News Portal

इटालीमा कोरोनाका कारण ६३ डाक्टरको मृत्यु

एजेन्सी
८४० पटक
इटाली ३०, २०२० मार्च

इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट ६३ जना डाक्टरहरुको ज्यान गएको छ। इटालीको एसोसिएशन अफ डक्टर्सले सोमबार दिएको जानकारी अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश डाक्टरहरु लम्बार्डी क्षेत्रमा काम गर्थे।

यो क्षेत्र मुलुकको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित क्षेत्र हो। यो क्षेत्रमा मात्र अहिलेसम्म कोरोना भाइरसको कारण ४१ जना डाक्टरहरुको ज्यान गइसकेको छ।

सीएनएनका अनुसार सोमबारसम्ममा इटालीका ८ हजार ९ सय ५६ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको इटालियन नेशनल इन्ष्टिच्युट अफ हेल्थले बताएको छ।

अहिलेसम्म इटालीमा कोरोना भाइरसको कारण मृत्यु हुने मानिसको संख्या ११ हजार ५ सय ९१ पुगिसकेको छ। संक्रमित हुने मानिसको संख्या पनि १ लाख नाघेको छ।

सोमबारसम्मको तथ्यांक अनुसार इटालीमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...