News Portal

  • संसद्‍को कार्यसूचीबाट यसरी हटाईयो संविधान संशोधन विधेयक

    हिमाली संचार संवाददाता
    ४२५ पटक
    २०७७ जेठ १४, बुधबार

    काठमाडौं – संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीबाट बुधबार संविधन संशोधन प्रस्ताव हटेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्ने प्रयोजनका लागि हुन लागेको संविधान संशोधन प्रस्ताव सम्भावित कार्यसूचीबाट हटेपछि यो विषयमा विभन्न टिकाटिप्पणी सुरु भएका छन्।

    प्रस्तावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने उल्लेख थियो। यद्यपि बैठकअघि सार्वजनिक भएको कार्यसूचीमाबाट संविधान संशोधनको विषय हटाइएको हो। संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो।

    सोही अनुसार कार्यसूची तयार भए पनि त्यो बुधबार हटाइएको हो। प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले संविधान संशोधनमा राष्ट्रिय सहमति खोज्न आग्रह गरेको थियो।

    संसद सरकारकै बिजनेश अनुसार चल्छ। सरकारले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिका लागि प्रस्तावित कार्यसूचीबाट उक्त विषय हटाएको स्रोतको दाबी छ। मंगलबार साँझ बालुवाटारमा सर्वदलीय बैठक करिब ३ घण्टा चलेको थियो।

    सर्वदलीय बैठकको निष्कर्ष अनुसार नै सरकारले संसदको बिजनेस परिवर्तन गरेको हो। बुधबारको प्रस्तावित कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटेपछि भारतीय मिडियाले भने नेपाल नयाँ नक्सा परिवर्तनबाट पछाडि हटेको हल्ला चलाउन थालेका छन्।

    सरकारले बिहीबार बजेट भाषण भएकाले बजेटपछि राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन पेश गर्ने तयारी गरेको हो। बुधबारको बैठकमा संविधान संशोधन कार्यसूची अगाडि बढेको भए कानुनमन्त्रीले बैठकमा विधेयक पेश गर्ने थिइन्।

    संसदमा पेश भएपछि प्रस्ताव सार्वजनिक जानकारीका लागि मिडियामा प्रकाशित गरिने थियो। संविधान संशोधनका लागि संसदमा दुई तिहाइ मत चाहिन्छ। प्रतिनिधिसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मात्र दुई तिहाइ मत छैन।

    दुई तिहाइका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस वा मधेस केन्द्रित दलको सहयोग आवश्यक छ। यद्यपि सरकारले संविधान संशोधनका लागि राष्ट्रिय सहमति जुटाउने तयारी सरकारले गरेको छ। कांग्रेस संविधान संशोधनको पक्षमा उभिएको छ। मधेस केन्द्रित दलले निशान छापका लागि मात्र नभएर अन्य विषयसमेत समेट्न माग गर्दै आएका छन्।

    सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

    सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो। संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो।

    संविधान संशोधन विधेयकको विषय समेटिएको संसदको कार्यसूची।


    संविधान संशोधन विधेयकको कार्यसूची हटाइएको सूचना।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...