News Portal

कतै विकेन, कतै पुगेन खाद्य

हिमाली संचार संवाददाता
४०८ पटक

भूगोलका हिसाबले तीन भागमा विभाजित डोल्पामा कतै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री नहुँदा समस्य देखिएको छ भने कतै चामल नपुग्दा हैरान भएको छ ।

यातायातको सहज पहुँच भएका ठाउँमा कम्पनीको चामल कम बिकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाले जनाएको छ । यातायातको पहुँच नभएको र भारी हिमपातका कारण समस्या भोगिरहेको उपल्लो डोल्पाका दुई बिक्री केन्द्रमा चामलको गेडासम्म नभएको कम्पनीको भनाइ छ ।

तल्लो तथा मध्य डोल्पामा नेपाल कम्पनीबाट बिक्री हुने चामलको मूल्य बजारमा पाइनेभन्दा कम रहेको छ । कम्पनीले मोटा चामल ४६ रुपैयाँ, सोना मन्सुली ५४ रुपैयाँ, जिरा मसिनो ६१ रुपैयाँ र जापानिज चामल रु ४४ रुपैयाँ प्रतिकिलोग्राम विक्री भइरहेको कम्पनीका कमलराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजारमा प्रतिकिलो जिरा चामल रु ८० र दुर्गा रु ६५ मा पर्दछ । अहिले दुनैस्थित गोदाममा तीन हजार क्विन्टल चामल बिक्री नभएर मौजदात रहेको छ । गोदामको क्षमताभन्दा झण्डै ५०० क्विन्टल चामल बढी रहेको पाण्डेको भनाइ छ ।

यातायातको सहज पहुँच भएकै कारण जिल्लाका गाउँगाउँमा चामल ढुवानी कार्य भएकाले कम्पनीको चामल बिक्न समस्य भएको छ । बजारमा चामल उद्यारोमा पाइने तर कम्पनीको चामल उधारोमा नपाइने भएका कारण अर्को समस्या देखिएको हो ।

कम्पनीका डिपो टाढा रहेकाले गाउँमै ढुवानीको पहुँच बढेसँगै स्थानीय बजारमा पाइने चामल बिक्रीदर बढेको छ । कम्पनीबाट घरसम्म चामलको ढुवानी खर्चलाई जोड्दा सोही दर, रेट पर्ने हुँदा स्थानीयवासी घर नजिकैको पसलमा खरिद गर्न बाध्य भएको मुड्केचुला गाउँपालिका–७ का नर्कुका प्रेम शाहीले जानकारी दिनुभयो ।

सर्मी डिपोमा अहिले ३०० क्विन्टल चामल मौजदात रहेको छ । त्यस्तै काइगाउँ एक हजार ४०० क्विन्टल चामल बिक्री नभएका कारण मौजदात रहेको छ । जुफाल डिपोमा समेत चामल स्टक रहेको रहेको छ । तल्लो तथा मध्य डोल्पामा रहेका लिकु, काइगाउँ, जुफाल र दुनै डिपोमा चामल कम बिक्री हुँदा अघिल्लो वर्षकै मौजदात रहेको छ ।

उपल्लो डोल्पामा गेडा चामल छैन

स्थानीय जमिनमा कम उत्पादन हुने र चिसो मौसममा हिमपातका कारण कष्टकर जीवन बिताउन बाध्य उपल्लो डोल्पामा रहेका कम्पनीको बिक्री केन्द्रमा एक गेडा चामल नभएको पाइएको छ ।

काइके गाउँपालिकाको शहरतारा बिक्री केन्द्र एक हजार ८०० क्विन्टल चामल पठाइको भए पनि सबै बिक्री भएको छ । त्यस्तै बुद्धडोल्पो गाउँपालिकाको तेञ्जे बिक्री केन्द्रमा चार हजार ५०० क्विन्टल चामल पठाएकामा सबै बिक्री भइसकेको छ । अहिले उपल्लो डोल्पामा गेडा चामल नभएको कम्पनीको डोल्पा कार्यालयले जानकारी दिएको छ । चीन हुँदै उपल्लो डोल्पामा चामल ढुवानी गर्नुपर्ने भएकाले यहाँ ढुवानी गर्न चुनौती रहँदै आएको छ । चीन सरकारबाट रुटको अनुमति मागेर काठमाडौँबाट तातोपानी हुँदै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नुपर्दछ ।

हवाइमार्गबाट खाद्यान्न ढुवानी गर्दा महङ्गो पर्ने भएकाले उपल्लो डोल्पामा खाद्यान्न ढुवानी कार्य अवरुद्ध हुँदै आएको छ । हिमपातका कारण अहिले जाने बाटो अवरुद्ध हुँदा जेठ महिना मात्र खाद्यान्न पठाउन सकिने संस्थानको भनाइ छ ।

उपल्लो डोल्पाका हुनेखानेले अहिले हिमपातको समयमा तलतिर झर्ने गर्दछन् । गरिब तथा अर्थाभाव हुने स्थानीयवासी उपल्लो भेगमै बस्ने गरेको डोल्पाका पत्रकार विष्णुलाल बुढाले जानकारी दिनुभयो । केही स्थानीय जम्बुको, सिमीलगायतका वस्तु लिएर व्यापार गर्न काठमाडौँसम्म पुग्ने गर्दछन् ।
–––

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...