News Portal

कतै विकेन, कतै पुगेन खाद्य

हिमाली संचार संवाददाता
३५५ पटक

भूगोलका हिसाबले तीन भागमा विभाजित डोल्पामा कतै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री नहुँदा समस्य देखिएको छ भने कतै चामल नपुग्दा हैरान भएको छ ।

यातायातको सहज पहुँच भएका ठाउँमा कम्पनीको चामल कम बिकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाले जनाएको छ । यातायातको पहुँच नभएको र भारी हिमपातका कारण समस्या भोगिरहेको उपल्लो डोल्पाका दुई बिक्री केन्द्रमा चामलको गेडासम्म नभएको कम्पनीको भनाइ छ ।

तल्लो तथा मध्य डोल्पामा नेपाल कम्पनीबाट बिक्री हुने चामलको मूल्य बजारमा पाइनेभन्दा कम रहेको छ । कम्पनीले मोटा चामल ४६ रुपैयाँ, सोना मन्सुली ५४ रुपैयाँ, जिरा मसिनो ६१ रुपैयाँ र जापानिज चामल रु ४४ रुपैयाँ प्रतिकिलोग्राम विक्री भइरहेको कम्पनीका कमलराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजारमा प्रतिकिलो जिरा चामल रु ८० र दुर्गा रु ६५ मा पर्दछ । अहिले दुनैस्थित गोदाममा तीन हजार क्विन्टल चामल बिक्री नभएर मौजदात रहेको छ । गोदामको क्षमताभन्दा झण्डै ५०० क्विन्टल चामल बढी रहेको पाण्डेको भनाइ छ ।

यातायातको सहज पहुँच भएकै कारण जिल्लाका गाउँगाउँमा चामल ढुवानी कार्य भएकाले कम्पनीको चामल बिक्न समस्य भएको छ । बजारमा चामल उद्यारोमा पाइने तर कम्पनीको चामल उधारोमा नपाइने भएका कारण अर्को समस्या देखिएको हो ।

कम्पनीका डिपो टाढा रहेकाले गाउँमै ढुवानीको पहुँच बढेसँगै स्थानीय बजारमा पाइने चामल बिक्रीदर बढेको छ । कम्पनीबाट घरसम्म चामलको ढुवानी खर्चलाई जोड्दा सोही दर, रेट पर्ने हुँदा स्थानीयवासी घर नजिकैको पसलमा खरिद गर्न बाध्य भएको मुड्केचुला गाउँपालिका–७ का नर्कुका प्रेम शाहीले जानकारी दिनुभयो ।

सर्मी डिपोमा अहिले ३०० क्विन्टल चामल मौजदात रहेको छ । त्यस्तै काइगाउँ एक हजार ४०० क्विन्टल चामल बिक्री नभएका कारण मौजदात रहेको छ । जुफाल डिपोमा समेत चामल स्टक रहेको रहेको छ । तल्लो तथा मध्य डोल्पामा रहेका लिकु, काइगाउँ, जुफाल र दुनै डिपोमा चामल कम बिक्री हुँदा अघिल्लो वर्षकै मौजदात रहेको छ ।

उपल्लो डोल्पामा गेडा चामल छैन

स्थानीय जमिनमा कम उत्पादन हुने र चिसो मौसममा हिमपातका कारण कष्टकर जीवन बिताउन बाध्य उपल्लो डोल्पामा रहेका कम्पनीको बिक्री केन्द्रमा एक गेडा चामल नभएको पाइएको छ ।

काइके गाउँपालिकाको शहरतारा बिक्री केन्द्र एक हजार ८०० क्विन्टल चामल पठाइको भए पनि सबै बिक्री भएको छ । त्यस्तै बुद्धडोल्पो गाउँपालिकाको तेञ्जे बिक्री केन्द्रमा चार हजार ५०० क्विन्टल चामल पठाएकामा सबै बिक्री भइसकेको छ । अहिले उपल्लो डोल्पामा गेडा चामल नभएको कम्पनीको डोल्पा कार्यालयले जानकारी दिएको छ । चीन हुँदै उपल्लो डोल्पामा चामल ढुवानी गर्नुपर्ने भएकाले यहाँ ढुवानी गर्न चुनौती रहँदै आएको छ । चीन सरकारबाट रुटको अनुमति मागेर काठमाडौँबाट तातोपानी हुँदै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नुपर्दछ ।

हवाइमार्गबाट खाद्यान्न ढुवानी गर्दा महङ्गो पर्ने भएकाले उपल्लो डोल्पामा खाद्यान्न ढुवानी कार्य अवरुद्ध हुँदै आएको छ । हिमपातका कारण अहिले जाने बाटो अवरुद्ध हुँदा जेठ महिना मात्र खाद्यान्न पठाउन सकिने संस्थानको भनाइ छ ।

उपल्लो डोल्पाका हुनेखानेले अहिले हिमपातको समयमा तलतिर झर्ने गर्दछन् । गरिब तथा अर्थाभाव हुने स्थानीयवासी उपल्लो भेगमै बस्ने गरेको डोल्पाका पत्रकार विष्णुलाल बुढाले जानकारी दिनुभयो । केही स्थानीय जम्बुको, सिमीलगायतका वस्तु लिएर व्यापार गर्न काठमाडौँसम्म पुग्ने गर्दछन् ।
–––

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...