News Portal

इटालीमा कोरोनाका कारण ६३ डाक्टरको मृत्यु

एजेन्सी
६८४ पटक
इटाली ३०, २०२० मार्च

इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट ६३ जना डाक्टरहरुको ज्यान गएको छ। इटालीको एसोसिएशन अफ डक्टर्सले सोमबार दिएको जानकारी अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश डाक्टरहरु लम्बार्डी क्षेत्रमा काम गर्थे।

यो क्षेत्र मुलुकको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित क्षेत्र हो। यो क्षेत्रमा मात्र अहिलेसम्म कोरोना भाइरसको कारण ४१ जना डाक्टरहरुको ज्यान गइसकेको छ।

सीएनएनका अनुसार सोमबारसम्ममा इटालीका ८ हजार ९ सय ५६ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको इटालियन नेशनल इन्ष्टिच्युट अफ हेल्थले बताएको छ।

अहिलेसम्म इटालीमा कोरोना भाइरसको कारण मृत्यु हुने मानिसको संख्या ११ हजार ५ सय ९१ पुगिसकेको छ। संक्रमित हुने मानिसको संख्या पनि १ लाख नाघेको छ।

सोमबारसम्मको तथ्यांक अनुसार इटालीमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...