News Portal

  • बाँके र बर्दियालाई कर्णालीमा गाभ्न सम्बाद समूह बाँकेको चासो

    हिमाली संचार संवाददाता
    ३३७ पटक

    विजय मल्ल
    नेपालगन्ज : बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने बिषयले यतिबेला देशभरमा तरङग पैदा गरेको छ। बाँके बर्दियालाई कर्णालीमा गाभ्ने भन्दै यसअघि नेपालगन्जमा संघर्ष समिति गठन गरि अभियानलाई तिव्रता दिइरहेका बेला सम्बाद समूह बाँकेले चासो दिएको छ।

    बाँके र बर्दियालाई कर्णाली प्रदेशमा सामेल गराउने तयारी स्वरुप नेपालगन्जमा थालिएको संघर्षप्रति चासो राख्दै सम्वाद समूह बाँकेले सम्भावित द्वन्द्वलाई दृष्टीगत गर्दै सहजिकरण गर्ने जनाएको छ।

    प्रस्तावित लुम्बिनी प्रदेशको राजधानी बुटवलका लागि पहल भएपछि नेपालगन्जलाई पूर्णत उपेक्षा गरेको भन्दै पछिल्लो चरण ‘कर्णालीमा गाभिने’ पहललाई तिव्रता दिइएको हो।

    बुटुवलमा प्रदेश राजधानी हुने पक्कापक्की भइसकेपछि बाँके बर्दियालाई कर्णालीमा मिसाउन आवाज नेपालगन्जसहित देशभर चुलिएको छ।

    नेपालगन्ज उपमहानगरपालिकाको पहलमा नगर प्रमुख डाक्टर धवल शम्शेर राणाको संयोजकत्वमा १७ सदस्यीय समन्वय समितिले राजनीतिक दल, जनप्रतिनीधी लगायतसँगको छलफललाई तिव्रता दिइएपछि सम्बाद समूहले सम्भावित विवाद तथा द्वन्द्व न्यूनीकरणका लागि सुक्ष्म विश्लेषणसहित सम्वाद सहजिकरण प्रक्रिया शुरु गरेको छ।

    संघर्षको स्वरुप, सम्भावित सवाल-बहस र सम्वाद समूहले गर्न सक्ने सहजिकरणका विषयमा सोमबार समितिका पदाधिकारी तथा सरोकारवालासँग प्रारम्भिक अन्तरसम्वाद गर्दै यस्तो निक्र्यौल निकालेको हो।

    बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने विषयमा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं बाँके बर्दियाका जनप्रतिनीधीलाई जानकारी दिने, आवश्यक साथ–सहयोग लिने, योजनावद्ध अभियानकै रुपमा जनतामाझ जाने र सरकार तथा दलका प्रमुखलाई दवावमुलक ढंगले सम्वोधनको वातावरण बनाउने तयारी समितिले गरिरहेकोछ।

    संघर्षको तयारी अगाडी बढाईरहँदा मधेश केन्द्रीत दल, थारु र मुस्लिम समुदायले भने यसको विरोध गरिरहेका छन। यद्यपी आन्दोलनलाई शान्तिपूर्ण बनाउन अपील गर्दै सम्वाद समूहले सोमबार आवश्यक सहजिकरणका लागि समेत सम्वद्ध सरोकारसँग सम्वाद गरेको हो।

    यसले बाँके, बर्दियालाई मात्रै होइन् प्रस्तावित लुम्बिनी प्रदेशकै दाङ लगायतका जिल्लामा पनि उत्तिकै समर्थन पाइरहेको देखिएको छ। अहिलेको प्रस्तावित लुम्बिनी प्रदेशको बनावटप्रति दाङ पनि असन्तुष्ट छ।

    बुटवल राजधानी बन्ने अवस्था आए आन्दोेलित हुने निश्चित प्रायः छ। साविकको मध्यपश्चिम विकास क्षेत्रमा रहेका बाँके, बर्दिया, दाङ् आर्थिक, सामाजिक र राजनीतिक रूपमा निकट सम्बन्ध भएका जिल्ला हुन।

