News Portal

प्रवासका शुभचिन्तकलाई चिन्दैन कांग्रेस !

गंगाधर गौतम
३४३१ पटक

नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ। १३ औं महाधिवेशनमा पार्टीका ५ लाख सक्रिय सदस्य रहेका थिए भने आगामी महाधिवेशनमा ७ लाख ५० हजार सक्रिय सदस्य हुने नेपाली कांग्रेसको अपेक्षा छ। देशभित्र ७७ जिल्लाका अतिरिक्त विश्वभर छरिएका ३७ देशमा नेपाली जनसम्पर्क समितिमार्फत पार्टीको संजालमा जोडिएको छ।

विदेशमा रहेका ८० लाखभन्दा बढी नेपालीमध्ये लोकतन्त्रमा आस्था राख्नेहरूलाई नेपाली जनसम्पर्क समितिको छातामार्फत आबद्ध गरिएको छ। तत्कालीन नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले भारतको मुम्बईबाट १९७६ मा विदेशमा बस्ने नेपालीलाई देशसँग जोड्न नेपाली जनसम्पर्क समितिको परिकल्पना गरेका थिए।

२०४६ सालको जनआन्दोलन पनि नेपाली कांग्रेसको सरकारले ल्याएको उदार नीतिका कारण नेपालीको विश्व श्रम बजारमा पहुँच पुगेको हो। ५० को दशकमा नेपालमा भएको जनयुद्धले नेपाली कांग्रेसका हजारौं कार्यकर्ता विदेशमा विस्थापित भए। देश छाडे पनि आफ्नो राजनीतिक आस्था छोड्न सकेनन। जनसम्पर्क समितिमार्फत पार्टीमा सक्रिय छन्। उनीहरूले देशमा नेपाली कांग्रेसको उज्वल भविष्य हेर्न चाहेका छन।

पार्टी बलियो होस् भन्ने चाहना उनीहरूको छ। विदेश बसाईकै क्रममा हजारौं नेपालीले बाध्यता वा स्वेच्छाले विदेशी नागरिकता प्राप्त गरेका छन। हजारौंको संख्यामा नेपालीले विदेशी नागरिकता लिएपछि उनीहरूलाई पनि राष्ट्र निर्माणमा जोड्न नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको परिकल्पना गरेको हो तर नेपालीलाई विश्व बजारमा ढोका खोल्ने राजनीतिक दल नेपाली कांग्रेसको विधानले गैरआवासीय नेपालीको नागरिकताबारे मौन रहनु आश्चर्य हो।

पार्टीको सक्रिय सदस्यता प्राप्त गर्न विदेशमा भए पनि अनिवार्य नेपाली नागरिकता हुनुपर्ने अनुदार व्यवस्था नेपाली कांग्रेसले गरेको छ। त्यसले लोकतन्त्रमा आस्थावान विदेशमा बस्ने नेपालीलाई पार्टी संजालबाट बाहिर धकेलिदिएको छ। पार्टीको पछिल्लो नियमावली र केन्द्रीय परिपत्रले गत १३ औं महाधिवेशनमा भाग लिएका झन्डै १५ हजार सक्रिय सदस्यमध्ये अब १ हजार २ सयले मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउने भएका छन। यो व्यवस्थाले दसौं हजार सक्रिय सदस्यहरू पार्टी पहुँचभन्दा बाहिर रहने छन।

नेपाली जनसम्पर्क समितिका सन्दर्भमा आएको पछिल्लो नियमावली संशोधनबिना नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्न सम्भव नै देखिँदैन। नेपाली कांग्रेसका हजारौं कार्यकर्ता र दशौं हजार सदस्य नेपाली कांग्रेसको क्रियाशिल सदस्यता नवीकरण गर्न र नयाँ लिनबाट वञ्चित हुने गरी सार्वजनिक गरिएको नेपाली कांग्रेसको नियमावली संशोधन गर्नुबाहेक पार्टीसँग कुनै विकल्प देखिँदैन।

घरदेश होस् वा विदेशमा रहँदा लोकतन्त्र र नेपाली कांग्रेसको लागि अमूल्य योगदान गरेको समूह अहिले डायस्पोरामा छ। विगतमा भएका महाधिवेशनमा पार्टीले ठूलो आर्थिक लाभसमेत प्राप्त गर्दै आएको थियो। नेपाली कांग्रेसको १३ औं महाधिवेशनको निर्वाचन परिणाम र प्रवास शाखाबाट प्राप्त मतको आधार तय गरेर आगामी १४ औं महाधिवेशनलाई मुख्य केन्द्रबिन्दु बनाएर अघि सारिएको पार्टी नियमावली खारेजी हुनुपर्ने अधिकांश सदस्यहरूको चाहना छ।

पछिल्लो निर्णय पहिलो पुस्ता मात्र होइन, नयाँ पुस्तालाई पार्टीको मूलधारबाट बाहिर पार्ने छ। नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघको एकपल्टको नेपाली सधैंको नेपाली भन्ने मूल मर्मलाई आत्मसात गरेको पाइँदैन। वर्तमानलाई मात्र नहेरेर अबको दश वर्षपछि हाम्रा सन्ततिलाई (दोस्रो पुस्ता) नेपालसँग कसरी जोड्ने चिन्ता र चासो एकातिर सबैको छ भने एक दशकपछि नेपाली कांग्रेसले तय गरेको हालको मापदण्ड पूरा गरेर विदेशमा नेपाली जनसम्पर्क समितिको अस्तित्व रहला भन्न सकिन्न।

नेपाली कांग्रेसले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले विधानमा भएका केही धारालाई आगामी १४ औं महाधिवेशनमा छलफल गर्ने गरी निलम्बन गरेको छ। नेपाली जनसम्पर्क समितिको गठन र पार्टीको महाधिवेशनमा गर्ने प्रतिनिधित्वका विषयमा पार्टीको १४ औं महाधिवेशनमा छलफल गर्ने गरी आगामी बैठकमार्फत
यो धारा निलम्बन गरी जनसम्पर्क समितिहरूले महाधिवेशनमा स्वभाविक रूपमा सहभागिताको ग्यारेन्टी नभएसम्म कांग्रेस महाधिवेशनकै औचित्यमाथि प्रश्न उठ्न सक्छ।

विदेशमा रहेका १५ हजार सक्रिय सदस्यलाई बाहिर राखेर गरिने महाधिवेशनले कांग्रेसले कांग्रेसलाई जोड्न सक्दैन। बरु पार्टी कार्यकर्ता पलायन हुने खतरा बढ्छ। डायसपोरामा नेपाली कांग्रेसको संजाल समाप्तै भएर जाने देखिन्छ।

त्यसैले नेपालको संविधानको धारा १४ मा भएको गैरआवासीय नेपाली नागरिकताको अस्तित्वलाई पार्टीले स्वीकार गर्दै विदेशमा रहेका गैरआवासीय नेपालीलाई पार्टीको मूलधारमा जोड्न ढिला गर्न हुँदैन।

(गौतम नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वसभापति हुन्।)

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...