News Portal

नि:शुल्क स्वास्थ्य शिविरका लागि बर्दिया गणेश बाबा बोडिङ्गका पुर्व विद्यार्थी

हिमाली संचार संवाददाता
६४५ पटक

नेपालगन्ज ०५, २०७६ फागुन : बर्दियाको राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर हुनेभएको छ। आइतबार नेपालगन्जमा आयोजक टिमले पत्रकार सम्मेलन गरि सो शिविरको बारेमा औपचारिक जानकारी दिएको हो।

विगतमा लामो समय शिक्षा प्रदान गरेको श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले गर्न लागेको उक्त स्वास्थ्य शिविर यहीँ फागुन १० गते हुनेछ।

करिब डेढ दशकदेखि नेपालगन्जमा विभिन्न इभेन्ट गर्दै आएको एक्स जेनेरेसन, नितेश कन्स्ट्रक्सन राजापुर बर्दिया, तुलसी निर्माण सेवा बर्दिया, राजापुर राइस मिल राजापुर र अर्चना ट्रेड एण्ड सप्लायर्स नेपालगन्जको आयोजनामा उक्त शिविर हुन लागेको एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोग जंग शाहले बताए।

राजापुरवासीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिने र भेरी अंचल अस्पतालका दक्ष चिकित्सकहरुद्वारा स्वास्थ्य जाँच गराउने उद्देश्य आयोजना गरिएको शिविर राजापुर उद्योग वाणिज्य संघ बर्दियाको प्राङ्गणमा हुनेछ।

उक्त शिविरमा डा.पारस श्रेष्ठ (फिजिसियन) डा.नवीन बुढाथोकी (स्त्रीरोग बिशेषज्ञ) डा. हरी पौडेल (न्युरो सर्जन)को टिम आउने छ। यो शिविर पुर्ण रुपमा निःशुुल्क हुनेछ। चेकजाच र अौषधी निःशुुल्क हुने शाहले जानकारी गराउनु भयो।

श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले उक्त स्कुलका पुर्व शिक्षक तथा सहपाठी समर्पित गर्दै निशुल्क स्वास्थ्य शिविर गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...