News Portal

महेन्द्रनगरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु कञ्चनपुर तनावग्रस्त

हिमाली संचार संवाददाता
७३९ पटक

कञ्चनपुर – भीमदत्तनगरपालिका-४ भानुचोकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार साँझ पुर्व-पश्चिम राजमार्ग अन्तर्गत भाषीबाट महेन्द्रनगर बजार आइरहेको से १ क ८८७ नम्बरको टिपरको ठक्करले पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।

प्रहरीकाअनुसार बैतडी गुरुखोला घर भई हाल महेन्द्रनगर गोवरैयामा डेरागरी बस्दै आएकी २० वर्षिया रमिता भट्टको घटनास्थलमै मृत्यु भएको हो। चालकले टिपर वेग गरेर किचेको भन्दै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

प्रहरीले घटनास्थलमा तीन राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ। मृतकको शव महाकाली अस्पतालमा राखिएको छ। मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...