News Portal

कुवेत अपडेट: मृत्यु हुनेको संख्या ५ पुग्यो, ९ को उद्वार हुँदै

हिमाली संचार संवाददाता
२२१० पटक

कुवेत १३, २०२० फेब्रुअरी : कुवेतको जहरा नजिकै पर्ने अल-मुत्ला भन्ने ठाउँमा नयाँ शहर (सिटि) निर्माण गर्नका लागि बम हानेर ढुंगा फुटाउदा खाल्डोमा रहेका चौध जना कामदारहरु मध्ये ४ जना नेपालीहरुको मृत्यु भएको छ। थप ९ जना हराईरहेको आशंका गरिएको छ।

कुवेत प्रहरीको सहयोगमा तीन जनालाई उद्वार गरि अस्पताल पुर्‍याईए पनि अर्का एक जना नेपालीको पनि मृत्यु भएको बताइएको छ भने थप दुई जना नेपाली र एक जना पाकिस्तानी नागरिक अस्पतालमा उपचाररत छन।

अधिकास कामदारहरु नयाँ ल्याईएका रैछन। उनीहरुको सिभिल आईडी समेत नभएको बुझिएको छ। करिब ४० दिन अगाडि मात्रै कुवेतको सिजिजिसी कम्पनीमा ८० केडि तलबमा खाना र बस्न सुविधामा नेपालीहरु आएका थिए। ओभर टाईम गर्दा जम्मा १३० देखि १३५ केडि सम्म तलब बुझ्ने गरेको डम्बर खड्काले बताए।

सोही कम्पनीमा हरेक महिना कामदारहरु १/२ जना यस्तै दुर्घटनामा परि मृत्यु भइरहेको खड्काले जानकारी दिए। खड्काले अघि थपे, यसपटक भने धेरै जनाको मृत्यु भएको हो।

झण्डै ९ महिना अघि सोही कम्पनीमा कुवेत आएका खड्का पनि घर फर्किनकै लागि महिना दिन यता काममा गएका छैनन। अझै ४ सय जना नेपाल फर्काउदै छ भने सिजिजिसी कम्पनीले अन्य नयाँ थप नेपाली कामदारहरु ल्याउदै छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...