News Portal

कोरोना भाईरसकै कारण संसारी मन्दिरमा बलि चढाउन रोक

रबिन्द्र बराल
४१९ पटक

मोरङ ०६, २०७६ चैत : विश्वव्यापी महामारीको उग्ररुप लिईरहेकाे कोरोना भाईरस फैलिएपछि अहिले नेपालमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरेसंगै मोरङको रंगेली नगरपालिका ७ मा रहेेको श्री संसारी माईस्थान मन्दिरमा केेेही दिनका लागि बलि बन्द गरिने भएको छ।

विशेष गरेर प्रत्येेक साताकाे मंंगलबार र शनिबार भक्तजनहरुकाे उल्लेख्य सहभागी हुदै आएकाेमा नेपाल सरकारले कुनै पनि ठाउँमा २५ जना भन्दा बढि सहभागी नहुन निर्देशन दिएपछि मन्दिरले बिहीबार सार्वजनीक सुचना टास गर्दै केही दिनका लागि बलि बन्द हुने जनाएको छ।

कोरोना भाईरसको जोखिमलाई ध्यान दिदै अर्को सुचना नआउनजेल सम्मका लागी बलीमा रोक लगाएको हो। उक्त मंन्दिरमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट भक्तजनहरुकाे उल्लेख्य सहभागी हुदै आएका छ।

भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले मन्दिरमा भिडभाड हुन नदिनका लागि मन्दिरमा बली रोक्नु परेको र दैनिकि पुजापाठ भने हुने नियमित हुने मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...