News Portal

१० बर्ष पछि रतुवा पुलमा आवतजावत सुरु माेरङ तर्फ भने काम अझै बाँकी

हिमाली संचार संवाददाता
७७१ पटक

रबिन्द्र बराल : माेरङ र झापाकाे सिमानामा रहेको रतुवा खाेलामा बनेको पुल १० बर्षपछि स्थानीय सरकारले केही समयको लागि उक्त पुल सन्चालनमा ल्याएको छ। हुलाकी सडक अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाकाे बिच भागमा रहेको पुल सञ्चालनमा आएको छ।

निर्माण सम्पन्न भएको लामो समय सम्म केन्द्रिय सरकारले पुल बेवास्ता गरेपछि स्थानीय सरकारले साे पुलकाे पुर्वमा रहेको गौरीगञ्ज गाउँपालिका र पश्चिममा रहेको रतुवामाई नगरपालिकाले आफ्नो स्थानीय बजेटबाट अस्थायी रुपमम सडक निर्माण गरि पुल सञ्चालनमा ल्याएको हो।

झापाको गौरीगञ्ज गाउँपालिकाले आफ्नो क्षेत्रकाे पुलमा दायाँबायाँ तर्फ हालिएको बालुवा सामान्य पानी पर्दा समेत केही नहाेस भनेर केही ठाउँमा तार-जालि र बाेरामा बालुवा हालेर साे ठाउँमा राम्रो काम गरेको छ। भने उपभोक्त समिति गठन गरेर ६ लाख रुपैयाँ समेत खर्च गरेको छ।

रतुवामाइ नगरपालिकाले आफ्नो क्षेत्र तर्फ भने सडक बनाउन आफ्नै स्काई भेटर प्रयोग गरेर काम गरेर २ लाख ८४ हजार रुपैयाँ बराबर रकम खर्च गरेर निर्माण गरेको हो। रतुवामाई नगरपालिकाले पुलमा हालिएको बालुवा नियन्त्रण गर्ने कुनै चासाे नदेखिएको र जनताको आखा छल्ने काम मात्रै गरेर झार्रा टार्ने काम मात्र गरेको देखिन्छ।

सामान्य पानी पर्दा समेत उक्त बालु बगाएर पुनः जस्ताको त्यसतै हुने सम्भावना रहेको स्थानीय जानकार हरी यादव बताउँछन्। रतुवामाइ तर्फको सडक पुलको चौडाइ भन्दा पनि निकै साँघुरो बनाइएकोले पुर्व तर्फबाट आउने सबारी साधन दुर्घटनामा पर्न सक्ने जोखिम समेत रहेको देखिन्छ।

लामो समयको प्रतिक्षा पछी पुल सञ्चालनमा आएपछी स्थानीय बासी खुशी भएने केही मात्रामा खुशी भएता पनि वर्षाकाे समयमा भने खाेला तरेर जानुपर्ने हाे कि भन्दै दुखेसो गरिरहेका स्थानीय कामदेव ऋिषिदेव बताउँछन्।

२०६६ सालमा १० कराेड रुपैयाँमा निर्माण भएको उक्त पुल सन्चालनमा आउन सकेको थिएन। २ सय मिटर लम्बाई र उचाइ १० फिट अग्लो  रहेको हुनाले समस्या रहेको स्थानीय बताउछन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...