News Portal

  • एनआरएनए नेतृत्व पंक्तिको कमजोरी र व्यवस्थापकीय त्रुटि

    डा.केशब पौडेल
    ७९३ पटक

    काठमाडौ : तपाई हामी सबैलाई थाहा नै छ गत अक्टुबर महिनाको १५ देखि १७ सम्म नेपालमा गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन सम्पन्न भएको थियो। काठमाण्डौंमा भएको सो सम्मेलनका क्रममा भएका कतिपय गतिविधिले तपाईं हामी गैर आवासीय नेपालीलाई हिनताबोध गरायो।

    नेतृत्व पंक्तिको कमजोरी र व्यवस्थापकीय त्रुटिका कारण घटेका केही घटनाले गैर आवासीय नेपालीलाई हेर्ने नजरमा नै असर पर्न गयो। नवौं विश्व सम्मेलनमा भएका कतिपय उच्श्रृखंल गतिविधि सांच्चिकै दु:खदायी थियो ।

    सम्मेलनमा आफ्नो जीत सुनिश्चित गराउनका लागि भए गरेका गलत कार्यहरूको फेहरिस्त नै छन। नेतृत्व हात पार्नका लागि प्रतिनिधि छान्ने प्रक्रियादेखि प्रतिनिधि पास उपलब्ध गराउने कार्यमा के कस्ता गलत कार्यहरु भएका थिए भन्ने कुरा सम्मेलनमा सहभागी जो कसैलाई पनि थाहा भएकै कुरा हो।

    प्रतिनिधिको संख्यामा कसरी गोलमटोल गरिएको थियो त्यो पनि थाहा भएकै हो। विभिन्न नाममा के कसरी पासहरु वितरण भएका थिए, निर्वाचन प्रक्रियाको अपारदर्शिता र निर्वाचन कसरी गरिएको थियो, त्यो जगजाहेर नै छ।

    नतिजा कस्तो निकालिदैंछ भन्ने कुरा पनि लुकेको थिएन। यी सबैका बीच पनि संस्थालाई सर्वोपरी ठानी संस्थाको हितका निम्ति एकताबद्ध एनआरएनए बनाउनको लागि जानाजान प्रक्रियामा सहभागी भएका थियौं र म पनि उपाध्यक्षको उम्मेद्वार भएको थिए। प्रक्रियामा सहभागी भएपछि त्यसको नतिजालाई स्वीकार गरी प्रजातान्त्रिक पद्दतीको सम्मान गरिएको हो। 

    संस्थाको निम्ति राम्रो काम गर्न जो आउँदा पनि हुन्छ भन्ने कुरामा विश्वास राख्दै निर्वाचन समितिले चुनेको समितिलाई मैले बधाई तथा शुभकामना दिनुका साथै सहयोग गर्ने वचन समेत दिएको थिए। फेरि पनि यो समितिलाई राम्रो कार्य गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

    तर, विडम्वना, सुरुवातका यी दिनहरु हेर्दा अहिलेको नेतृत्व महत्वपूर्ण विषयहरुप्रति गम्भीर नभएको देखिन्छ। हामी सबैलाई थाहा छ नवौं विश्व सम्मेलनमा कोषाध्यक्षको प्रतिवेदन र महासचिवको प्रतिवेदन पारित भएन। यो दुवै महत्वपूर्ण विषयलाई अर्थहीन जस्तो गराइ चुनाव गराइयो र त्यसवाट चुनिएको अहिलेको समितिले के आधारमा संस्थाको कोष संचालन गरिरहेको छ ? त्यो महत्वपूर्ण प्रश्न बनेर आएको छ।

    अर्कोतर्फ संस्थाको वार्षिक प्रतिवेदन समेत पास नभएको अवस्थामा अहिलेको समितिले कार्यक्रमहरु कसरी लगिरहेको छ ? यो पनि एउटा महत्वपूर्ण विषयको रुपमा रहेको छ। यो विषयमा यो समितिलाई गम्भीर बन्न म आग्रह गर्न चाहन्छु र सँगसँगै अहिलेको निर्वाचन प्रक्रियाबाट स्वच्छ निर्वाचनको कल्पना गर्न सकिदैंन।

