आज : २०२६-०६-१३, शनिबार

कान्छी ल्याउँदा जेठीले बोलाइन् प्रहरी, धरौटी तिर्न नसक्दा जेलको बास

सप्तरी – उनको नाम हो दुखी राम । नाम जस्तै अवस्था छ उनको। उनी २५ हजार धरौटी तिर्न नसक्दा जेलमा छन् । जिल्ला अदालत सप्तरीले उनीसँग २५ हजार रुपैयाँ धरौटी माग गर्ने कारण हो, उनले अर्काे विवाह गर्नू ।

दुखी रामको आर्थिक अवस्था कमजोर छ । तर, उनले गत ९ बैशाखमा कान्छी श्रीमती भित्र्याए । कञ्चनरुप नगरपालिका १० घोघनपुरका २५ बर्षीय राम र २३ वर्षीया ममताकुमारी उरावले शम्भुनाथ मन्दिरमा विहे गरेका थिए ।

दुखी रामका पहिलो पत्नी उर्मिलादेवीले अर्काे विवाह गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । उर्मिलाको उजुरीका आधारमा प्रहरीले १८ साउनमा दुबैलाई पक्राउ गर्‍यो ।

अनलाइनखबरका अनुसार अदालतले रामलाई २५ हजार र उरावलाई १५ हजार धरौटी बुझाउन भनेको छ । तर, दुबैसँग पैसा छैन ।

अदालतले तोकेको धरौटी नबुझाएका कारण दुबैलाई कारागार पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।