन शासक हिटलरको नश्लिय राष्ट्रवादको कारण यो मौका गुमाउनु परेको थियो। यस बमका आविष्कार अल्बट आईन्स्टाइन यहुदी भएको कारण यी राष्ट्रवाद र देशभक्त हुन सक्दैन भन्ने बुझाइ हिटलरमा थियो। आईन्स्टाइनलाई अमेरिकाले शरण दिएर लाभ उठाएको थियो।

यस बमको जापानमा खसालेपछी आईन्स्टाइनले आफ्नो प्रतिक्रियामा भनेका थिए -आधुनिक विज्ञानले मानव सभ्यतासँग बेइमानी गरेको छ र आजको दिन इतिहासको कालो दिन मानिनेछ। आईन्स्टाइन र उनको सहयात्री रोवट ओवेन र विश्वका सैकडौं वैज्ञानिकहरुले यस घटनाको एकसाथ निन्दा र भत्सर्ना गरेका थिए।

त्यस्तै, घटनाको बारेमा बेलायती प्रधानमन्त्री चर्चिलको भनाइ अनुसार ईश्वरको असीम कृपाले यो आविष्कार हिटलरको हातमा परेन र हाम्रै बेलायती र अमेरिकी वैज्ञानिकहरुले अन्तिम रुप दिन सफल भए। चर्चिलकि भनाइ अनुसार ईश्वरको कृपाले मानव जातिको विध्वंस, दयनीय अवस्थाको चाहना राख्दछ?  यथार्थमा  राष्ट्रवादले एकीकृत भन्दा विश्व समुदायलाई विघटनको बाटो तिर लम्कन प्रेरित गर्दछ।

राष्ट्रवादको कारण राष्ट्रहरुको गठन प्रक्रियाकी जन्म हुन पुगेको हो र यो पुजीवादी विकासको विशिष्टताहरुबाट निर्धारित हुन्छ। राष्ट्रवादका दुई रुपहरुमा रहेको पाइन्छ : प्रभुत्वशाली राष्ट्रको महाशक्तिवादी अन्धराष्ट्रवाद जसको विशेषता अन्य राष्ट्रहरुप्रती घृणा हो र उत्पीडित राष्ट्रको स्थानीय राष्ट्रवाद जसमा आफुलाई अलग घेरामा राख्ने इच्छा र अन्य राष्ट्रहरुप्रती अविश्वासको छाप हुन्छ। 

विश्व दृष्टिकोणको एउटा गुणको रूपमा राष्ट्रवाद निम्नपुँजीवादी वातावरणमा सबैभन्दा बढी र व्यापक र बलियो हुन्छ। देशका शासक वर्गले सधै जनताको माझ राष्ट्रवादको नाराले भ्रमित बनाउदै आफ्नो शासन सत्ता टिकाउन लागि परिरहेको हुन्छ। यसमा एक वर्ग उच्च र अर्को वर्गलाइ निचको दर्जा दिइन्छ।

उदाहरणको लागि विश्वमाझ हरेक विकास कुराहरुमा प्रथम मानिने अमेरिकी मुलुकमा पनि गोराहरु पहिलो राष्ट्रवादी नागरिक र कालाहरु त्यहाँका गैरराष्ट्रवादि नागरिकको दर्जाको गन्तिमा आउछन्। आधुनिक नेपालको शुरूवात देखिनै नेपालमा पनि नश्लिय राष्ट्रवाद गीत गाउन थालनी गरियो। 

भौगोलिक सिमाले एकीकृत भएपनि त्यो भित्रको विखण्डन वा विभेदको ठुलो खाडल बनाइदिए थियो। शासक वर्गको भाषालाई राष्ट्रिय भाषा शासकहरु पोशाक नै राष्ट्रिय पोशाक रुपमा लागु गरिएको थियो। आज संविधानमा केही सिमित अधिकारहरु  उल्लेख भएतापनी त्यो नश्लिय राष्ट्रियवादको चरीत्रले निरंतरता पाएको छ। 

यदि यो राज्यमा सबै नागरिक एक समान हुन भने प्रश्न  उठछ। किन सत्ताको शासक रुपमा सबै जाति वा वर्गको पहुँच हुदैन। नेपाली जनताले शाह वंशको अन्त्य पश्चात् सत्ता शासनमा सबै वर्ग पुग्ने आशा थियो। यहाँ त हेर्दा एक वंश बाट अर्को वंशलाई सत्ता हस्तान्तरण गरेको जस्तो देखिन्छ।  

यहि खोक्रो राष्ट्रवादले जनता भित्र रहेको देशभक्तिको भावना धमिलो पारेर सत्ताको शासकहरु आज पनि लुट मच्चाउदै छन। शत्रुतापुर्ण समाजमा देशभक्तिले वर्गीय स्वरुप ग्रहण गर्दछ, किनभने प्रत्येक वर्गले आफ्ना विशेष हितहरुको माध्यम बाट मातृभुमीप्रती आफ्नो दृष्टि कोण निर्माण गर्दछ।

पूँजीवाद विकासका  क्रममा राष्ट्रहरु, जातीय राज्यहरुको गठन पश्चात् देशभक्ति सामाजिक चेतनाको अभिन्न अंग बन्दछ। यस्तै धेरै कारणले गर्दा नेपाली नागरिक भएरपनी आफ्नै देशको शरणार्थी हुनुपर्ने धेरै नेपाली जनताको बाध्यता छ। नेपाली जनतामा देशभक्ति छ र हुनुपर्छ। 

शासकले आफ्नो स्वार्थको निम्ति प्रयोग गर्ने खोक्रो राष्ट्रवाद अनावश्यक नारा मात्रै हो। साच्चै देशभक्ति भित्र एउटा नैतिक र सामाजिक भावना आफ्नो मातृभूमि प्रति प्रेम, निष्ठा, त्यसको विगत तथा वर्तमानमा गर्व साथै त्यसका हितहरुको रक्षाको लागि तत्परता हुन जागरुक गराउछ। 

बुर्जुवा समाजको विकासको प्रक्रियामा तथा वर्गीय अन्तरविरोधहरु उग्र बन्दै गएपछि देशभक्तिको अन्तरविरोधपुर्ण स्वरुपमा प्रकट हुदैजान्छ। वर्तमान नेपालको सत्ताधारी दल यहि  खोक्रो राष्ट्रवाद मन्त्र जप्दै आफ्नो शासन सत्ताको आयुलाई लम्ब्याउने प्रयासमा छ। यो सरकारले आफ्नो पार्टीको मुल सिद्धान्त नै भुलेको जस्तो छ किनभने कम्युनिस्ट सिद्धान्तको मुल नारा हो विश्वका मजदुर एक हौ। विश्वमा रहेका करोडौं मानिसहरुलाई एकता सुत्रमा बाध्ने नारा बोकेर हिडेको पार्टी आज आफुलाई सानो घेरामा सिमित गर्दैछ।

नेपालको इतिहासमा हरेक शासकहरुले आफ्नो सत्ता रक्षाको लागि छिमेकी देशसित सम्झौता गरेका थिए। खोक्रो राष्ट्रवादले जनताको हित भन्दा पनि सत्ताको शासकको लाभ भन्दा अरु केही होइन। जबसम्म नश्लिय खोक्रो राष्ट्रवादिहरुले यो देश संचालन गर्छन् तब सबसम्म सम्पुर्ण नेपाली जनताको हित हुन्छ नत देशको नै फाईदा हुन्छ। 

प्रदीप सुनुवार, काठमाण्डौ 

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...