News Portal

एनआरएन कुवेतले गर्‍यो जिलिब क्षेत्रमा राहत वितरण

कमल सिंह ठकुरी
८७४ पटक
अप्रिल १५, २०२० बुधबार

कुवेत – गैरआवसिय नेपाली संघ (एनआरएन) कुवेतको पहलमा मध्यपुर्व महिला संयोजक सुमित्रादेवी पौडेलको उपस्थितिमा कुवेतको जिलिब क्षेत्रमा रहेका ५० जना नेपालीहरुलाई राहतस्वरूप खाद्य सामग्री बितरण गरिएको छ।

एनआरएन कुवेतको पुर्वअध्यक्ष समेत रहेकी पौडेलले यहाँको सरकारले आदेश जारी गरेको नियम पालना गर्न कुवेतमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आग्रह गरेकी छन।

कुवेत सरकारले यहाँका विद्यालय, बैंक तथा अन्य अत्यावश्यक बाहेकका कम्पनीहरु कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणका लागि बाक्लो बस्ती रहेको कुवेतको जिलिब-हसाबिया क्षेत्रमा २४ सै घण्टा कर्फ्यू जारी गरेपश्चात त्यहाँ रहेका नेपालीहरुलाई खानाको समस्या परेपछि एनआरएन कुवेतको पुर्वघोषित राहत वितरण कार्यक्रम अन्तर्गत मध्यपुर्व महिला संयोजक पौडेलको उपस्थितिमा राहत बितरण गरिएको वैदेशिक रोजगार बिभाग प्रमुख उमेश पुडासैनीले हिमालीसंचारलाई जानकारी दिए।

प्रमुख पुडासैनीका अनुसार यहाँ रहेका पीडित नेपालीहरुलाई ५ केजीका दरले ५० पाकेट चामल, १ केजीका दरले दाल, नुन, बेसार, तेल लगायतका दैनिक अत्यावश्यक खाद्यन्न बितरण गरिएको बताए।

कुवेतमा १३ जना नेपालीहरु कोरोना संक्रमित भएपनि अहिलेसम्म नेपालीहरुले ज्यान गुमाउनु परेको छैन। कोरोनाबाट संक्रमित कुवेतमा तीन जनाले ज्यान गुमाए भने डेढ सय जना उपचारपछि पूर्णरुपमा निको भई घर फर्किएका छन। त्यस्तै हालसम्म कुवेतमा १३ सय ५० बढी ब्यक्तिहरुमा कोरोना संक्रमण भएको जनाईएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...