News Portal

न्यूयोर्कमा ट्रकको ठक्करबाट १ नेपाली बालकको मृत्यु, आमा गम्भीर घाइते

हिमाली संचार संवाददाता
६४४ पटक

न्यूयोर्क ९, २०२० जनवरी : न्यूयोर्कमा ट्रकको ठक्करबाट एक नेपाली बालकको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।

न्युयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएको न्यूयोर्कडेलीन्यूजले जनाएको छ।

दुर्घटनालगत्तै आमा-छोरालाई एल्महस्र्ट अस्पताल लगिएको थियो। श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

‘ट्रकले श्रीजलको छातीमा र मिनाको खुट्टामा कुल्चिएको थियो, ‘आमा बालक भए ठाउँमा पुग्न खोजिन् तर खुट्टा भाँचिएका कारण सकिनन्।

मिना छोरा श्रीजललाई स्कुल पुर्‍याउन जाँदै थिइन्। उनीहरुलाई ९७ स्ट्रिट नजिक ५७ एभिन्यूमा मंगलबार बिहान करिब सात बजेतिर ट्रकले ठक्कर दिएको थियो। यो दुर्घटनालाई प्रत्यक्षदर्शीले हृदयविदारक भनेका छन्।

घटनाका प्रत्यक्षदर्शी प्रकाश तुलाधरले न्यूयोर्कडेलीन्यूजसँग भनेका छन्, ‘उनीहरु बिहान स्कुल जाँदै थिए। म नातिनीसँग बाहिर निस्किएको थिएँ। त्यहीबेला मानिसहरु सडकमा लडिरहेको देखें। यो दृष्य एकदमै डरलाग्दो थियो।

मृतक बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको छ। पन्थी लेफ्राक सिटीको फ्रेन्डस् अफ द पब्लिक लाइब्रेरीका बोर्ड सदस्य हुन्। क्वीन्सस्थित लेफ्राक सिटीमा बस्दै आएका पन्थी परिवारको नेपालको ठेगाना भने खुलेको छैन।

एनवाई डेली न्यूजले लेखेको छ, ‘अस्पतालको शैयाबाट आमाले छोराको अवस्थाबारे सोधिरहेकी छन् तर, उसको मृत्यु भइसकेको भन्ने आँट कसैसँग छैन।

गैरआवासीय नेपाली संघ न्यूयोर्क शाखाका अध्यक्ष रामहरी अधिकारीले यो घटनाले नेपाली समुदायमा ठूलो क्षति पुगेको बताएका छन्। ‘हामी ठूलो सपना लिएर अमेरिका आउँछौं तर यस्तो भइदिन्छ,’ उनले भनेका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...