News Portal

कुवेत अपडेट: मृत्यु हुनेको संख्या ५ पुग्यो, ९ को उद्वार हुँदै

हिमाली संचार संवाददाता
२३५३ पटक

कुवेत १३, २०२० फेब्रुअरी : कुवेतको जहरा नजिकै पर्ने अल-मुत्ला भन्ने ठाउँमा नयाँ शहर (सिटि) निर्माण गर्नका लागि बम हानेर ढुंगा फुटाउदा खाल्डोमा रहेका चौध जना कामदारहरु मध्ये ४ जना नेपालीहरुको मृत्यु भएको छ। थप ९ जना हराईरहेको आशंका गरिएको छ।

कुवेत प्रहरीको सहयोगमा तीन जनालाई उद्वार गरि अस्पताल पुर्‍याईए पनि अर्का एक जना नेपालीको पनि मृत्यु भएको बताइएको छ भने थप दुई जना नेपाली र एक जना पाकिस्तानी नागरिक अस्पतालमा उपचाररत छन।

अधिकास कामदारहरु नयाँ ल्याईएका रैछन। उनीहरुको सिभिल आईडी समेत नभएको बुझिएको छ। करिब ४० दिन अगाडि मात्रै कुवेतको सिजिजिसी कम्पनीमा ८० केडि तलबमा खाना र बस्न सुविधामा नेपालीहरु आएका थिए। ओभर टाईम गर्दा जम्मा १३० देखि १३५ केडि सम्म तलब बुझ्ने गरेको डम्बर खड्काले बताए।

सोही कम्पनीमा हरेक महिना कामदारहरु १/२ जना यस्तै दुर्घटनामा परि मृत्यु भइरहेको खड्काले जानकारी दिए। खड्काले अघि थपे, यसपटक भने धेरै जनाको मृत्यु भएको हो।

झण्डै ९ महिना अघि सोही कम्पनीमा कुवेत आएका खड्का पनि घर फर्किनकै लागि महिना दिन यता काममा गएका छैनन। अझै ४ सय जना नेपाल फर्काउदै छ भने सिजिजिसी कम्पनीले अन्य नयाँ थप नेपाली कामदारहरु ल्याउदै छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...