News Portal

इटालियन सिरी ए जुन २० देखि फेरि सञ्चालन

हिमाली संचार संवाददाता
६२९ पटक
२०२० मे ३०, शुक्रबार

इटाली – कोरोना महामारीका कारण रोकिएको इटालीको फुटबल लिग सिरी ए जुन महिनाको २० तारेखदेखि सुरु हुने भएको छ। इटलीका खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराले २० जुनदेखि लिगका खेलहरु शुरु हुने बताएका हुन्।

कोरोना भाइरस महामारीङ्का कारण ९ मार्च देखि सिरी ए का खेलहरु स्थगित छन्। लिगमा अझै १२ चरणका खेल बाँकी छ। सिरी एका क्लबका खेलाडीहरुले यसै महिनाको सुरुवातमा खेलाडी व्यक्तिगत प्रशिक्षण शुरु गरिसकेका छन् । यसै हप्तादेखि सामूहिक प्रशिक्षण शुरु हुनेछ।

२० मे मा इटालीको फुटबल महासंघले २० अगष्टमा सिरी ए सक्ने गरी नयाँ समयसीमा निर्धारण गरेको थियो। महासंघले शीर्ष तीन वटा डिभिजनको लिग सक्ने लक्ष्यसहित सुरु गर्ने र पुन: सुरु गर्ने वा बन्द गर्ने अवस्थामा प्ले अफको समेत विकल्प तयार गरिएको बताएको छ।

सिरी ए को पुछारको क्लब ब्रेस्कियाका मालिक मासिमो सेलिनोले स्थगित सिजन पुन सुरु गर्ने कदमलाई पागल निर्णय भनेर प्रतिक्रिया दिएका छन्। ‘यो खेलाडीका लागि अति नै हो’ उनले भनेका छन् ‘हामी दुई महिनाबाट अभ्यास रोकेका छौँ। हप्तामा तीन खेल खेल्ने निर्णय खतरनाक छ। जर्मनीको तुलनामा इटलीमा तापक्रम समेत प्रतिकुल छ’ सेलिनोले भने।

सिरी एमा युभेन्ट्स ६३ अंकसहित शीर्ष स्थानमा छ। उसले लिगमा लाजियोसंग एक अंकको अग्रता लिएको छ। इन्टरमिलान ५४ अंक सहित तेस्रो स्थानमा रहेको छ। युरोपको शीर्ष पाँच लिगमध्ये प्रिमियर लिग १७ जुन देखि शुरु गर्ने तयारी छ।

त्यसका लागि क्लबहरु सहमत भए पनि सरकारले अनुमति दिन बाँकी छ। स्पेनिस ला लिगा जुन दोस्रो सातादेखि शुरु गर्ने तयारी भइरहेको छ। जर्मन बुण्डेसलिगा भने क्लोज डोरमा शुरु भइसकेको छ। फ्रेन्च लिग वान रद्द भइसकेको छ। एजेन्सी

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...