    अन्तरक्रियात्मक सम्वादकै क्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शम्सेर राणाले कर्णालीमा गाभिने मुद्दा राजनीतिक स्वार्थ भन्दा माथि रहेको भन्दै आन्दोलन गर्ने अवस्थै आउन नदिन पनि प्रमुख दलको नेताहरुलाई अपील गरे।

    उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रवक्ता प्रमोद रिजाल, नेकपाका युवा नेता रत्न खत्री, काँग्रेस नेता निजामुद्दिन सिद्दिकी, सुधांसु कोइराला, राप्रपाका ऋषि देवकोटा लगायतले कर्णालीमा बाँके बर्दियालाई मिसाइने संघर्षलाई जनता जागृत, शान्तिपूर्ण र सार्थक बनाइने विश्वास व्यक्त गरे।

    संघर्षसँग सरोकार राख्ने अन्य पक्ष र व्यक्तीहरुसँग पनि चरणवद्ध सम्वाद गरिने समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिए। बाँके, बर्दियाको समग्र विकास र समृद्धिका लागि बाँके-बर्दिया कर्णालीमा मिसिनुपर्ने माग सशक्त हुँदै आएको छ।

    बुटवल राजधानी बनाउँदा बाँके र बर्दियालाई अन्याय नै हुनेभएपछि बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्ने तयारी गरिएको हो। यसका लागि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले बाँके, बर्दियालाई कर्णालीमा गाभ्न अभियान नै चलाईसकेका छन।

    ‘यो एउटा लामो लडाई हो। तीन महिना पनि हुन सक्छ, १३ वर्ष पनि लाग्न सक्छ तर, हामी निरन्तर यो अभियानकालागि सक्रिय रहन्छौ। बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्नका लागि अभियान पुरा नभएसम्म निरन्तर लाग्छौं’ नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले भने–‘विश्वको इतिहास हेर्नेहो भने जनचाहना बमोजिमै प्रदेशहरु बनेका छन। जनचाहनाले संविधान, व्यवस्थापिका लगायत परिवर्तन गर्नसक्छ भने कर्णाली प्रदेशसँग हामी जानु असंभव भन्ने छैन।

    बाँके–बर्दियामा सबैको मनस्थिति कर्णालीसँग समायोजन हुनेनै छ। यहाँको विकासको लागि यो बाहेक अर्को विकल्प छैन। कर्णालीमा समायोजनकालागि नागरिकस्तरबाट समेत अभियानमा संलग्नता बढेर आएको छ।

    मेयर डाक्टर राणाले भने–‘आर्थिक कारोबार र दुरीका हिसावले पनि नजिक रहेकाले बाँके र बर्दियालाई कर्णालीमा समायोजन हुनु आवश्यक छ। यसकोलागि संसदमा समेत कुरा उठिसकेको छ। यो विषयमा कर्णाली प्रदेशसमेत सकारात्मक रहेको छ।

    यस विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि बाँके, बर्दियालाई कर्णालीमा स्वागत गर्न आफूहरू आत्तुर रहेको यसअघि बताइसकेका छन।

    यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव बिष्णु पौडेल समेत बाँके र बर्दियालाई कर्णालीमा गाँभ्ने बिषयमा सकारात्मक देखिएका छन।

    बाँके–बर्दिया र कर्णालीबीच आर्थिक, समाजिक तथा भौगोलिक रुपमा पुरानो सम्वन्ध छ। कर्णालीका धेरै जनघनत्व बाँके–बर्दियासँग जोडिएका छन। कर्णालीसँग समायोजन हुनसके खाद्य आपूर्ति, व्यापार, पेट्रोलियम पदार्थ आपूर्तिलगायतका पक्षमा दुवैलाई सहज हुन्छ। यसले हिमालको खाद्य वस्तु तराई पुग्छ, तराईको हिमाल।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal