News Portal

नब्याएको गाईले दैनिक ४ लिटर दूध दिँदै

भेषराज गौतम
५५१ पटक

,

उर्लाबारी, ४ फागुन । मोरङको उर्लाबारी–८ का ८० वर्षीय देवीप्रसाद लामिछानेले घरमा पालेको गाई ब्याएको छैन् । उहाँले गाई दूहुन थाल्नु भएको अढाई वर्षभयो । नब्याएको गाईले दूध दिन्छ भन्दा धेरैले पत्याउँदैनन् ।तर, उहाँका छिमेकी हर्क थापा र लक्ष्मी ढकाल लामिछानेको भनाई सत्य भएको बताउनु हुन्छ ।

हाल ४ वर्ष उमेर पुगेको कोरली गाईले ३२ महिना यता दैनिक बिहान २ र बेलुका २ लिटर दूध दिइरहेको लामिछानेले बताउनु भयो ।लामिछानेका अनुसार घरकै माउबाट जन्मिएको कोरलीले ८ महिनाको हुँदै साँडे खोजेको थियो ।प्राविधिकलाई बोलाएर परामर्श लिँदा कलिलो उमेरमा साँडे नलगाउनु भनेपछि त्यतिबेला लगाइएन । उहाँले भन्नुभयो–‘त्यसपछि १८ महिना सम्म कोरलीले साँडे खोजेन । पुन पशु स्वास्थ्य सहायक श्यामनन्द यादवसँग परामर्श लिँदा उहाँले केही औषधि दिनुभयो । त्यो औषधि खुवाएपछि गाई कम्लायो ।’लैनोगाई जस्तै गरी गाईको फाँचोमा दूध भरिएपछि फेरी यादवसँग परामर्श लिएँ । उहाँले अब गाई दोएर दूध खानुहोस भनेपछि हामीले गाई दूहुन थालेका हौं ।
पहिलो हप्ता बिगौती खायौं । त्यसपछि नियमित दूध दोएर खाइरहेका छौं । घाँस, खोले,कुँडोको ब्यवस्थापन हुँदा दैनिक ६ किलो सम्म दूध दोएको देबीप्रसादकी पत्नी नरकुमारीले बताउनु भयो ।

यता वरिष्ट पशु चिकित्सक डाक्टर लेखराज दाहालले प्रत्येक १० लाख गाईमा एउटा कोरली नब्याइकन दूध दिने देखिने गरेको बताउनु भयो । खासगरी जर्सी र होलस्टेन जातका गाईले अप्राकृतिक ढङ्गले दूध दिने गरेको भारतमा पनि पाइएको छ । दूध आउने प्रक्रिया अप्राकृतिक भएपनि दूध भने प्राकृतिक नै हुने भएकोले अरु गाईकै सरह खान सकिने उहाँको भनाई छ । हर्मोनमा आएको परिवर्तनले दूध आएपनि पशु विज्ञानमा यस्तो घटना कमै हुने गरेको डाक्टर दाहालले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...