News Portal

१० बर्ष पछि रतुवा पुलमा आवतजावत सुरु माेरङ तर्फ भने काम अझै बाँकी

हिमाली संचार संवाददाता
६९२ पटक

रबिन्द्र बराल : माेरङ र झापाकाे सिमानामा रहेको रतुवा खाेलामा बनेको पुल १० बर्षपछि स्थानीय सरकारले केही समयको लागि उक्त पुल सन्चालनमा ल्याएको छ। हुलाकी सडक अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाकाे बिच भागमा रहेको पुल सञ्चालनमा आएको छ।

निर्माण सम्पन्न भएको लामो समय सम्म केन्द्रिय सरकारले पुल बेवास्ता गरेपछि स्थानीय सरकारले साे पुलकाे पुर्वमा रहेको गौरीगञ्ज गाउँपालिका र पश्चिममा रहेको रतुवामाई नगरपालिकाले आफ्नो स्थानीय बजेटबाट अस्थायी रुपमम सडक निर्माण गरि पुल सञ्चालनमा ल्याएको हो।

झापाको गौरीगञ्ज गाउँपालिकाले आफ्नो क्षेत्रकाे पुलमा दायाँबायाँ तर्फ हालिएको बालुवा सामान्य पानी पर्दा समेत केही नहाेस भनेर केही ठाउँमा तार-जालि र बाेरामा बालुवा हालेर साे ठाउँमा राम्रो काम गरेको छ। भने उपभोक्त समिति गठन गरेर ६ लाख रुपैयाँ समेत खर्च गरेको छ।

रतुवामाइ नगरपालिकाले आफ्नो क्षेत्र तर्फ भने सडक बनाउन आफ्नै स्काई भेटर प्रयोग गरेर काम गरेर २ लाख ८४ हजार रुपैयाँ बराबर रकम खर्च गरेर निर्माण गरेको हो। रतुवामाई नगरपालिकाले पुलमा हालिएको बालुवा नियन्त्रण गर्ने कुनै चासाे नदेखिएको र जनताको आखा छल्ने काम मात्रै गरेर झार्रा टार्ने काम मात्र गरेको देखिन्छ।

सामान्य पानी पर्दा समेत उक्त बालु बगाएर पुनः जस्ताको त्यसतै हुने सम्भावना रहेको स्थानीय जानकार हरी यादव बताउँछन्। रतुवामाइ तर्फको सडक पुलको चौडाइ भन्दा पनि निकै साँघुरो बनाइएकोले पुर्व तर्फबाट आउने सबारी साधन दुर्घटनामा पर्न सक्ने जोखिम समेत रहेको देखिन्छ।

लामो समयको प्रतिक्षा पछी पुल सञ्चालनमा आएपछी स्थानीय बासी खुशी भएने केही मात्रामा खुशी भएता पनि वर्षाकाे समयमा भने खाेला तरेर जानुपर्ने हाे कि भन्दै दुखेसो गरिरहेका स्थानीय कामदेव ऋिषिदेव बताउँछन्।

२०६६ सालमा १० कराेड रुपैयाँमा निर्माण भएको उक्त पुल सन्चालनमा आउन सकेको थिएन। २ सय मिटर लम्बाई र उचाइ १० फिट अग्लो  रहेको हुनाले समस्या रहेको स्थानीय बताउछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...