News Portal

कोरोना भाईरसकै कारण संसारी मन्दिरमा बलि चढाउन रोक

रबिन्द्र बराल
३५३ पटक

मोरङ ०६, २०७६ चैत : विश्वव्यापी महामारीको उग्ररुप लिईरहेकाे कोरोना भाईरस फैलिएपछि अहिले नेपालमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरेसंगै मोरङको रंगेली नगरपालिका ७ मा रहेेको श्री संसारी माईस्थान मन्दिरमा केेेही दिनका लागि बलि बन्द गरिने भएको छ।

विशेष गरेर प्रत्येेक साताकाे मंंगलबार र शनिबार भक्तजनहरुकाे उल्लेख्य सहभागी हुदै आएकाेमा नेपाल सरकारले कुनै पनि ठाउँमा २५ जना भन्दा बढि सहभागी नहुन निर्देशन दिएपछि मन्दिरले बिहीबार सार्वजनीक सुचना टास गर्दै केही दिनका लागि बलि बन्द हुने जनाएको छ।

कोरोना भाईरसको जोखिमलाई ध्यान दिदै अर्को सुचना नआउनजेल सम्मका लागी बलीमा रोक लगाएको हो। उक्त मंन्दिरमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट भक्तजनहरुकाे उल्लेख्य सहभागी हुदै आएका छ।

भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले मन्दिरमा भिडभाड हुन नदिनका लागि मन्दिरमा बली रोक्नु परेको र दैनिकि पुजापाठ भने हुने नियमित हुने मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...