News Portal

युएईबाट अभिनयमा शिखर चुम्दै इन्द्र सिन्चुरी

हिमाली संचार संवाददाता
८६० पटक

युएई –  युएईको नेपाली समुदायमा जीवन्त अभिनय गर्दै अगाडि बढने, नेपाली कला संस्कृतिलाई माया गर्ने कलाकारको लर्कोमा इन्द्र सिन्चुरीको नाम अग्रपंक्तिमा आउन थालेको छ।

अभिनय र निर्देशनमा पनि खारिदै गएका सिन्चुरीले बेसारेको मायाजाल टेलिसिरियललाई नौ भाग सम्म पुर्‍याउन सफल भएका छन्। हास्यव्यङ्ग्य विधामा पनि जबर्जस्त उपस्थित जनाउने सिन्चुरी म्युजिक भिडियाेमा पनि रम्दै र जम्दै गएका छन्।

युएईमा रहेर १२ घन्टाको रोजगारीपछिको समय र साप्ताहिक १ छुटीको सदुपयोग गरि नेपाली कला क्षेत्रमा जम्दै गरेका कलाकार ईन्द्र सिन्चुरी को नयाँ म्युजिक भिडियो “कसरी छुट्यो हाम्रो माया” प्रेम दिबसको अबसर पारेर सार्बजनिक भएको छ।

वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका युवा गायक प्रबेग दोङको सुमधुर स्वरमा सुसज्जित उक्त म्युजिक भिडियोमा युएईको रमणिय ठाउहरुको दृश्य संगै ईन्द्र सिन्चुरी, साइरा श्रेष्ठ र रन्जित रिजाल लगायत कलाकारले अभिनय गरेका छन।

प्रेमी प्रेमिका बिचको बिछोडको पिडालाई चित्रण गर्दै बनाईएको भिडियोमा टीका बोम्जनले संगीत भरेका छन भने दिपेश प्रधानको मिक्सिङ र देब कुमार श्रेष्ठको सम्पादन रहेको छ। क्यामारामा लाल बहादुर ढेगा, एरेन्जर नोर्बु शेर्पा, कलर प्रेम कुमार थापा लगायतको रहेको उक्त म्युजिक भिडियोको निर्देशन भिडियोका मोडल ईन्द्र सिन्चुरीले गरेका छन।

बि2के एसिया, सागर महत,कैलाश अर्याल, अनु अर्याल, प्रीन्सेस अर्याल,बिष्णु खनाल,अमित सापकोटा,शरन श्रेष्ठ, अन्तर्राष्ट्रिय कलाकार समाज (ईनास) युएईको भुमिकाको प्रती हार्दिक आभार सहित कलाकार तथा निर्देशक ईन्द्र सिन्चुरीले नेपाली कला सस्कृतिलाई माया गरि दिनको लागि सबैलाई आग्रह समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...