News Portal

कान्छी ल्याउँदा जेठीले बोलाइन् प्रहरी, धरौटी तिर्न नसक्दा जेलको बास

७६४ पटक

सप्तरी – उनको नाम हो दुखी राम । नाम जस्तै अवस्था छ उनको। उनी २५ हजार धरौटी तिर्न नसक्दा जेलमा छन् । जिल्ला अदालत सप्तरीले उनीसँग २५ हजार रुपैयाँ धरौटी माग गर्ने कारण हो, उनले अर्काे विवाह गर्नू ।

दुखी रामको आर्थिक अवस्था कमजोर छ । तर, उनले गत ९ बैशाखमा कान्छी श्रीमती भित्र्याए । कञ्चनरुप नगरपालिका १० घोघनपुरका २५ बर्षीय राम र २३ वर्षीया ममताकुमारी उरावले शम्भुनाथ मन्दिरमा विहे गरेका थिए ।

दुखी रामका पहिलो पत्नी उर्मिलादेवीले अर्काे विवाह गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । उर्मिलाको उजुरीका आधारमा प्रहरीले १८ साउनमा दुबैलाई पक्राउ गर्‍यो ।

अनलाइनखबरका अनुसार अदालतले रामलाई २५ हजार र उरावलाई १५ हजार धरौटी बुझाउन भनेको छ । तर, दुबैसँग पैसा छैन ।

अदालतले तोकेको धरौटी नबुझाएका कारण दुबैलाई कारागार पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...