    निर्वाचन प्रक्रियालाई वैज्ञानिक र समय सापेक्ष रुपमा सुधार गरी आमूल परिवर्तन गर्नु पर्ने खाँचो रहेको छ। प्रतिनिधि छान्ने प्रक्रियापनि अवैज्ञानिक खालको रहेको छ, यसमा सुधार हुन आवश्यक छ। एउटा व्यक्तिले ठानेको विचारका आधारमा संस्थालाई हिडाउन खोजिएको छ।

    आफू अनुकूल हुने गरी विधानलाई प्रयोग गर्ने कार्य बढ्दै गइरहेको छ। यसले एनआरएनए संस्थागत हुन सकिरहेको छैन। निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनका लागि सम्मेलनमा पुगेर पास पाउने र त्यो पनि कसैको निगाहमा भर पर्नुपर्ने परिपाटीको अन्त्य हुनुपर्दछ।

    प्रतिनिधिको छनौटको काम सम्मेलन हुनुभन्दा कम्तिमा १ महिना अघि हुनुपर्दछ। हामी गैर आवासीय नेपालीले सिकेको सीप, अनुभव र काम गर्दा अपनाइने प्रक्रियागत कार्यलाई नेपालमा स्थानान्तरण गर्ने कुरा गरिरहँदा हाम्रो आफ्नै संस्था संस्थागत दिशामा अघि बढ्न नसक्नु अत्यन्तै खेदजनक छ। सस्तो लोकप्रियताका लागि बोल्ने, तर गर्न नसक्ने कार्य बढ्दै गएको छ।

    यसले गैर आवासीय नेपालीप्रति वितृष्णा पैदा भइरहेको छ भने एनआरएनए संस्थाप्रतिको विश्वास र भरोसामा आघात पुगिरहेको छ। आवश्यकता एउटा र काम अर्कै भइरहेको छ। एकप्रकारले भन्दा मनोमानी बढेको छ । यो संस्था विश्वभर रहेका गैर आवासीय नेपालीको पसिनाले सिञ्चित संस्था हो।

    यसको हेक्का हामी सबैले राख्नैपर्दछ। नयाँ नेतृत्वले नेतृत्वमा आए पश्चात अब सदस्यता शुल्क नलिने जुन घोषणा गरेको थियो, त्यो एकदमै प्रशंसनीय काय हो। यदि त्यो योजनावद्व रुपमा व्यवहारिक पक्षलाई समेत अध्ययन गरी सस्तो लोकप्रियता भन्दा माथि उठेर ल्याइएको हो भने त्यसको सुरुवात तत्काल गर्न पनि म विशेष आग्रह गर्न चाहन्छु।

    अन्त्यमा, अहिले संस्थाभित्र धेरै विषयहरुमा छलफलको आवश्यकता रहेको छ। संस्थालाई विधि संगत ढंगवाट लैजानका लागि निर्वाचन प्रणाली, सदस्यता वितरण र प्रतिनिधि चयनको प्रक्रियामा आमुल परिवर्तन लगायतका कतिपय विषयहरु प्रक्रियागत ढंगवाट सम्बोधन गर्नु पर्नेछ।

    यसका निम्ति जतिसक्दो चाँडो एक महिनाभित्र विधान संसोधन प्रयोजनको लागि विशेष अधिवेशनको आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन म अहिलेको समितिको ध्यानाकर्षण गर्न चाहन्छु। संस्थालाई सबल, सक्षम, एकताबद्ध र संस्थागत बनाउने दिशामा हामी सबै एक हौं, यही अनुरोध पनि गर्न चाहन्छु।

    प्रतिकृया दिनुहोस्

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    विप्लवको पार्टीले २०८४ मा चुनाव लड्ने

    काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal